2026-10-15 09:48 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धादिङ्ग - DHG

सिद्धलेक गाँउपालिकामा संचालित विद्यालयहरुको अनुगमन

चैत १४, धादिङ (रासस) | नागरिक समाजको तर्फबाट सिद्धलेक गाँउपालिकाको आधारभूत विद्यालय र माध्यमिक विद्यालयको शिक्षा क्षेत्रको सेवाप्रवाहको निगरानी गरिएको छ । पारस्पारिक जवाफदेहिता परियोजनाको पहलमा बुधबार नागरिक समाजले तीन विद्यालयमा अनुगमन गरेको हो । 

भौतिक संरचनाअन्तर्गत भवन र कक्षाकोठाको प्रयोग र सजावट अवस्थाबारे अवलोकन गरिएको थियो । त्यसैगरी विद्यालय हाताको फोहर व्यवस्थापन र सरसफाइको अवस्था र पाठ्यसामग्रीसहित पुस्तकालय र यसको प्रयोगबारे अवलोकन गरिएको थियो । विद्यार्थीको सिर्जनात्मक क्रियाकलाप प्रदर्शन गर्ने स्थान उपलब्धता र प्रयोगको अवस्था, खानेपानीको उपलब्धता कस्तो छ ? र पानीसहितको अपाङ्गमैत्री, छात्रामैत्री, सेनीटरी प्याड प्रयोग र डिस्पोजल गर्ने व्यवस्था कस्तो छ भनी अवलोकनमा अध्ययन गरिएको थियो । 

जवाफदेहिताअन्तर्गत वार्षिक कति दिन विद्यालय खुलेको, पठनपाठन भएको जम्मा दिन, वार्षिक बिदा, सरदर एक हप्तामा कति समय एउटा शिक्षकले अध्यापन गराउनुपर्ने, कक्षागत रूपमा सिकाइ उपलब्धि टाँस गरे÷नगरेको, कमजोर विद्यार्थीका लागि अतिरिक्त शिक्षण व्यवस्थाको अवस्था, पाठ्यपुस्तकको उपलब्धता, शैक्षिक कार्ययोजना निर्माण र कार्यान्वयन, गुनासो सुनुवाइको व्यवस्थालगायतका बारेमा स्थलगत अवलोकन गरी शिक्षकसँग छलफल गरिएको थियो । 

अनुगमनको अन्तमा विद्यालय सुधारको योजनाअनुसार कार्य गर्न विद्यालयका शिक्षक तथा अभिभावकलाई सुझाव दिइएको थियो । 

डेक नेपालको पारस्पारिक जवाफदेहिता परियोजनाअन्तर्गत गरिएको विद्यालय अनुगमन कार्यक्रममा गाँउपालिका अध्यक्ष प्रेमनाथ सिलवाल, उपाध्यक्ष कमला शर्मा, शिक्षा शाखा प्रमुख भुवन केसी, गाउँपालिका सल्लाहकार टङ्कनाथ तिमल्सिना र नागरिक समाजको तर्फबाट रेडियो धादिङका स्टेशन म्यानेजर राजाराम शर्मा, नारी जागरण केन्द्रकी अध्यक्ष भगवती उप्रेती, दलित सेवा सङ्घका अध्यक्ष श्याम मगराती, उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य बेदबहादुर खाँण र पिजन खबरका सम्पादक गोमा थापाको सहभागिता रहेको थियो । 

जनप्रतिनिधिसहितको नागरिक समाजको अनुगमन टोलीले सिद्धलेक गाउँपालिकाको गोल्मारानी आधारभूत विद्यालय, जलेश्वरी माध्यमिक विद्यालय र मिन्दुका माध्यमिक विद्यालयको अनुगमन गरेको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने