२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ललितपुर - LLT

पुल्चोक इञ्जिनीयरिङ क्याम्पसमा भवन अभाव

२०७६, १२ असार बिहीबार ०६:३६

असार १२, काठमाडौँ | इञ्जिनीयरिङ पढ्ने विद्यार्थीको केन्द्रका रुपमा रहेको पुल्चोक इञ्जिनीयरिङ क्याम्पसलाई अहिले भवनको अभाब भएको छ । क्याम्पसको आय ज्यादै कम र नेपाल सरकारबाट पनि कम मात्र बजेट विनियोजन हुँदा भवन निर्माण गर्न नसकिएको क्याम्पस प्रशासनले जनाएको छ । 

भवन अभावका कारण उक्त क्याम्पसलाई नयाँ सङ्काय खोल्न वा सिट सङ्ख्या थप्न समस्या भएको सहायक क्याम्पस प्रमुख शिवकृष्ण दुवाले बताउनुभयो । समयको मागअनुसार विषय र सङ्काय थप्नुपर्ने भए पनि भवन अभावले गर्दा थप्न नसकिएको उहाँको भनाइ थियो । 

“हामीले यहाँ सिट बढाउन नसक्दा त्यसको मार विद्यार्थी र अभिभावकलाई परेको छ”,सहायक क्याम्पस प्रमुख दुवाले भन्नुभयो, “विद्यार्थीहरु चर्को शुल्क तिरेर निजीमा जान बाध्य छन् ।”भवन अभावकै कारण भूकम्पले क्षति पुगेका पुरानो भवनलाई मर्मत मात्रै गरेर बस्नु परेको जानकारी दिँदै उहाँले राणाकालीन यो भवन विसं २०७२ को भू्कम्पले  क्षति पु¥याएकाले प्रशासनिक कार्यालयहरु रहेको भवनको भित्री भागमा मात्रै मर्मत गरेर सञ्चालनमा ल्याइएको छ, उक्त भवन पुनर्निर्माण गर्नुपर्ने भए पनि क्याम्पसको आयस्रोतले नभ्याउने र नेपाल सरकारले पुनर्निर्माणका लागि रकम दिएको छैन भन्नुभयो । 

यो क्याम्पसमा छ वटा सङ्काय रहेकामा स्नातक तहमा रासायनिक इञ्जिनीयरिङ र स्नातकोत्तरमा रेलवे इञ्जिनीयरिङ विषय थप गर्ने क्याम्पसको  योजना छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने