२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाजुरा - BJR

बाजुरामा कम्प्युटर शिक्षा सञ्चालनले विद्यार्थीमा उत्साह

१० श्रावण २०७६, शुक्रबार ०४:५४

साउन १०, बाजुरा  | दुर्गमका विद्यालयमा कम्प्युटर विषयको प्रयोगात्मक कक्षा सञ्चालन भएपछि सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढेको छ । दुर्गम क्षेत्रमा बिजुलीको विस्तार भएसँगै विभिन्न विद्यालयमा कम्प्युटर शिक्षाको प्रयोगात्मक कक्षा शुरु गरिएकाले शिक्षक तथा विद्यार्थी निकै उत्साही भएका हुन् ।

 बुढीगङ्गा नगरपालिका र खप्तड छेडेदह गाउँपालिकाको समन्वय तथा स्थानीय साझेदार निकाय पिसविन परियोजना र सामुदायिक विकास परियोजनाको आर्थिक सहयोगमा दुई स्थानीय तहका चार विद्यालयमा कम्प्युटर विषयको प्रयोगात्मक कक्षा सञ्चालन गरिएको पिसविनका संयोजक टेकबहादुर थापाले बताउनुभयो । 

कम्प्युटर सञ्चालन हुनेमा जिल्लाकै नमूना विद्यालयका रूपमा रहेको नौबिसस्थित भानोदय मावि, गाँज्रास्थित मालिका मावि, डोगडीस्थित मष्टेश्वरी मावि र बाह्रबिसस्थित सिङ्गाडा माविमा कम्प्युटर उपलब्ध गराइएकाले अहिले दुर्गम ठाउँका विद्यार्थीलाई उक्त विषय पढ्न निकै सहज भएको सम्बद्ध विद्यालयले जनाएको छ ।

यसबाट ग्रामीण क्षेत्रका विद्यार्थीले आधारभूत कम्प्युटर शिक्षा प्राप्त गर्नका लागि सदरमुकाम धाउनपर्ने बाध्यतासमेत हटेको छ । बाजुरामा सञ्चालन भइरहेको सामुदायिक विकास परियोजनाले सेवा क्षेत्रभित्रका विद्यालयलाई लक्षित गरी आवश्यक कम्प्युटर, फर्निचर, पुस्तकालय, भवन र अतिविपन्न बालबालिकालाई शैक्षिक सामग्री, पोशाक, कापी तथा कलम सहयोग गरिरहेको छ ।

 स्थानीयस्तरमै कम्प्युटर विषयको प्रयोगात्मक पढाइ हुन थालेपछि विद्यालयमा विद्यार्थीको सङ्ख्या पनि बढेको भानोदय माविका प्राचार्य मनवीर खातीले बताउनुभयो । विद्यालयमा कम्प्युटरबारे यसअघि किताबी ज्ञानमात्र दिइए पनि अहिले भने प्रत्यक्ष कम्प्युटर चलाउन र सिक्न पाउँदा आफूहरुलाई निकै सजिलो भएको विद्यार्थी रवीन्द्र बुढाले बताउनुभयो । 

विद्यार्थीमा प्राविधिक ज्ञानका लागि विद्यालयमा कम्प्युटर शिक्षाको शुरुआत भएपछि शैक्षिक विकासमा सहयोग पुग्ने नौबिसकी रुक्मिणी जोशीको भनाइ थियो । दुर्गममा रहेका विद्यालयमा कम्प्युटर शिक्षाको शुरुआत गर्न कतै वैकल्पिक सौर्य ऊर्जा र कतै स्थानीय बासिन्दाले आफ्नै लगानीमा विद्युत् उत्पादन गरिरहेका र यसबाट एक हजार ५०० बढी विद्यार्थी लाभान्वित भएको बताइएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान