२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

घरेलु प्याड निर्माणले छाउपडी प्रथा विस्थापित हुदै

२०७६, ९ असार सोमबार ०९:१२

विजय रावत | असार ९,  जुम्ला | जुम्लाको हिमा गाउँपालिका–४ कि ४० वर्षीया सिद्धा शाहीलाई महिनावारी (छुई) हुन थालेको २७ वर्ष बढी भयो । तेह्र वर्षदेखि महिनावारी शुरु भएकी उहाँ एक वर्षअघि हरेक महीना छुई हँुदा कम्तीमा पाँच दिन छाउगोठमै बस्दै आउनुभएको थियो । २७ वर्षको ३२४ महीनामध्ये सरदरमा पाँच दिनले एक हजार ६२० दिन अर्थात् त्यसको झण्डै साढे चार वर्षको रात उहाँले छाउगोठमै सुतेर बिताउनुभयो ।

छाउगोठमा सुत्दा विभिन्न कठिनाइ भोग्नुभएकी उहाँले धेरै सङ्घसंस्थाबाट जनचेतना-क्षमता अभिवृद्धिका अवसर पाएपछि अहिले छाउ मान्न पनि छोड्नुभएको छ । सिद्धा शाहीसँग ठ्याकै समस्या मिल्ने अधिकांश महिलाहरुले गाउँमा घरेलु प्याड निर्माण अभियान विस्तार कार्यले छाउ मान्न छुटाएको दाबी गरेका छन् । वाटर-एड नेपालको सहयोग र किर्डाक नेपाल जुम्लाको आयोजनामा गाउँका महिलाले पटकपटक महिनावारी स्वच्छता व्यवस्थापनसम्बन्धी तालीम पाएपछि घरमै प्याड बनाउन पनि सिकेका छन् । हरेक महीना आमा समूहमा हुने औपचारिक छलफल र मेलापातमा दिदीबहिनीबीच हुने अनौपचारिक छलफलपछि छाउ प्रथा मान्ने महिलाको सङ्ख्या विस्तारै घट्दै गएको छ । 

“छाउ हुँदा घरभित्र बसे देवीदेवताले सराप्ने, बोटबिरुवा छोए पाप लाग्ने वा सुक्ने र गाई भँैसीको दूध, दही खान नहुनेलगायतका अन्धविश्वासले मेरो स्वास्थ्य निकै कमजोर भयो, अहिले छाउ नमान्दा स्वास्थ्य अवस्था सुध्रिएको छ”,सिद्धा शाहीले भन्नुभयो । आफूले यसबारे राम्रोसँग बुझेकाले आफ्नी छोरीलाई पनि छाउ मान्न नदिएर महिनावारी हुँदा नियमित सरसफाइ गरी घरभित्रै बस्न लगाएको उहाँले बताउनुभयो । 

यता हिमा–३ की २७ वर्षीया सेतु योगीको पनि उस्तै कथा छ । उहाँले भन्नुभयो, “जब समूह र घरमा स्वास्थ्य सवालका कुरा बढ्दै गए, हामीले घरमै सफा कपडाबाट प्याड बनाउन सिक्यौँ, त्यसले छाउ हुँदा प्याड प्रयोग गर्न मात्र होइन, छाउ मान्ने दिन घटाउँदै शून्यमा झ¥यो ।” घरमा उपलब्ध सफा कपडाको प्याड बनाएर प्रयोग गर्ने गरेको उहाँको भनाइ छ । 

महिनावारीका बेला सुक्खा खानेकुरा खाने, प्याड प्रयोग नगर्ने, पातलो आछ्यानमा सुत्ने, चिसोले सताउने जस्ता कारणले धेरै रगत बगेर कैयौँ महिलाको स्वास्थ्य अवस्था बिग्रिँदै गएको छ भने कतिपयले छाउप्रथाकै कारण अकालमा ज्यान पनि गुमाउनुपरेको छ । 

परम्परागत रुढीवादी छाउ संस्कार हटाउन स्वयं छाउ मान्ने व्यक्ति र महिनावारी हुने महिला परिवर्तन हुन जरुरी रहेको गाउँपालिका स्वास्थ्य संयोजक क्षेत्र महतले बताउनुभयो । सबैले महिनावारी हुँदा छाउगोठमा नगएर नियमित सरसफाइ गरी घरभित्र बस्नुपर्ने उहाँको भनाइ छ । 

गाउँपालिकाका उपप्रमुख हिमाली रोकायाले गाउँपालिकालाई छाउपडीमुक्त पालिका बनाउन लागिपरेको बताउनुभयो । “महिनावारी हुने महिलालाई लक्षित गरी आगामी आर्थिक वर्ष छाउप्रथाविरुद्ध जागरण अभियान सञ्चालन गर्नेछौँ, गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा अनिवार्य १० प्रतिशत बजेट विनियोजन गर्नेछ, यसबाट स्वास्थ्य, सरसफाइ सुधारसँगै छाउप्रथा न्यूनीकरण हुने छ”,उहाँले भन्नुभयो । महिला विस्तारै परिवर्तन हुँदै गएको उल्लेख गर्दै रोकायाले कूरीति अन्त्य गर्न अब धेरै समय पर्खिने दिन नभएको, यसमा सबैले साथ दिनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने