२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा पहिलो पटक जिल्ला सदरमुकाम बाहिर एसईई ग्रेड बृद्धिको परिक्षा केन्द्र तोकियो

२०७६, २३ श्रावण बिहीबार ११:०४

कृष्ण बिष्ट | साउन २३, बैतडी |  बैतडीमा पहिलो पटक जिल्ला शदरमुकाम बाहिर एसइइ ग्रेडबृद्धिको को परिक्षा केन्द्र तोकिएको छ । यहि भदौ १ गते देखि सुरु हुन गइरहेको ग्रेड बृद्धीको परिक्षा जिल्ला सदरमुकाम गोठलापानी बाहिर राख्ने निर्णय गरिएको हो ।

सदरमुकाममा मात्रै परिक्षा केन्द्र हुदा बिद्यार्थीहरुले भोग्नु परेको थुप्रै समस्याहरुलाई मध्यनजर गर्दै सदरमुसकाम लगायत ५ वटा परिक्षा केन्द्र तोकिएको शिक्षा बिकास तथा समन्वय इकाइ बैतडीले जनाएको छ । सदरमुकाम बाहिर देहिमाण्डौ रपाटनमा पनि परिक्षा हुने भएको छ । 

कृष्ण माबि पाटनको प्राबिधिकधार तर्फ बाहेकका सबै बिद्यार्थी, सिगास गाउपालिकाका सबै माबीहरु, र सुर्नया गाउपालिकाको नेपाल राष्टिय माबी ग्वानीको परिक्षा, कृष्ण माबी पाटनमा परिक्षा हुने भएको छ । 

मेलौली नगरपालिकाका सबै माबिहरु र दशरथचन्द नगरपालिको सोभा माबि, देउमडा माबि, मणिलेक माबि गुरुखोला, निङ्लासैनि माबि देहिमाण्डौ, निङ्लाशैनी बोर्डिङ स्कुल र सुर्नया गाउपालिकाको बाशुलिङ् माबी लिस्कीटाको परिक्षा निङ्लाशैनि माबी देहिमाण्डौमा हुने जनाइएको छ । 

शिवनाथ र पञ्चेश्वर गाउपालिकाका सबै माबिहरु, कृष्ण माबी पाटनको प्रबिधिक धार, दशरथचन्द नगरपालिकाका बिरेन्द्र माबी साहिलेक, केदार नागार्जुन माबी बगलेखान, जगदम्बा माबि रानिबुङ्गा, जोसिबुङ्गा माबी लमौता, शिवस्थली माबि जर्ग, बिरेन्द्र माबी, एमजेसि एकेडेमी गोठलापानी, र नागार्जूृन माबी बर्ताेलीको बिरेन्द्र माबी साहिलेकमा परिक्षा केन्द्र तोकिएको छ । 

त्यसैगरि दशरथचन्द नगरपालिकाको सुन्दरखाली माबी, पुर्चाैडी नगरपालिका र दोगडाकेदार गाउपालिकाका सबै बिद्यालयहरुको परिक्षा सुन्दरखाली माबीमा परिक्षा सञ्चालन हुने जनाएको छ । डिलाशैनि गाउपालिकाका सबै माबीहरु र सुर्नया गाउपालिकाका ग्वानी र लिस्कीटा बाहेकका सबै माबिहरुको र दशरथचन्द नगरपालिकाका सरस्वती संकृत माबी नगतडी, गुरुकुल माबी सेरा, दानेश्वर नागार्जुन माबी रातामाटा, कालिका मावि थालिगडा र दानेश्वर माबि  बाराकोटको परिक्षा केन्द्र  जगदम्बा माबि रानिबुङ्गा तोकिएको इकाइ प्रमुख नरेन्द्र अवस्थीले बताउनुभयो । 

दुई साता पहिले मात्रै नेवी संघ बैतडीले सदरमुकाम बाहिर पनि परिक्षा केन्द्र राख्नु पर्ने भन्दै ज्ञापन पत्र बुझाएको थियो । सदरमुकाममा बास बस्नको लागि समेत अप्ठ्यारो हुने गरेको भन्दै प्रत्येक स्थानिय तहको केन्द्रमा ग्रेडबृद्धीको परिक्षा हुनुपर्ने माग गरेको थियो । सुरक्षा तथा आवस्य श्रोत साधनको उपलब्धता नहुने गरेकोले सबैपालिकाहरुमा केन्द्र स्थपना गर्न नसकिएको इकाइ प्रमुख अवस्थीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते