२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जाजरकोट - JKT

जाजरकोटका दलित समुदायका बालबालिकाले पढ्न पाएनन्

२०७६, ८ श्रावण बुधबार ०१:४७

साउन ८, जाजरकोट (रासस) | ठुलीभेरी नगरपालिका–२ कुम्लीकर्प डोल्पाकी छायाँ विकले दैनिक दुनै आएर दाउरा बिक्री गरेर छोराछोरीको पढाइ खर्च चलाउँदै आउनुभएको छ । उहाँले दैनिक एक भारी दाउरा बिक्री गरेर रु ५०० कमाउँदै आउनुभएको छ ।

बिहानै उठेर छोराछोरीलाई खाना खुवाएर आफ्नो तौलभन्दा बढी क्षमताको दाउराको भारी बोकेर दुनैस्थित होटलमा रु ५०० मा बिक्री गर्दै आएको उहाँको  भनाइ छ । उहाँजस्तै अर्की शोभा विक पनि दैनिक दाउरा बेचेर घर खर्च चलाउँदै आएको बताउनुहुन्छ । चार छोराछोरीकी आमा उहाँ दैनिक दाउरा बिक्री नगरे घर खर्च चलाउन मुस्किल हुने बताउनुहुन्छ । अर्का कुम्लीकर्पका धनीराम मिजार विगत ३२ वर्षदेखि आरनको काम गर्दै आउनुभएको छ । दुनैका अधिकांश होटलहरुमा पाक्ने खाना कुम्लीकर्पका दलित समुदायका महिलाले बिक्री गरेको दाउराको भरमा चल्ने गरेको छ ।

घर नजिकैका विद्यालयमा कक्षा ५ सम्म मात्र पढाइ हुन्छ । सो भन्दा माथि यहाँका कुनै बालबालिकाले पढ्न नपाएको मन्मा आधारभूत विद्यालयका प्रधानाध्यापक जयकृष्ण हमालले जानकारी दिनुभयो । सुन्दर आधारभूत, मन्मा आधारभूत र महादेव आधारभूत गरी तीन विद्यालय छन् । तर, विद्यार्थी भने कम हुँदा समस्या हुँदै आएको छ । मावि तह सञ्चालन नभएको सो बस्तीमा अर्थाभावका कारण यहाँका दलित समुदायका बालबालिका कक्षा ५ देखि माथि कसैले पढ्न नपाएको हमालले बताउनुभयो ।

दाउरा बोकेर दैनिक घर खर्च टार्ने दलित समुदायका बालबालिका विद्यालयमा समेत कम आउने गरेको उहाँको भनाइ छ । मन्मा आधारभूत विद्यालयमा कक्षा ४ मा पढ्दै आएकी असु मिजारका तीन बहिनी छन् । उनका बुबाले आरनको काम र आमाले दाउरा बिक्री गरेर घर खर्च चलाउँदै आउनुभएको छ । आरनको काम र दाउरा बिक्री नभएको दिन उहाँहरुको भान्सामा आगो बाल्न मुस्किल हुने गरेको छ । करीब १२० घर दलित समुदाय रहेको यो ठाउँबाट अहिले बसाइँ सरेर अर्को ठाउँमा जाने गरेको अर्का तुले विकले बताउनुभयो । अप्ठ्यारो ठाउँ, पहिरोको जोखिमका कारण अहिले सुरक्षित स्थानमा यहाँका दलित समुदाय बसाइँ सर्न बाध्य भएको उहाँले बताउनुभयो । बस्ती सर्दा जग्गा र घर निर्माणका लागि अर्थाभाव हुँदा थप समस्या भएको अर्का दलित समुदायका रामबहादुर मिजारले बताउनुभयो ।

यहाँका दलित समुदायको स्तरोन्नतिका लागि स्थानीय सरकारले कुनै पनि सहयोग नगरेको गुनासो छ । आरन पेशालाई आधुनिक बनाउनेदेखि अन्य आयआर्जनका पेशामा लगानी गरेर जीवनस्तर बदल्न अहिलेसम्म कुनै काम नभएको यहाँका सबै दलित समुदायको भनाइ छ । आन्तरिक विवादमा फसेको ठुलीभेरी नगरपालिकाले अहिलेसम्म केही सहयोग नगरेको स्थानीयवासीको भनाइ छ । वर्षायाममा यहाँका दलित समुदाय घर छोडेर अर्काको घरमा शरण लिन बाध्य हुनुपरेको छ । जोखिमपूर्ण बस्ती भएका कारण घर छाडेर अर्काको घरमा शरण लिन  बाध्य भएको उनीहरुको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने