३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

भुम्लुमा स्थानीय पाठ्यक्रममा शिक्षण

२४ जेष्ठ २०७६, शुक्रबार ०८:०९

जेठ २४, काभ्रे | भुम्लु गाउँपालिकाले आफ्नै पाठ्यक्रम निर्माण गरी अध्यापन शुरु गरेको छ । पाँच विषयवस्तु समेटिएको उक्त पाठ्यक्रमका आधारमा गत बिहीबारदेखि स्थानीय विद्यालयमा शिक्षण शुरु गरिएको छ । 

भौगोलिक अवस्था तथा स्थानीय आवश्यकतालाई महत्व दिएर विपद्, सूचना–प्रविधि, कृषि, स्थानीय स्रोत तथा भुम्लुको परिचय समेटिएको पाठ्यक्रम निर्माण गरिएको गाउँपालिका शिक्षा शाखा प्रमुख रमेशराज खरेलले बताउनुभयो । उहाँका अनुसार एक सय भार (पूर्णाङ्क) तोकिएको उक्त पाठ्यक्रम चालू शैक्षिक सत्रमा पाठ्यक्रमका आधारमा शिक्षण गरिनेछ भने अर्को वर्ष पुस्तक तयार भई सक्नेछ । “हिजोदेखि सबै विद्यालयमा पाठ्यक्रमअनुसार शिक्षण शुरु भएको छ”, खरेलले भन्नुभयो । 

नेपालको संविधान–२०७२ ले स्थानीय सरकार सञ्चालनका लागि एकल तथा संयुक्त अधिकारसहितको व्यवस्था गरेको थियो । सोही आधारमा स्थानीय तहले विद्यालय शिक्षा सञ्चालन तथा पाठ्क्रम निर्माण अधिकार पाएसँगै काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकाले जिल्लामै पहिलोपटक स्थानीय पाठ्यक्रम निर्माण गरेको हो । एक वर्षको अध्ययनपछि विभिन्न सङ्घसंस्थाको सहयोगमा उक्त पाठ्यक्रम निर्माण गरिएको हो । 

गाउँपालिका अध्यक्ष गुमानध्वज कँुवरले यस वर्ष पाठ्यक्रम तयार पारिएको र अर्काे शैक्षिक सत्रबाट पुस्तक तयार गरी शिक्षण गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “जिल्लामा पाठ्यक्रम निर्माण हाम्रो पहिलो प्रयास हो, हामी कार्यान्वयनको चरणमा छौँ ।” कार्यान्वयनपश्चात् प्राप्त पृष्ठपोषणको आधारमा यसलाई आवश्यक परिमार्जन गरी पाठ्पुस्तक तयार गरिने उहाँले बताउनुभयो । 

त्रिभुवन विश्वविद्यालयका प्राध्यापक नारायण पौडेलले स्थानीय जीवनोपयोगी पाठ्यक्रम निर्माण गरी भुम्लु गाउँपालिकामा शिक्षण राम्रो पक्ष भएको बताउनुभयो । उहाँले भन्नुभयो, “विज्ञ समूहको लामो अध्ययन अनुसन्धान र मिहेनतबाट निर्माण भएको स्थानीय पाठ्यक्रम लाभदायी देखिन्छ ।” भुम्लु गाउँपालिकामा ४५ वटा सामुदायिक विद्यालय छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः प्रमुख बालेन्द्र शाह मादी नदीमा महिलाको शव फेला दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य