२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

शिक्षा

सङ्कटमा सिंजा बहुमुखी क्याम्पस

३ कार्तिक २०७६, आईतवार ०५:१६

कात्तिक ३, सुर्खेत | सिंजा बहुमुखी क्याम्पस जुम्ला एक दशकदेखि सङ्कटपूर्ण अवस्थाबाट सञ्चालन हुँदै आएको छ । त्रिभुवन विश्वविद्यालयबाट २०६७ फागुन २० गते सम्बन्धन प्राप्त गरेको क्याम्पसमा कुनै पनि सरोकारवालाको ध्यान नजाँदा यसको अपेक्षित प्रगति हुन सकेको छैन ।  

क्याम्पसमा २६ शिक्षकको दरबन्दी छ तर हाल तीनजना उप–प्रध्यापकले अध्यापन गराइरहेका छन् । स्नातक तहको व्यवस्थापन तथा शिक्षा सङ्काय सञ्चालनमा ल्याएको क्याम्पसमा एकातिर शिक्षक अभाव छ भने अर्कोतर्फ आर्थिक स्रोतको कुनै विकल्प छैन । क्याम्पसको आर्थिक, प्रशासनिक र व्यवस्थापकीय अवस्थामा सुधार नआउँदा यसको कुनै पनि उन्नति हुन नसकेको क्याम्पस प्रमुख तीर्थबहादुर नेपालले बताउनुभयो । 

“क्याम्पसको आर्थिक स्रोत भनेकै तीनै तहका सरकार, विद्यार्थी भर्ना र परीक्षा शुल्क हो”, उहाँले भन्नुभयो, “यद्यपि कुनै पनि सरकारबाट आर्थिक तथा प्राविधिक सहयोग हुन नसक्दा क्याम्पस विजोग अवस्थामा पुगेको छ ।” सञ्चालक समिति र समुदायको अनुरोधमा विद्यार्थीको भर्ना शुल्क रु पाँच हजार लिने गरिएको क्याम्पस प्रमुख नेपालको भनाइ थियो ।

आर्थिक स्रोत अभावका कारण आफू स्वयंले पनि प्रतिमहीना रु छ हजार मात्र तलब खानुपर्ने बाध्यता रहेको उहाँले गुनासो गर्नुभयो । उहाँका अनुसार आर्थिक स्रोतको नियमितता नहुँदासम्म क्याम्पसको शैक्षिक तथा संस्थागत विकास हुने अवस्था देखिँदैन ।

यता क्याम्पस सञ्चालक समितिका अध्यक्ष रणबहादुर रोकायाले सङ्घ र प्रदेश सरकारको सहयोग नहुँदा यहाँ अध्यापनरत शिक्षकको तलब व्यवस्थापन गर्न गाह्रो भएको राससलाई जानकारी दिनुभयो । 

यहाँको विकासका लागि सरकारी निकायबाट प्राप्त विभिन्न योजनाको कामबाट केही रकम बचाएर गाउँलेले क्याम्पसका शिक्षकलाई तलब खुवाउँदै आएको उहाँको भनाइ थियो । उहाँका अनुसार सिंजा बहुमुखी मध्यपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस भइसके पनि यहाँको आवश्यकताअनुसार जनशक्ति नभएकाले त्यसका लागि सम्बन्धित निकायमा पहल भइरहेको छ ।

सिंजा गाउँपालिकाले भने गत आव २०७५/०७६ मा रु २९ लाख ७५ हजार र चालू आवमा भौतिक पूर्वाधार विकासमा रु १२ लाख सहयोग गरेको छ । विकास निर्माणका योजनामा यहाँका नागरिकले काम गरेर शिक्षकलाई पाल्नुपर्ने समस्याले क्याम्पसको अवस्था सङ्कटपूर्ण बन्दै गएको क्याम्पस सञ्चालक समितिले जनाएको छ । हाल यो क्याम्पस समुदायमा पूर्ण निर्भर छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य