२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

शिक्षा

कपुरकोटमा शिक्षकहरुलाई शैक्षिक सूचना व्यवस्थापन प्रणालि सम्बन्धी तालिम

२६ पुष २०७६, शनिबार ०३:५१

पुष २६, सल्यान | सल्यानको कपुरकोटमा विद्यालयका सम्पूर्ण तथ्यांकहरु आई ई एम आई एस प्रणालि मार्फत अपलोड, अपडेट तथा प्रकाशन गरिने भएको छ । जसका लागि कपुरकोट गाउँपालिकाले सम्पूर्ण सामुदायीक तथा निजी विद्यालयलाई तालिमको आयोजना गरेको छ ।

शैक्षिक सूचना व्यवस्थापन प्रणालि अन्तर्गत विद्यालयका हरेक तथ्यांकहरुलाई प्रविधिको प्रयोग मार्फत अद्यावधिक गर्न तथा अक्षरांकन पद्धतिमा नतिजा प्रकाशन सम्बन्धी तालिम शिक्षकहरुका लागि आयोजना गरिएको हो । शैक्षिक सूचना प्रणालिका प्रशिक्षक दामोदर शर्माले शिक्षकहरुलाई तालिम प्रदान गरिरहेका छन् ।


दुई दिने तालिमको कालिका मावि कपुरकोटमा गाउँपालिका राष्ट्रिय महासंक कर्णालीका अध्यक्ष भिम बहादुर सेनले शुक्रबार उद्घाटन गरे । कपुरकोट गाउँपालिकाका अध्यक्ष समेत रहेका सेनले शिक्षामा प्रविधिको प्रयोग अर्थपूर्ण रुपमा रहेको बताए । तर प्रविधिले अवसर र चुनौती दुवै ल्याएको बताउदै प्रविधिको सहि प्रयोग गर्नुपर्नेमा जोड दिए ।

शिक्षकले तालिममा सिकेका ज्ञान सीप प्रविधि र तरिकालाई सफलतापूर्वक विद्यार्थीको सिकाइमा हस्तान्तरण गर्नुपर्ने बताउदै उनले कुनै पनि तालिमको आवश्यकता परेमा गाउँपालिका समक्ष माग गर्न आग्रह गरे ।


कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिरालाल भण्डारीले विकसित भएका नयाँ नयाँ प्रणाली तथा सूचना र सञ्चार प्रविधिका उपकरणहरू शिक्षण सामग्रीका रूपमा परम्परागत सामग्रीभन्दा बढी सान्दर्भिक, उपयुक्त, दक्ष र प्रभावकारी रूपमा प्रयोग गर्न सकिने धारणा राखे ।  शिक्षा शाखा प्रमुख कृष्ण भण्डारीले प्रविधिले सिकाइमा आनन्द दिने र बढी सिक्न सहयोग गर्ने भएकाले यसको प्रयोग अपरिहार्य रहेको धारणा राखे । कार्यक्रमको सहजिकरण शिक्षक उमेश सुवेदीले गरेका थिए । तालिममा २० जना भन्दा बढि कम्प्युटर सम्बन्धी ज्ञान भएका शिक्षकहरु सहभागी छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य