२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

घरेलु प्याड निर्माणले छाउपडी प्रथा विस्थापित हुदै

९ असार २०७६, सोमबार ०९:१२

विजय रावत | असार ९,  जुम्ला | जुम्लाको हिमा गाउँपालिका–४ कि ४० वर्षीया सिद्धा शाहीलाई महिनावारी (छुई) हुन थालेको २७ वर्ष बढी भयो । तेह्र वर्षदेखि महिनावारी शुरु भएकी उहाँ एक वर्षअघि हरेक महीना छुई हँुदा कम्तीमा पाँच दिन छाउगोठमै बस्दै आउनुभएको थियो । २७ वर्षको ३२४ महीनामध्ये सरदरमा पाँच दिनले एक हजार ६२० दिन अर्थात् त्यसको झण्डै साढे चार वर्षको रात उहाँले छाउगोठमै सुतेर बिताउनुभयो ।

छाउगोठमा सुत्दा विभिन्न कठिनाइ भोग्नुभएकी उहाँले धेरै सङ्घसंस्थाबाट जनचेतना-क्षमता अभिवृद्धिका अवसर पाएपछि अहिले छाउ मान्न पनि छोड्नुभएको छ । सिद्धा शाहीसँग ठ्याकै समस्या मिल्ने अधिकांश महिलाहरुले गाउँमा घरेलु प्याड निर्माण अभियान विस्तार कार्यले छाउ मान्न छुटाएको दाबी गरेका छन् । वाटर-एड नेपालको सहयोग र किर्डाक नेपाल जुम्लाको आयोजनामा गाउँका महिलाले पटकपटक महिनावारी स्वच्छता व्यवस्थापनसम्बन्धी तालीम पाएपछि घरमै प्याड बनाउन पनि सिकेका छन् । हरेक महीना आमा समूहमा हुने औपचारिक छलफल र मेलापातमा दिदीबहिनीबीच हुने अनौपचारिक छलफलपछि छाउ प्रथा मान्ने महिलाको सङ्ख्या विस्तारै घट्दै गएको छ । 

“छाउ हुँदा घरभित्र बसे देवीदेवताले सराप्ने, बोटबिरुवा छोए पाप लाग्ने वा सुक्ने र गाई भँैसीको दूध, दही खान नहुनेलगायतका अन्धविश्वासले मेरो स्वास्थ्य निकै कमजोर भयो, अहिले छाउ नमान्दा स्वास्थ्य अवस्था सुध्रिएको छ”,सिद्धा शाहीले भन्नुभयो । आफूले यसबारे राम्रोसँग बुझेकाले आफ्नी छोरीलाई पनि छाउ मान्न नदिएर महिनावारी हुँदा नियमित सरसफाइ गरी घरभित्रै बस्न लगाएको उहाँले बताउनुभयो । 

यता हिमा–३ की २७ वर्षीया सेतु योगीको पनि उस्तै कथा छ । उहाँले भन्नुभयो, “जब समूह र घरमा स्वास्थ्य सवालका कुरा बढ्दै गए, हामीले घरमै सफा कपडाबाट प्याड बनाउन सिक्यौँ, त्यसले छाउ हुँदा प्याड प्रयोग गर्न मात्र होइन, छाउ मान्ने दिन घटाउँदै शून्यमा झ¥यो ।” घरमा उपलब्ध सफा कपडाको प्याड बनाएर प्रयोग गर्ने गरेको उहाँको भनाइ छ । 

महिनावारीका बेला सुक्खा खानेकुरा खाने, प्याड प्रयोग नगर्ने, पातलो आछ्यानमा सुत्ने, चिसोले सताउने जस्ता कारणले धेरै रगत बगेर कैयौँ महिलाको स्वास्थ्य अवस्था बिग्रिँदै गएको छ भने कतिपयले छाउप्रथाकै कारण अकालमा ज्यान पनि गुमाउनुपरेको छ । 

परम्परागत रुढीवादी छाउ संस्कार हटाउन स्वयं छाउ मान्ने व्यक्ति र महिनावारी हुने महिला परिवर्तन हुन जरुरी रहेको गाउँपालिका स्वास्थ्य संयोजक क्षेत्र महतले बताउनुभयो । सबैले महिनावारी हुँदा छाउगोठमा नगएर नियमित सरसफाइ गरी घरभित्र बस्नुपर्ने उहाँको भनाइ छ । 

गाउँपालिकाका उपप्रमुख हिमाली रोकायाले गाउँपालिकालाई छाउपडीमुक्त पालिका बनाउन लागिपरेको बताउनुभयो । “महिनावारी हुने महिलालाई लक्षित गरी आगामी आर्थिक वर्ष छाउप्रथाविरुद्ध जागरण अभियान सञ्चालन गर्नेछौँ, गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा अनिवार्य १० प्रतिशत बजेट विनियोजन गर्नेछ, यसबाट स्वास्थ्य, सरसफाइ सुधारसँगै छाउप्रथा न्यूनीकरण हुने छ”,उहाँले भन्नुभयो । महिला विस्तारै परिवर्तन हुँदै गएको उल्लेख गर्दै रोकायाले कूरीति अन्त्य गर्न अब धेरै समय पर्खिने दिन नभएको, यसमा सबैले साथ दिनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान