२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाजुरा - BJR

दिवा खाजाले बाजुरामा विद्यार्थीको सङ्ख्यामा वृद्धि

२०७६, ४ पुष शुक्रबार ०५:५२

पुस ४, बाजुरा | बाजुराका विभिन्न सामुदायिक विद्यालयमा सञ्चालन भएको दिवा खाजा कार्यक्रमका कारण पछिल्लो समय विद्यार्थीको चाप बढ्दै गएको छ। पूर्वी उत्तरी भेगमा पर्ने बूढीनन्दा नगरपालिका–१० पाण्डुसैनमा रहेको कैलाश प्राथमिक विद्यालयमा केही वर्ष पहिले ५० देखि ७० विद्यार्थी रहेका थिए। विद्यालयले दिवा खाजा कार्यक्रम शुरु गरेपछि विद्यार्थीको सङ्ख्यामा दोब्बरले वृद्धि भएको हो। 

पहाडी तथा उच्च हिमाली भेगमा गरिब परिवारका बालबालिका र कक्षा छोड्ने दोहो¥याउने विद्यार्थीलाई लक्षित गरी दिइने दिवा खाजा कार्यक्रमका कारण तल्लो कक्षामा विद्यालय आउन छाड्ने समस्या केही हटेको कैलाश प्राथमिक विद्यालयका प्रधानाध्यापक गणेशबहादुर सिहंले बताए। उनले कक्षा १ देखि ५ सम्म सञ्चालन भएका १३४ आधारभूत विद्यालयका एक हजार ६१३ विद्यार्थी दिवा खाजा कार्यक्रममा सहभागी हुने गरेकोे बताए। “गरिब परिवारका बालबालिकाका लागि यो कार्यक्रम प्रभावकारी भएको छ”, उनल भने, “यसले बालबालिकालाई विद्यालयमा नियमित गराउने गरेको छ।”

विद्यालयमा दिवा खाजा सञ्चालन गरेपछि अभिभावकमा समेत बालबालिकालाई विद्यालय पठाउने उत्सुकता जागेको प्रधानाध्यापक सिंहको भनाइ छ। पौष्टिक तत्वसहितको खाजा खान पाएकोमा अभिभावकले खुशी व्यक्त गरेका छन्। घरका अभिभावक सबै खेतको काम गर्न जाने भएकाले विद्याललमै खाजा खुवाउने भएपछि ढुक्क हुने गरेको अभिभावक गोकर्ण देवकोटाले बताए।

प्राथमिक तहको विद्यालयमा हरेक वर्ष २०० भन्दा बढी विद्यार्थी भर्ना हुने गरेको विद्यालयले जनाएको छ। उच्च लेकाली भेगमा रहेको हिमाली गाउँपालिकाको हिमालभक्ति प्राथमिक विद्यालयमा ३२ बालबालिका दिवा खाजाले नियमित विद्यालयमा आउने गरेको विद्यालय व्यवस्थापन समितिका सदस्य प्रेम लामाले बताए। सामुदायिक विद्यालयका विद्यार्थीका लागि दिवा खाजा कार्यक्रम सञ्चालन कार्य्विधि विसं २०७३ मा स्थानीयस्तरमा उपलब्ध हुने खाद्य पदार्थबाट सम्बन्धित विद्यालयका खाजा व्यवस्थापन समितिले विद्यार्थीलाई खाजा उपलब्ध गराउँदै आएको शिक्षा विकास तथा समन्वय एकाइ बाजुराका निमित्त समन्वय एकाइ प्रमुख रमेश जनालले बताए।

केही वर्ष पहिले दिवा खाजाको रुपमा सर्वोत्तम पीठोे खुवाउने गरेको र हाल विश्व खाद्य सङ्गठनको सहयोगमा भात दाल खुवाउने गरेको निमित्त प्रमुख जनालले बताए। यहाँका नौ स्थानीय तहमध्ये सात स्थानीय तहका विभिन्न प्राथमिक विद्यालयमा दिवा खाजा कार्यक्रम सञ्चालन भइरहेको छ।  सबै प्राथमिक विद्यालयमा दिवा खाजा सञ्चालन गरिएको खाद्यका लागि पौष्टिक आहार बाजुराका एकाइ प्रमुख विनोद ठाकुरले बताए। दिवा खाजाबाट एक हजार ६१३ बालबालिका लाभान्वित भएको उनले बताए। दिवा खाजा लागू भएका विद्यालयमा एकीकृत विकास समाज नेपाल (आइडीएस) ले सरसफाइ कार्यक्रम सञ्चालन गरेको छ। 

सो कार्यक्रमअन्तर्गत विद्यालयमा सरसफाइ, चर्पी भवन निर्माण तथा मर्मतसम्भार गर्दै आएको कार्यक्रमका जिल्ला संयोजक प्रेम खनालले बताए। उनले विद्यार्थीलाई हात धुने, साबुन प्रयोगलगायत सरसफाइ सम्बन्धी जनचेतना जगाउने गरेको बताए। उक्त कार्यक्रम बूढीगङ्गा नगरपालिकाबाहेक त्रिवेणी र बूढीनन्दा नगरपालिका, हिमाली, स्वामीकार्तिक, जगन्नाथ, खप्तडछेडेदह र गौमुल गाउँपालिकाका  प्राथमिक विद्यालयमा दिवा खाजा सञ्चालन हुँदै आएको छ। रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने