२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

चैतेदशैँमा २७ लाख भेटी सङ्कलन

२०७६, ४ बैशाख बुधबार ०४:२९

वैशाख ४, बाग्लुङ | चैतेदशैँमा बागलुङ कालिका भगवती मन्दिरमा पूजा गर्न आउने भक्तजनले चढाएको भेटीबाट रु २७ लाख दुई हजार ५३ सङ्कलन भएको छ । दशैँको १० दिनसम्म  मन्दिरमा पूजाआजा गर्ने भक्तजनले सो भेटी चढाएका हुन् ।

देशमै प्रसिद्ध यस शक्तिपिठमा यही चैत २३ गतेदेखि वैशाख २ गतेसम्म विशेष पूजा चलेको थियो । मन्दिर परिसरमा सञ्चालित चैत्राष्टमी मेलाका कारण पनि भक्तजनको वृद्धि भएको थियो । सबैभन्दा बढी अष्टमीका दिन रु छ लाख १६ हजार ६२० सङ्कलन भएको कालिका भगवती मन्दिर गुठी समितिका अध्यक्ष राजु खड्काले जानकारी दिनुभएको छ ।

भाकल गर्ने भक्तजनले बलि चढाएका बोका, राँगा, कुखुराको मुढ ९टाउको० बिक्रीबाट प्राप्त हुने रकम पनि मूलभेटीमा चढ्ने गरेको अध्यक्ष खड्काले बताउनुभयो ।  मनोकाङ्क्षा पूरा हुने विश्वासमा पूजाका लागि देशका विभिन्न भाग तथा छिमेकी मुलुक भारतबाट भक्तजन यस मन्दिरमा आउने गर्छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने