२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

सबै सामुदायिक विद्यालयमा कम्प्यूटर शिक्षा अनिवार्य

२०७६, २७ भाद्र शुक्रबार १५:३३

भदौ २७, झापा | शिक्षालाई आधुनिक प्रविधि सुहाउँदो बनाउने उद्देश्यले झापाको हल्दिबारी गाउँपालिकाले सबै सामुदायिक विद्यालयमा कम्प्यूटर शिक्षा अनिवार्य गरेको छ । 

नेपाल सरकारको रु दुई करोड ३१ लाख ९६ हजार अनुदानमा गाउँपालिकाले कम्प्युटर शिक्षाको पूर्वाधार स्थापना गरी पठनपाठन शुरु गरेको हो । कूल १७ वटा सामुदायिक विद्यालयका लागि रु एक करोड ६० लाख खर्च गरेर २६० वटा कम्प्यूटर खरीद गरिएको प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले बताउनुभयो ।

झापाका १५ स्थानीय तहमध्ये सबै सामुदायिक विद्यालयमा अनिवार्य कम्प्यूटर शिक्षा लागू गर्नेमा हल्दिबारी पहिलो भएको अधिकृत घिमिरेको दाबी छ । उहाँका अनुसार सबै विद्यालयमा वाइफाइसहितको व्यवस्थित प्रयोगशाला निर्माण भइसकेको छ । कम्प्यूटर राख्नका लागि १३० टेबुल र २६० वटा कुर्सी सांसद राजेन्द्र लिङ्देनको सांसद पूर्वाधार विकास कोषको बजेटबाट खरीद गरिएको उहाँले बताउनुभयो । 

गाउँपालिकाले विद्यार्थी सङ्ख्या हेरेर कक्षा ५ सम्मका विद्यालयलाई पाँचदेखि सात वटासम्म र कक्षा ८ देखि १२ सम्मका विद्यालयलाई ३० देखि ४० वटासम्म कम्प्युटर प्रदान गरेको गाउँपालिकाका अध्यक्ष रवीन्द्र लिङ्देन बताउनुहुन्छ । कम्प्यूटर शिक्षाका लागि गाउँपालिकाको कोषबाटै शिक्षकको व्यवस्था गरिएको उहाँको भनाइ छ । 

सामुदायिक विद्यालयमा विद्यार्थीको सङ्ख्या घटिरहेको अवस्थामा लागू भएको कम्प्यूटर शिक्षाले अभिभावक तथा विद्यार्थीलाई आकर्षित गर्ने र प्रविधिमा विद्यार्थीहरु दक्ष बन्ने अपेक्षा गरिएको हल्दिबारी माविका प्रधानाध्यापक टङ्क पाख्रिन बताउनुहुन्छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते