२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

शिक्षालाई सुधार्न शैक्षिक क्यालेण्डरको तयारी

११ चैत्र २०७५, सोमबार १५:४१

चिसाङ शेर्पा | चैत्र ११, खोटाङ | लफ्याङभित्रका विद्धालयमा लागू हुनेगरी गत शैक्षिक सत्रबाट प्रकाशन गर्दै आएको शैक्षिक क्यालेण्डर अन्तरगत यसवर्षको लागि नयाँ शैक्षिक क्यालेण्डरको तयारी सकिएको छ । वडाभित्रका शिक्षालाई सुधारोन्मुख दिशातर्फ लैजान तथा विद्धालय, शिक्षक र विधार्थीमैत्री वातावरण तयार गर्न शैक्षिक क्यालेण्डरको तयारी सकिएको हो । 

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका जनप्रतिनिधि, शिक्षक, विद्धालय व्यवस्थापन समिति अध्यक्ष, सरोकारवालाको संयुक्त सहमतिपछि शैक्षिक क्यालेण्डर प्रकाशन गर्दै आएको वडा शिक्षा समिति लफ्याङले नयाँ शैक्षिक सत्रका लागि थप परिस्कृत ढंगले शैक्षिक क्यालेण्डर प्रकाशन गर्न लागेको वडा शिक्षा समिति संयोजक तथा लफ्याङका वडाध्यक्ष निर्मल राईले बताए । प्रकाशन हुने क्यालेण्डरले पाँच विद्धालयमा एकै समयमा बर्खे बिदा, हिउदे बिदा, परिक्षा समय, नतिजा प्रकाशन, अभिभावक/शिक्षक अन्तरक्रियाजस्ता कार्यक्रमको पुर्व जानकारी दिनेछ ।


वडामा रहेको एकवटा माध्यमिक विद्धालय, एक आधारभूत विद्धालय र तीन प्राथमिक विद्धालयमा गत शैक्षिक सत्रबाट शैक्षिक क्यालेण्डरमा भएको वर्षदिने कार्य तालिका अनुसार विद्धालयहरु सञ्चालन हुंदै आएको श्रीमावि वाँसबोटे लफ्याङका विद्धालय व्यवस्थापन समिति अध्यक्ष राजेन्द्र राईले बताए । विधार्थीहरुले आफ्नो विद्धालयमा कहिले के कार्यक्रम हुन्छ शिक्षकलाई सोधिरहनु पर्दैन शैक्षिक क्यालेण्डर हेरे पुग्छ । त्यही मोडेलमा क्यालेण्डर बन्नेछ । विव्यास अध्यक्ष राईले भने । ‘वडा शिक्षा समितिकै सक्रियतामा लफ्याङका पाँच विद्धालयमा कक्षा एकदेखी पाँचसम्म अध्ययनरत बालबालिकाको निरन्तर मुल्याङकन र विद्धालय अनुगमन गर्ने गरेको छ । शिक्षाबिना केही संम्भव नभएकाले शिक्षालाई लफ्याङले मुल विषय बनाएको छ ।’ 

केही दिनमै छापिने नयाँ शैक्षिक क्यालेण्डरमा यसपाली एकवटा नगर स्तरीय कार्यक्रम पनि थप समाबेश गरिएको छ । यसैविच, नयाँ शैक्षिक सत्रबाट लफ्याङका प्रावि तहका विद्धालयमा एकै किसिमको प्रश्नपत्र बनाईने वडा शिक्षा समितिले जनाएको छ । यसवर्षको लागि भने, आगामी चैत्र २९ गते वडास्तरिय नृत्य प्रदर्शनी, उत्कृष्ट विद्यार्थी, शिक्षक, विद्यालय पुरस्कृत, शिक्षा पत्रकारिता पुरस्कार वितरण लगायतका कार्यक्रम बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा