३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

कृषि विश्व विद्यालयको विवाद संसद्ले रोक्छः मन्त्री पोखरेल

२७ भाद्र २०७६, शुक्रबार १५:२८

भदौ २७, हेटौडा | शिक्षा, विज्ञान तथा प्रविधीमन्त्री गिरिराजमणि पोखरेलले हेटौँडामा रहेको वन विज्ञान अध्ययन संस्थान र कृषि तथा वन विज्ञान विश्वविद्यालयको विषयमा चलिरहेको विवाद संसदवाट टुङ्गिने बताउनुभएको छ ।

हेटौँडामा आज साँझ आयोजित कार्यक्रममा मन्त्री पोखरेलले संसद्मा पेश भएको शिक्षा नीति बन्ने क्रम अन्तिम चरणमा रहेको र यो नीति बनिसकेपछि मात्र विवादको हल हुने बताउनुभयो । मन्त्री पोखरेलले शिक्षा नीति बनिसकेपछि बन्ने विश्वविद्यालय ऐनले यो समस्या कानुनी रुपमा नै हल हुने बताउनुभयो । 

मन्त्री पोखरेलले मकवानपुरको चित्लाङमा अबको दुई वर्षमा पीएचडी गर्न सकिने बताउनुभयो । उहाँले चित्लाङमा बन्ने मदन भण्डारी साइन्स एण्ड टेम्नोलोजी विश्वविद्यालयका लागि रु एक अर्ब पाँच करोड बजेट विनियोजनसमेत भइसकेको बताउँदै अब कुनै पनि हालतमा दुई वर्षभित्र विश्वविद्यालय बनेर पढाइ शुरु हुने दाबीसमेत गर्नुभयो ।

उहाँले जनस्वास्थ्यको विषयमा बोल्दै नेपालमा ६२ प्रतिशतलाई नसर्ने रोग लागेको र यो अवस्था चिन्ताजनक रहेको बताउनुभयो । दैनिक खानपान र जीवनशैलीका कारण ६२ प्रतिशत नेपालीले नसर्ने रोगको शिकार हुनुपरेको र यसका लागि उपचार खर्च पनि बढी लाग्ने भएकाले योग, ध्यान, ब्यायाम र सरल खानपानमा ध्यान दिनसमेत सुझाउनुभयो । 

कार्यक्रममा सांसद विरोध खतिवडा, प्रदेश नं ३ का प्रदेशसभा सदस्य तथा नेकपा मकवानपुरका अध्यक्ष मुनु सिग्देल, प्रदेश नं ३ सांसद प्रेमबहादुर पुलामीलगायतको सहभागिता थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली