२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

दिप्रुङमा ‘स्कुल नर्स कार्यक्रम’ सुरुवात

२०७६, २२ कार्तिक शुक्रबार १०:४०

चिसाङ शेर्पा | कार्तिक २२ खोटाङ | खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकामा ‘स्कुल नर्स कार्यक्रम’ सुरुवात भएको छ । गाउँपालिकाभित्रका सबै नागरिकलाई आधारभूत स्वास्थ्य सेवामा पहुंच पु¥र्याउन स्कुल नर्स कार्यक्रमको सुरुवात भएको हो । यो कार्यक्रम जिल्लामा पहिलो हो ।

स्थानीय स्वास्थ्य ऐन २०७५ निर्माण गरेर लागू गरिसकेको गाउँपालिकाले स्थानीय तहमा स्वास्थ्य सेवालाई गुणस्तरीय प्रभावकारी रुपमा जनस्तरसम्म पु¥र्याउने जिम्मेवारी अनुरुप प्राप्त श्रोत र साधनलाई परिचालन गर्नेगरी बिहीबार ओख्रेको महेन्द्रोदय माविबाट ‘स्कुल नर्स कार्यक्रम’ सुरुवात गरेका छन् । माविबाट सुरुवात गरिएको कार्यक्रमको गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले उद्घाटन गरेका हुन् । स्कुल नर्स कार्यक्रमलाई बिद्यालयले हप्तामा एक पिरियड छुट्याउनुपर्नेछ । स्वास्थ्यकर्मीले हप्ताको एक पिरियड अध्यापन गराउने स्वास्थ्य संयोजक मुस्ताक अहमद मन्सुरीले जानकारी दिए ।

स्कुल नर्स कार्यक्रममा हात धुनुको महत्व, झाडापखाला रोगवाट बच्ने उपायहरु, स्वास्सप्रस्वास रोगको घरेलु उपचार, टाइडफाइड रोगको लक्षण तथा बच्ने उपायहरु, सुत्केरी आमा तथा बच्चाको कसरी स्याहार तरिका, पोषण्को आवश्यकता तथा महत्व, गर्भावस्था भनेको के हो यसका लक्षण तथा चिन्हहरु, गर्भावस्थामा गर्नुपर्ने स्याहारहरु, महिनावरी चक्र तथा महिनावरी अवस्थामा गर्नुपर्ने सरसफाईको आवश्यकता, सुत्केरी अवस्थामा गर्नुपर्ने स्याहार तथा परिवारको भूमिका, नाभी मलम र मातृ सुरक्षा चक्कीको महत्व बारे अध्यापन गराईनेछ । 

यस्तै, नवजात शिशुको स्याहारमा आमा तथा परिवारका सदस्यहरुको भूमिका, सुनौलो हजार दिनको महत्व, गर्भावस्थामा देखिने खतराका लक्षणहरु, सुत्केरी अवस्थामा देखिने खतराका लक्षणहरु, प्राथमिक उपचारको महत्व, एडस तथा यौन सरुवा रोगको लक्षण तथा बच्ने उपायहरु, कुपोषणका कारणले मानव जिवनमा पर्ने नकरात्मक असरहरु सहित ४५ किसिमका स्वास्थ्य टिप्स सम्बन्धि अध्यापन गराईनेछ ।

स्थानीय तहमा स्वास्थ्य सेवालाई प्रभावकारी रुपमा जनस्तरमा पु¥र्याउने दायित्व स्थानीय सरकारको भएको हुँदा आफ्नो नीति तथा कार्यक्रममा नै स्कुल नर्स कार्यक्रम राखी गाउँपालिकाभित्रका माविमा स्वास्थ्य चेतनामूलक प्रशिक्षण प्रदान गर्न सुरु गरिएको गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताए । यस कार्यले गाउँपालिकाभित्रका सवै नागरिक स्वास्थ्य रहनको लागि के कस्ता कार्यहरु गर्नुपर्ने रहेछ भन्ने जानकारी प्राप्त हुने विश्वास लिएको अध्यक्ष राईले बताए । बाँकी स्कुलहरुमा आ,आफ्नो तवरले स्कुल नर्स कार्यक्रम सञ्चालन हुंदै जानेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा