३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ललितपुर - LLT

पुल्चोक इञ्जिनीयरिङ क्याम्पसमा भवन अभाव

१२ असार २०७६, बिहीबार ०६:३६

असार १२, काठमाडौँ | इञ्जिनीयरिङ पढ्ने विद्यार्थीको केन्द्रका रुपमा रहेको पुल्चोक इञ्जिनीयरिङ क्याम्पसलाई अहिले भवनको अभाब भएको छ । क्याम्पसको आय ज्यादै कम र नेपाल सरकारबाट पनि कम मात्र बजेट विनियोजन हुँदा भवन निर्माण गर्न नसकिएको क्याम्पस प्रशासनले जनाएको छ । 

भवन अभावका कारण उक्त क्याम्पसलाई नयाँ सङ्काय खोल्न वा सिट सङ्ख्या थप्न समस्या भएको सहायक क्याम्पस प्रमुख शिवकृष्ण दुवाले बताउनुभयो । समयको मागअनुसार विषय र सङ्काय थप्नुपर्ने भए पनि भवन अभावले गर्दा थप्न नसकिएको उहाँको भनाइ थियो । 

“हामीले यहाँ सिट बढाउन नसक्दा त्यसको मार विद्यार्थी र अभिभावकलाई परेको छ”,सहायक क्याम्पस प्रमुख दुवाले भन्नुभयो, “विद्यार्थीहरु चर्को शुल्क तिरेर निजीमा जान बाध्य छन् ।”भवन अभावकै कारण भूकम्पले क्षति पुगेका पुरानो भवनलाई मर्मत मात्रै गरेर बस्नु परेको जानकारी दिँदै उहाँले राणाकालीन यो भवन विसं २०७२ को भू्कम्पले  क्षति पु¥याएकाले प्रशासनिक कार्यालयहरु रहेको भवनको भित्री भागमा मात्रै मर्मत गरेर सञ्चालनमा ल्याइएको छ, उक्त भवन पुनर्निर्माण गर्नुपर्ने भए पनि क्याम्पसको आयस्रोतले नभ्याउने र नेपाल सरकारले पुनर्निर्माणका लागि रकम दिएको छैन भन्नुभयो । 

यो क्याम्पसमा छ वटा सङ्काय रहेकामा स्नातक तहमा रासायनिक इञ्जिनीयरिङ र स्नातकोत्तरमा रेलवे इञ्जिनीयरिङ विषय थप गर्ने क्याम्पसको  योजना छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली