२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

दिप्रुङमा ‘स्कुल नर्स कार्यक्रम’ सुरुवात

२२ कार्तिक २०७६, शुक्रबार १०:४०

चिसाङ शेर्पा | कार्तिक २२ खोटाङ | खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकामा ‘स्कुल नर्स कार्यक्रम’ सुरुवात भएको छ । गाउँपालिकाभित्रका सबै नागरिकलाई आधारभूत स्वास्थ्य सेवामा पहुंच पु¥र्याउन स्कुल नर्स कार्यक्रमको सुरुवात भएको हो । यो कार्यक्रम जिल्लामा पहिलो हो ।

स्थानीय स्वास्थ्य ऐन २०७५ निर्माण गरेर लागू गरिसकेको गाउँपालिकाले स्थानीय तहमा स्वास्थ्य सेवालाई गुणस्तरीय प्रभावकारी रुपमा जनस्तरसम्म पु¥र्याउने जिम्मेवारी अनुरुप प्राप्त श्रोत र साधनलाई परिचालन गर्नेगरी बिहीबार ओख्रेको महेन्द्रोदय माविबाट ‘स्कुल नर्स कार्यक्रम’ सुरुवात गरेका छन् । माविबाट सुरुवात गरिएको कार्यक्रमको गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले उद्घाटन गरेका हुन् । स्कुल नर्स कार्यक्रमलाई बिद्यालयले हप्तामा एक पिरियड छुट्याउनुपर्नेछ । स्वास्थ्यकर्मीले हप्ताको एक पिरियड अध्यापन गराउने स्वास्थ्य संयोजक मुस्ताक अहमद मन्सुरीले जानकारी दिए ।

स्कुल नर्स कार्यक्रममा हात धुनुको महत्व, झाडापखाला रोगवाट बच्ने उपायहरु, स्वास्सप्रस्वास रोगको घरेलु उपचार, टाइडफाइड रोगको लक्षण तथा बच्ने उपायहरु, सुत्केरी आमा तथा बच्चाको कसरी स्याहार तरिका, पोषण्को आवश्यकता तथा महत्व, गर्भावस्था भनेको के हो यसका लक्षण तथा चिन्हहरु, गर्भावस्थामा गर्नुपर्ने स्याहारहरु, महिनावरी चक्र तथा महिनावरी अवस्थामा गर्नुपर्ने सरसफाईको आवश्यकता, सुत्केरी अवस्थामा गर्नुपर्ने स्याहार तथा परिवारको भूमिका, नाभी मलम र मातृ सुरक्षा चक्कीको महत्व बारे अध्यापन गराईनेछ । 

यस्तै, नवजात शिशुको स्याहारमा आमा तथा परिवारका सदस्यहरुको भूमिका, सुनौलो हजार दिनको महत्व, गर्भावस्थामा देखिने खतराका लक्षणहरु, सुत्केरी अवस्थामा देखिने खतराका लक्षणहरु, प्राथमिक उपचारको महत्व, एडस तथा यौन सरुवा रोगको लक्षण तथा बच्ने उपायहरु, कुपोषणका कारणले मानव जिवनमा पर्ने नकरात्मक असरहरु सहित ४५ किसिमका स्वास्थ्य टिप्स सम्बन्धि अध्यापन गराईनेछ ।

स्थानीय तहमा स्वास्थ्य सेवालाई प्रभावकारी रुपमा जनस्तरमा पु¥र्याउने दायित्व स्थानीय सरकारको भएको हुँदा आफ्नो नीति तथा कार्यक्रममा नै स्कुल नर्स कार्यक्रम राखी गाउँपालिकाभित्रका माविमा स्वास्थ्य चेतनामूलक प्रशिक्षण प्रदान गर्न सुरु गरिएको गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताए । यस कार्यले गाउँपालिकाभित्रका सवै नागरिक स्वास्थ्य रहनको लागि के कस्ता कार्यहरु गर्नुपर्ने रहेछ भन्ने जानकारी प्राप्त हुने विश्वास लिएको अध्यक्ष राईले बताए । बाँकी स्कुलहरुमा आ,आफ्नो तवरले स्कुल नर्स कार्यक्रम सञ्चालन हुंदै जानेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य