२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

टहरामा पढाइ हुने विद्यालयको भवन बन्दै

२०७६, १६ असार सोमबार ०५:४८

असार १६, पाल्पा | बाँसले बारेर बनाइएको टहरामा विद्यार्थीलाई शिक्षा दिने पाल्पा रामपुरको एक विद्यालयको  भवन अब बन्ने भएको छ । रामपुर नगरपालिका वडा नम्बर २ खयरबोटको कालिका प्राथमिक विद्यालयमा चारकोठे पक्की भवन बन्ने भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवबहादुर थापाले बताउनुभयो । 

जापानी समाजसेवी काजुमासा काकिमी ओकेबाजेको रु १० लाख र वडा कार्यालयको रु  एक लाख सहयोगमा बन्ने भवनको शिलान्यास गरिएको विद्यालयले जनाएको छ । विसं २०७२ को भूकम्पमा भत्किएको भवन अझै निर्माण हुन सकेको छैन ।

“भूकम्पले भवन भत्काएपछि केही समय विद्यार्थीलाई अहिलेको वडा कार्यालय भवनमा राखेर तथा कहिले खुला चौरमा पढायौँ, अहिले भूकम्प प्राधिकरणको सहयोगमा ट्रसबाट दुई वटा भवन निर्माण जारी छ । अहिलेसम्म बाँसले बारेको कोठामै पढाएका छौँ ”,प्रधानाध्यापक बाबुराम घिमिरेले भन्नुभयो । नर्सरीदेखि कक्षा ४ सम्म पठनपाठन हुने सो विद्यालयमा अहिले ५२  विद्यार्थी अध्ययनरत छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने