२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

कृषि विश्व विद्यालयको विवाद संसद्ले रोक्छः मन्त्री पोखरेल

२०७६, २७ भाद्र शुक्रबार १५:२८

भदौ २७, हेटौडा | शिक्षा, विज्ञान तथा प्रविधीमन्त्री गिरिराजमणि पोखरेलले हेटौँडामा रहेको वन विज्ञान अध्ययन संस्थान र कृषि तथा वन विज्ञान विश्वविद्यालयको विषयमा चलिरहेको विवाद संसदवाट टुङ्गिने बताउनुभएको छ ।

हेटौँडामा आज साँझ आयोजित कार्यक्रममा मन्त्री पोखरेलले संसद्मा पेश भएको शिक्षा नीति बन्ने क्रम अन्तिम चरणमा रहेको र यो नीति बनिसकेपछि मात्र विवादको हल हुने बताउनुभयो । मन्त्री पोखरेलले शिक्षा नीति बनिसकेपछि बन्ने विश्वविद्यालय ऐनले यो समस्या कानुनी रुपमा नै हल हुने बताउनुभयो । 

मन्त्री पोखरेलले मकवानपुरको चित्लाङमा अबको दुई वर्षमा पीएचडी गर्न सकिने बताउनुभयो । उहाँले चित्लाङमा बन्ने मदन भण्डारी साइन्स एण्ड टेम्नोलोजी विश्वविद्यालयका लागि रु एक अर्ब पाँच करोड बजेट विनियोजनसमेत भइसकेको बताउँदै अब कुनै पनि हालतमा दुई वर्षभित्र विश्वविद्यालय बनेर पढाइ शुरु हुने दाबीसमेत गर्नुभयो ।

उहाँले जनस्वास्थ्यको विषयमा बोल्दै नेपालमा ६२ प्रतिशतलाई नसर्ने रोग लागेको र यो अवस्था चिन्ताजनक रहेको बताउनुभयो । दैनिक खानपान र जीवनशैलीका कारण ६२ प्रतिशत नेपालीले नसर्ने रोगको शिकार हुनुपरेको र यसका लागि उपचार खर्च पनि बढी लाग्ने भएकाले योग, ध्यान, ब्यायाम र सरल खानपानमा ध्यान दिनसमेत सुझाउनुभयो । 

कार्यक्रममा सांसद विरोध खतिवडा, प्रदेश नं ३ का प्रदेशसभा सदस्य तथा नेकपा मकवानपुरका अध्यक्ष मुनु सिग्देल, प्रदेश नं ३ सांसद प्रेमबहादुर पुलामीलगायतको सहभागिता थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते