२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

तलब नपाएको भन्दै शिक्षकले नै गरे बिद्यालयमा तालाबन्दी, विद्यार्थी भन्छन, बिषयगत शिक्षक चाहियो

२०७६, ५ असार बिहीबार ०९:४७

 कृष्ण बिष्ट | असार ५, बैतडी | बैतडीका सामुदायिक बिद्यालयहरुमा तालाबन्दी गर्ने प्रबृती मौलाएको छ । सेवासुबिधको नाममा कहिले शिक्षकहरुले तालाबन्दी गरीरहका छन भने बिषयगत शिक्षकको माग राख्दै बिद्यार्थीहरुपनि तालाबन्दी गर्न थालेका छन ।

 जिल्लाको पाटन नगरपालिका वडा नं १० स्थित ब्रह्म आधारभुत बिद्यालयमा निजि श्रोतका काम गर्दै आएका शिक्षकहरुले २ वर्ष देखिको तलव नपाएको भन्दै तालाबन्दी गरेका छन | जिल्लाको सुर्नया गाउपालिका वडा नं ४ मा रहेको उदयदेव माबि मा पनि बिषयगत शिक्षकको माग राख्दै बिहिबार बिद्यार्थीहरुले तालाबन्दी गरेका छन । 

उदयदेव माबीका कक्षा ९ र १० का बिद्यार्थीहरुले कम्प्युटर र अर्थशास्त्र  बिषय अध्यापन गराउने शिक्षक राख्नु पर्ने भन्दै बिहिबार ताला बन्दी गरेका हुन  | ब्रह्म आधारभुत बिद्यालयका निजिश्रोतका शिक्षकहरुले २ वर्ष देखिको तलव नपाएको भन्दै बुधबार ताला बन्दी गरेका सम्बन्धित बिद्यालयहरुले जनाएका छन । 

पटक पटक बिद्यालयमा कम्प्युटर अध्यापन गराउने शिक्षकको माग राखेपनि कुनै सुनुवाइ नगर्दा आफुहरुले आन्दोलन स्वरुप बिद्यालयमा तालाबन्दी गरेको बिद्यार्थी बिशाल भट्टले बताउनुभयो । बिद्यालयमा ताला बन्दी गरेर सबै बिद्यार्थीहरु अध्यान नगर्ने भन्दै घर गएको उदयदेव माबी प्रद्यानाध्यापक कालु सिह सावदले जानकारी दिए । बिद्यार्थीहरुको माग सम्बोधन गर्नको लागि गाउपालिका सँग बिद्यालय ब्यावस्थापन समितीले पहल गरीरहेको जानकारी गराउदा गराउदै पनि बिद्यालयमा ताला लगाएको उनले बताए ।  

ब्रह्म आधारभुत बिद्यालयमा कार्यरत निजी श्रोतका ३ जना शिक्षकहरुले बिगत २ बर्षदेखि तलब नपाएको भन्दै तालाबन्दी गरेका हुन । २०७४ सालदेखि आफूहरुले तलब नपाएको निजी श्रोतका शिक्षक तेजराज पन्तले बताए । २०६६ सालदेखि आफू निजी श्रोतमा कार्यरत रहेको बताउदै शिक्षक पन्तले अनुदानको कोटामा निजी श्रोतका शिक्षकलाई राख्ने निर्णय समेत विद्यालय व्यवस्थापन समितिले कार्यान्वयन नगरेको उनको भनाइ छ । विद्यालय व्यवस्थापन समितिले निजी श्रोतमा कार्यरत शिक्षकलाई राहत तथा अनुदान कोठा आए राख्ने निर्णय गरेपनि यसअघि आएको राहत कोटा पनि नदिएको उनीहरुको भनाई रहेको छ । हाल पनि अनुदान कोटा आएपनि खुल्ला विज्ञापन गरेर आफूहरुमाथि अन्याय गरेकोले विद्यालयमा तालबन्दी गर्न बाध्य भएका उनीहरुको भनाई रहेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने