२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

एसइइ परिक्षामा बितरण गरेको ५ मिनेट हुन नपाउँदै बाहिरिन्छ पश्नपत्र

२०७५, १६ चैत्र शनिबार १३:५३

सम्राट सिंह | चैत १६, बझाङ | एसइइ परिक्षामा पश्नपत्र बितरण गरेको ५ मिनेट नहुँदै पश्नपत्र बाहिरिने गरेको छ । जिल्लाका धेरैजसो परिक्षा केन्द्रहरुमा परिक्षार्थीले पश्नपत्र पाउने बित्तिकै मोवाइलबाट फोटो खिचेर म्यासेन्जर मार्फत आफन्तलाई पश्नपत्र पठाउने गरेको पाइएको हो ।

गत आइतबार सहायक प्रमुख जिल्ला अधिकारी शिवराज जोशी लगायत संञ्चारकर्मीको टोली परिक्षाको अनुगमन गर्न भनि नजिकै रहेको सत्यवादी परिक्षा केन्द्रमा पुगेको थियो । सत्यबादी मावि को परिक्षा केन्द्रको एक कोठामा ८ जना परिक्षार्थीहरुले मोवाइलबाट पश्नको उत्तर सारिरहेका भेटिए । परिक्षा हलमा परिक्षार्थीले मोवाइलमा बाट पश्न सारिरहेको देख्दापनि परिक्षा निरिक्षकहरु भने ट्वाल्ल परेर हेरिरहेका देखिन्थे उल्टै परिक्षार्थीहरुलाई केन्द्राध्यक्ष तथा अनुगमन टोली परिक्षा कोठाभित्र पस्न थालेको जानकारी दिदै मोवाइल लुकाउन आग्रह गर्छन ।

परिक्षा निरिक्षहरुले परिक्षार्थीहरुलाई उल्टै चिट चोर्न प्रोत्साहन गरिरहेको देख्दा परिक्षा अमर्यादित बनाउन केहि परिक्षा निरिक्षकहरुको पनि उतिकै हात देखिन्छ ।   

परिक्षार्थीहरु मोवाइलमा पश्नको उत्तर सारिरहेका भेटिएपछि सहायक प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले यस्तो हर्कतले विद्यार्थीको भविश्य अन्धकार तिर धकेलिने भन्दै परिक्षा केन्द्रका केन्द्राध्यक्षलाई मोवाइल नियन्त्रणमा लिन आग्रह गरे ।

मोवाइल प्रयोग गरी म्यासेन्जर मार्फत पश्नपत्र बाहिर पुर्याउने र आफन्तले पनि म्यासेन्जरबाटै पश्नको उत्तर लेखेर फोटो खिचेर पठाउने गर्दा जिल्लाको एसइइ परिक्षा अमर्यादित बनेको छ । 

यता सत्यवादी परिक्षा केन्द्रका केन्द्राध्यक्ष रामदत्त उपाध्यायले सुरक्षाकर्मीद्घारा कडा चेकजाँच गर्दा पनि परिक्षार्थीहरुले मोवाइल परिक्षा कोठा सम्म पुर्याउने गरेको बताए । केहि परिक्षार्थीहरुबाट मोवाइल नियन्त्रणमा लिएको र चिट चोर्ने परिक्षार्थीहरुको १ घण्टासम्म उत्तर पुस्तीका नियन्त्रणमा लिने गरेको उनको भनाइ छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने