२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

शिक्षा

नोबेल मेडिकल कलेजमा सामान्यरुपमै सुत्केरी भएकी एक महिलाको मृत्यु

२०७६, १५ श्रावण बुधबार ०७:५३

साउन १५, बिराटनगर  | विराटनगरको  नोबेल मेडिकल कलेजमा सामान्यरुपमै सुत्केरी भएकी एक महिलाको मृत्यु भएको छ |  सोमबार प्रसूतिका लागि भर्ना भएकी सुनसरी झुम्काकी ३५ वर्षीय पार्वती कार्कीको मृत्यु भएको हो | उनले  मंगलबार बिहान १० बजे दोस्रो सन्तानको रुपमा छोरीलाई जन्म दिएकी थिइन्  |

सामान्यरुपमै सुत्केरी भएकी कार्की अत्यधिक रक्तश्राव भएपछि चिकित्सकले मंगलबार दिउँसो २ बजे पाठेघर फाल्ने भन्दै अप्रेशन थिएटर लगेका थिए | पाठेघरको शल्यक्रियापछि उनलाई १७ प्रिन्ट ब्लड चढाएइएको थियो | तर, उनलाई बुधबार बिहान ३ बजे अस्पतालले मृत घोषणा गरेको हो | चिकित्सकको लापरबाहीले उनको मृत्यु  भएको भन्ने उनका आफन्तको आरोप छ | नर्मल डेलिभरी भएकी महिलाको रगत धेरै बग्दा पनि चिकित्सले उपचारमा चासो नदिएको उनका आफन्तको भनाई छ |

नर्मल डेलिभरी भएपछि वार्डमा सारेको केही समयपछि पार्वतीले खाना खान खोजेकी थिइन् ।  खाना खुवाउन खोज्दा उनी बेहोस भएर लडेपछि मात्र चिकित्सकले धेरै रगत बगेको भन्दै पाठेघर फाल्न लगेका थिए । ‘वार्डमा रगत रोक्ने प्रयास असफल भएपछि दिउँसो २ बजे पाठेघर फाल्नुपर्छ भन्दै अप्रेशन गर्न लागे,’ उनका आफन्तले भने |

मृतक कार्कीले दोस्रो सन्तानको रुपमा छोरी जन्माएकी थिइन् । बच्चाको स्वास्थ्य भने सामान्य छ । उनका श्रीमान वैदेशिक रोजगारीकालागि कतारमा छन् । यता अस्पताल प्रशासनले भने महिलाको मृत्युमा अस्पतालको लापरबाही नभएको धेरै रगत बगेका कारण महिलाको मृत्यु भएको बताएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते