२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

शिक्षा

कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित

२०७६, २५ जेष्ठ शनिबार १६:३६


जेठ २५ ,सुर्खेत | कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतबाट पारित भएको छ । आज बसेको प्रदेशसभाको बैठकले प्रतिपक्षको अवरोधका बीचबाट सरकारको नीति तथा कार्यक्रम बहुमतको आधारमा पारित गरिएको हो । मुख्यमन्त्री शाहीको जवाफपछि बहुमतले नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो । सभामुख राजबहादुर शाहीले पक्ष र विपक्षमा ध्वनि मत लिँदा नेपाली काङ्ग्रेससँग सम्बद्ध सांसदहरुले नीति तथा कार्यक्रमको विपक्षमा हुन्न भने मत व्यक्त गरेका थिए । 

उक्त बैठकमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सरकारको नीति तथा कार्यक्रमका सन्दर्भमा कोही पनि प्रतिपक्षी हुन नहुनेमा जोड दिनुभयो । सरकारले कर्णालीको विकास र समृद्धिको लागि सबै पक्षसँग व्यापक छलफल गरेर नीति कार्यक्रम ल्याएकाले कोही पनि प्रतिपक्षी बन्न नहुने धारणा राख्नुभयो । उहाँले सांसदले उठाएका प्रश्नहरुको जवाफ दिँदै कानून, संरचना र कर्मचारी अभावका कारण चालू आवमा अपेक्षाकृत काम हुन नसके पनि सरकारको कार्यसम्पादन सन्तोषजनक रहेको जिकिर गर्नुभयो । “सङ्घ, प्रदेश र स्थानीय सरकारबीचको सहअस्तित्व र समन्वयका आधारमा मात्रै समृद्धिको सपना पूरा गर्न सकिन्छ”, मुख्यमन्त्री शाहीले भन्नुभयो, “पूर्वाधार विकासको काम सङ्घीय सरकारले गर्छ र गरीबी निवारणको काम प्रदेश सरकारले गर्ने नीति आवश्यक छ ।”

विकेन्द्रित बजेटले परिणाममुखी काम गर्न नसकिने बताउनुभएको उहाँले रु एक करोडमाथिका परियोजनामा मात्र बजेट व्यवस्था गर्ने नीति लिइएको स्पष्ट पार्नुभयो । साना लगानीका योजना कार्यान्वयनका लागि बजेटसहित स्थानीय तहलाई जिम्मेवारी दिइने उहाँको भनाइ थियो । उहाँका अनुसार सरकारले आर्थिक विकासका लागि तत्काल जलविद्युत्् आयोजना निर्माण गर्ने नीति लिएसँगै भेरी बबई डाइभर्सनको बाँधमा नौ मेगावाट जलविद्युत् आयोजना र जगदुल्ला जलविद्युत् आयोजनामा लगानी गर्ने प्रष्ट गर्नुभयो । भौगोलिक विकटताका कारण तत्काल प्रदेश राजधानीसँग पहाडी जिल्लालाई जोड्न लागि हवाई यातायातको आवश्यकता रहेकाले सङ्घीय सरकार र नेपाल वायुसेवा निगमसँग अनुरोध गरिए पनि सुनुवाइ नभएको उहाँको गुनासो थियो । कर्णालीका दुर्गम पहाडी जिल्लाबाट प्रदेश राजधानीमा तत्काल यातायात सम्पर्क स्थापित गर्न निजी क्षेत्रसँगको सहकार्यमा कर्णाली प्रदेशको आफ्नै हवाईसेवाको नीति लिइएको उहाँको भनाइ थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने