३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

एसइइ परिक्षामा बितरण गरेको ५ मिनेट हुन नपाउँदै बाहिरिन्छ पश्नपत्र

१६ चैत्र २०७५, शनिबार १३:५३

सम्राट सिंह | चैत १६, बझाङ | एसइइ परिक्षामा पश्नपत्र बितरण गरेको ५ मिनेट नहुँदै पश्नपत्र बाहिरिने गरेको छ । जिल्लाका धेरैजसो परिक्षा केन्द्रहरुमा परिक्षार्थीले पश्नपत्र पाउने बित्तिकै मोवाइलबाट फोटो खिचेर म्यासेन्जर मार्फत आफन्तलाई पश्नपत्र पठाउने गरेको पाइएको हो ।

गत आइतबार सहायक प्रमुख जिल्ला अधिकारी शिवराज जोशी लगायत संञ्चारकर्मीको टोली परिक्षाको अनुगमन गर्न भनि नजिकै रहेको सत्यवादी परिक्षा केन्द्रमा पुगेको थियो । सत्यबादी मावि को परिक्षा केन्द्रको एक कोठामा ८ जना परिक्षार्थीहरुले मोवाइलबाट पश्नको उत्तर सारिरहेका भेटिए । परिक्षा हलमा परिक्षार्थीले मोवाइलमा बाट पश्न सारिरहेको देख्दापनि परिक्षा निरिक्षकहरु भने ट्वाल्ल परेर हेरिरहेका देखिन्थे उल्टै परिक्षार्थीहरुलाई केन्द्राध्यक्ष तथा अनुगमन टोली परिक्षा कोठाभित्र पस्न थालेको जानकारी दिदै मोवाइल लुकाउन आग्रह गर्छन ।

परिक्षा निरिक्षहरुले परिक्षार्थीहरुलाई उल्टै चिट चोर्न प्रोत्साहन गरिरहेको देख्दा परिक्षा अमर्यादित बनाउन केहि परिक्षा निरिक्षकहरुको पनि उतिकै हात देखिन्छ ।   

परिक्षार्थीहरु मोवाइलमा पश्नको उत्तर सारिरहेका भेटिएपछि सहायक प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले यस्तो हर्कतले विद्यार्थीको भविश्य अन्धकार तिर धकेलिने भन्दै परिक्षा केन्द्रका केन्द्राध्यक्षलाई मोवाइल नियन्त्रणमा लिन आग्रह गरे ।

मोवाइल प्रयोग गरी म्यासेन्जर मार्फत पश्नपत्र बाहिर पुर्याउने र आफन्तले पनि म्यासेन्जरबाटै पश्नको उत्तर लेखेर फोटो खिचेर पठाउने गर्दा जिल्लाको एसइइ परिक्षा अमर्यादित बनेको छ । 

यता सत्यवादी परिक्षा केन्द्रका केन्द्राध्यक्ष रामदत्त उपाध्यायले सुरक्षाकर्मीद्घारा कडा चेकजाँच गर्दा पनि परिक्षार्थीहरुले मोवाइल परिक्षा कोठा सम्म पुर्याउने गरेको बताए । केहि परिक्षार्थीहरुबाट मोवाइल नियन्त्रणमा लिएको र चिट चोर्ने परिक्षार्थीहरुको १ घण्टासम्म उत्तर पुस्तीका नियन्त्रणमा लिने गरेको उनको भनाइ छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः प्रमुख बालेन्द्र शाह मादी नदीमा महिलाको शव फेला दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन