२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

विद्यालयमा बौद्ध शिक्षा लागू हुने तयारी

२०७५, ३ चैत्र आईतवार १०:२८

चैत ३, जीतपुर (रासस) | कपिलवस्तु जिल्लामा आगामी शैक्षिक सत्रदेखि बौद्ध शिक्षा लागू गरिने भएको छ । बुद्धले २९ वर्ष बिताएको ठाउँको रुपमा परिचित प्राचीन कपिलवस्तुमा बौद्ध शिक्षा फैलाउन जिल्लाका आधारभूत तहका पाठ्यक्रममा बौद्ध शिक्षा र कपिलवस्तुसम्बन्धी विषयलाई पाठ्यक्रममा उर्ताने गरी अहिले तयारी अगाडि बढेको छ । 

बुद्धसँग सम्बन्धित ऐतिहासिक, पुरातात्विक र महत्वपूर्ण स्थान रहेकाले विद्यालयमा बौद्ध शिक्षालाई निश्चत पाठ्यभार तोकेर अगाडि लैजाने गरी योजना अघि बढेको शिक्षा विकास तथा समन्वय एकाइ कपिलवस्तुका एकाइ प्रमुख बाबुराम भट्टराईले जानकारी दिनुभयो । 

पाठ्यक्रममा व्यवस्थ्या भएको स्थानीय विषय रहेकाले जिल्लाका संस्थागत र सामुदायिक विद्यालयमा बौद्ध शिक्षा लागू हुने गरी अन्तिम तयारी शुरु भएको छ । उहाँले यस शिक्षाले विद्यार्थीलाई जन्मभूमिप्रति आस्था र चरित्रवान् बनाउन मद्दत गर्ने बताउनुभयो । 

विषय विज्ञसहित आठ सदस्यीय समितिको आज बसेको बैठकले यसै शैक्षिकसत्रबाट कक्षा ६ र ७ मा लागू हुने गरी पाठ्यक्रमको अन्तिम प्रारुप तयार गरी स्वीकृत गरेको छ । पाठ्यक्रमको विषयवस्तु छनोटसँगै सबै स्थानीय तहका प्रमुख उपप्रमुख र त्यससँग सहकार्य तथा समन्वय गर्ने बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने