३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङ जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता हुदै

१९ असार २०७६, बिहीबार १४:५१

सुनिल कुँवर | असार १९, काठमाडौँ | आई टि फर्म हिमालयाज आई सिटि (IT from Himalayas ICT Quiz-2019)ले  बझाङ जिल्ला स्तरीय  दुई दिने हाजिरी जवाफ प्रतियोगिता गर्ने भएको छ | उक्त प्रतियोगितामा बझाङ जिल्ला भित्र रहेका सामुदायिक बिद्यालयहरुबाट टिम सहितको सहभागिताको लागि अनुरोध गरिएको छ | 

प्रतियोगिता २०७६ साल कार्तिक ७ र ८ गते हुने र एसईईमा सामेल नभएका अर्थात् अन्डर एसईईका विद्यार्थीहरुमात्र सामेल हुन् पाउने आई टि फर्म हिमालयाज आई सिटका अध्यक्ष अक्कल बिष्टले जानकारी दिएका छन्  | उनले भने " बझाङका सामुद्दायिक बिद्यालयमा अध्यनरत अन्डर एसईईका बिद्यार्थीहरुलाई लक्षित गरी स्थानिय निकाय, संघ सस्था र स्वदेश तथा बिदेशमा बस्नुहुने बझाङबासीको सहयोगमा "IT from Himalayas" र "बुङ्गल बिकास समाज" द्वारा आयोजना गरेका हौ " |

आई टि फर्म हिमालयाज आई सिटिले बिगत केहि बर्ष देखि हाजिरी जवाफ प्रतियोगिता गर्दै आएको छ | सूचना  र प्रविधिको  बर्तमान समाजमा विद्यार्थीहरुको बौदिक ज्ञान विकास गरी उनीहरुमा शिक्षाप्रतिको सकारात्मक धारणा जगाउनको लागि उक्त प्रतियोगिता आयोजनमा गरेको हो | 

प्रतियोगितामा ५० प्रतिशत कम्प्युटर बाट , २५ प्रतिशत सामान्य ज्ञान र बौदिक प्रश्नबाट , १० प्रतिशत गाणितबाट , १० प्रतिशत बिज्ञानबाट र ५ प्रतिशत प्रश्न अंग्रेजीबाट सोधिने छन  | 

बिद्यालभन्दा बाहिरबाट सहभागिता जनाउन नपाउने , ४ जनाको टिम हुनु पर्ने , एसईईमा सामेल नभएको ,  बझाङ्ग जिल्ला भित्र स्थाई बसोबासभई  बझाङ्ग जिल्ला भित्रकै सामुदायिक  स्कुलमा पढीरहेको हुनुपर्ने,  सहभागीहरुलाइ शुल्क एक हजार  भन्दा माथी नपर्नेगरि शुल्क लिने र प्रथमहुने लाई  कप सहित ४ वटा ल्यापटप, दिर्तिय र तिर्तियलाई कपका साथै प्रमाण पत्र र पुरस्कारको ब्यबस्था  गरिएको छ | 

बिज्ञान र प्रविधि सुहाउदो बिषयमा प्रश्नहरु सोधिने  छन् |  प्रतियोगिता  बझाङ्गको बुङ्गल नगरपालिका वडा नं ४, सरस्वती माध्यामिक बिद्यालय  बिजगडामा हुने भएको छ | प्रमुख अथिति  बुङ्गल नगरपालिकाका  नगर प्रमुख रहने समेत IT from Himalayas ICT ले जानकारी दिएको छ | 

जानकारीको को लागि आई टि फर्म हिमालयाज आई सिटिको वेबसाइटमा गएर पनि थाहा पाउन सकिने छ |  Website: www.ith.org.np, Akkal Bahadur Bist 9849781134

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः प्रमुख बालेन्द्र शाह मादी नदीमा महिलाको शव फेला दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन