Skip to content
Sunday, July 19, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७६ असार ०३ गते, बिहान ७:१३ बजे
शिक्षा

मध्यपश्चिम विश्वविद्यालयमा झडप हुदाँ, एक प्रहरी घाइते

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

असार ३, काठमाडौँ | सुर्खेतमा रहेको मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा विद्यार्थी र प्रहरीबीच झडप हुँदा एक प्रहरीले घाइते भएका छन्। 

विश्वविद्यालयको नवौं स्थापना दिवशको अवसरमा विश्वविद्यालयको टि–सर्टमा काठमाडौँका  निजी कलेजको विज्ञापन गरेको भन्दै विद्यार्थीहरुले कार्यक्रम स्थलमै नाराबाजी र ढुङ्गामुडा गरेका छन्। काठमाडौंको राजधानी मोडेल कलेज र जेभिएर इन्टरनेशन कलेजको विज्ञापन गरेको भन्दै संयुक्त विद्यार्थी संगठनको अगुवाइमा विद्यार्थीहरु आन्दोलनमा उत्रिएका हुन्।

निजी कलेजको विज्ञापन गरिएका टि–सर्ट बहिष्कार गर्नु पर्ने भन्दै विद्यार्थीले प्रदर्शन गरेपछि प्रहरी बल प्रयोग गर्दा झडप भएको छ ।