2026-09-19 05:01 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

जुम्लाका दुईवटा विद्यालयको खाता रोक्का

कात्तिक ८, सिंजा | चन्दननाथ नगरपालिका जुम्लाले दुईवटा विद्यालयको खाता रोक्का गरेको छ । 

विद्यालय व्यवस्थापन समिति गठनको लागि गरेको परिपत्रको अवज्ञा गरेको भन्दै नगरपालिकाले दुईवटा विद्यालयको खाता रोक्का गरेको हो । 

चन्दननाथ नमूना मावि र कर्णाली मावि अनामनगर जुम्लाको खाता नगर शिक्षा समितिका अध्यक्ष तथा प्रमुख कान्तिका सेजुवालको आदेशमा रोक्का गरिएको छ । गएको साउन महीनाको ३ गते नगरपालिकाले विद्यालय व्यवस्थापन समितिको अवधि सकिएको भन्दै नयाँसमिति गठन गर्न परिपत्र गरेको थियो ।

नगरपालिकाभित्र रहेका १९ वटा विद्यालयमध्ये चन्दननाथ र कर्णाली माविले समिति गठन गर्न अटेर गरेको भन्दै नगरपालिकाले विद्यालयको खाता रोक्का गरेको छ । नगरपालिकाले खाता रोक्का गरेका कारण चन्दननाथ माविका ३० जना शिक्षक र ४० जना ज्याला मजदूरले यस वर्षको दशैँ मनाउन पाएनन् । जिल्ला बाहिरका शिक्षकलाई रु ३० देखि ५० हजार विद्यालयको आन्तरिक खाताबाट दिएर दशैँ मनाउने वातावरण सिर्जना गरिएको चन्दननाथ नमूना मावि जुम्लाका प्रधानाध्यापक टङ्क महतले जानकारी दिनुभयो ।

शिक्षकमाथि नगरपालिकाले अमानवीय व्यवहार गरेको भन्दै उहाँले तिहारसम्म तलब निकासा नभए अदालत जाने उहाँको भनाइ छ । श्रम गरी जीवन जीउने शिक्षकलाई दशैँमा नगरपालिकाले हालत विजोग बनाएको महतले बताउनुभयो । विद्यालयमा कार्यरत शिक्षकले तलब भत्ता नपाउँदा यस वर्षको दशैँ ऋण गरी मनाएको उहाँको भनाइ छ । विद्यालय व्यवस्थापन समितिको विषयलाई जोडेर विद्यालयको खाता रोक्का गर्नु नगरपालिकाले गैरजिम्मेवार काम गरेको उहाँको आरोप छ ।

यसैगरी कर्णाली मावि अनामनगरमा कार्यरत १९ जना शिक्षकले तलब पाएका छैन भने विशेष कक्षाका ३४ र फिडर छात्रावासका २० जना छात्राका लागि चाहिने रकम नहुँदा उनीहरुलाई समस्या भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जीवन बुढ्थापाले बताउनुभयो । विद्यालय व्यवस्थापनको विषयलाई लिएर नगरपालिकाले दशैँमा शिक्षकलाई निरास र ऋण निकालेर मनाउने अवस्था सिर्जना गरेको उहाँको भनाइ छ ।

अध्यक्ष बुढ्थापाले शिक्षा ऐन २०२८ को नवौँ संशोधनको नियम १२ अनुसार गठित विव्यसको पदावधि तीन वर्ष रहने र नगर शिक्षा कार्यविधि २०७५ मा पनि सोही व्यवस्था भएकाले चन्दननाथ नमूना माविका अध्यक्ष र आफ्नो कार्यकाल नसकिएको जानकारी गराउनुभयो । २०७४ सालमा गठन भएको विव्यसको समयवधि अझै एक वर्ष बाँकी रहेको बुढ्थापाले बताउनुभयो तर नगर शिक्षा समितिले सिधै विव्यस भङ्ग गरी नयाँ गठन गर्न साउन ३ मा परिपत्र गरेको थियो ।

शिक्षा ऐनको व्यवस्था र परिपत्रबीच कुरा बाँझिदा विव्यस गठन गर्न नसकिएको उहाँको भनाइ छ । आफ्नो कार्यकाल अझै एक वर्ष बाँकी रहेकाले तत्काल नयाँ समिति गठन नहुने बुढ्थापाले बताउनुभयो । न्यायका लागि अदालतमा जाने भन्दै उहाँले स्थानीय सरकार आइसकेपछि अप्ठ्यारो बनाएको आरोप लगाउनुभयो । प्रमुख कान्तिका सेजुवालका अनुसार भदौ मसान्तसम्म सबै विद्यालयमा नयाँ विव्यस गठन गर्न पनि परिपत्र गरिएको भन्दै १९ विद्यालयमध्ये दुई विद्यालयले तीन पटकसम्म ताकेता गर्दा पनि विव्यस गठन नगरेको बताउनुभयो ।

नगर शिक्षा समितिको निर्णय कार्यान्वयन नभएको भन्दै उहाँले दुई वटा विद्यालयको खाता रोक्का गरिएको बताउनुभयो । नगरपालिका एक संवैधानिक अङ्ग हो ? उहाँले भन्नुभयो, नगर शिक्षा समितिको निर्णयलाई अवज्ञा गरेका कारण बाध्यात्मक अवस्थामा खाता रोक्का गरिएको जानकारी गराउनुभयो । कार्यपालिकाको निर्णयलाई कार्यान्वयन नगर्नु विद्यालयले अटेरी गरेको उहाँको भनाइ । अदालतको बाटो खुला रहेको भन्दै उहाँले अदालत जान पाउने अधिकार रहने बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई