२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

क्याम्पस भवन उद्घाटन

२०७६, ५ जेष्ठ आईतवार ०३:३२

जेठ ५, उदयपुर | उदयपुर जिल्लाको चौदण्डी नगरपालिकाको बसाहास्थित नारद आदर्श क्याम्पसको नवनिर्मित भवनको शनिबार नेपालका लागि भारतीय कार्यवाहक राजदूत अजयकुमार र उदयपुर क्षेत्र नं १ का सांसद तथा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा नारायण खड्काले संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।

भारतीय दूतावासको रु दुई करोड ९० लाखको  सहयोगमा सो दुईतले १८ कोठे नयाँ भवनको   निर्माण भएको हो । 

विसं २०७३ को भदौबाट औपचारिकरूपमा सम्झौता भई निर्माणकार्य शुरु गरेको उक्त नयाँ भवन वैशाखमा सम्पन्न भएको निर्माण कम्पनीका सञ्चालक प्रेम कार्कीले बताउनुभयो ।

भवनमा लाइब्रेरीको सुविधा, कम्युटर कोठासहित गोष्ठी हलको समेत व्यवस्था रहेको क्याम्सस प्रशासनले बताएको छ । विसं २००७ का नेपाली काङ्ग्रेसका प्रजातान्त्रिक योद्धा स्व नारदमुनि थुलुङको नाममा निर्माण गरिएको उक्त क्याम्पस भवनमा कक्षा १२ सम्म सरकारी विद्यालयको पठनपाठन हुने गरेको र स्नातक तहसम्म क्याम्पस तहको समेत पठनपाठन हुँदै आएको  क्याम्पस प्रमुख ध्रुवकुमार राईले बताउनुभयो ।  सांसद डा खड्काको पहलमा भारतीय दूतावासको आर्थिक सहयोगमा भवन निर्माण भएको हो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने