फागुन २५, बझाङ | बझाङको बित्थडचिर गाउँपालिकाको सुनकुडा माध्यमिक विद्यालयमा व्यवस्थापन समितिको अध्यक्ष चयनमा चरम राजनीतिकरण गरिएको छ | विना कुनै प्रकृया निवर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

फागुन २५, बझाङ | बझाङको बित्थडचिर गाउँपालिकाको सुनकुडा माध्यमिक विद्यालयमा व्यवस्थापन समितिको अध्यक्ष चयनमा चरम राजनीतिकरण गरिएको छ | विना कुनै प्रकृया निवर"/>

२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा नक्कली माइन्युट खडा गरि राति २ बजे घोषणा

२०७६, २५ फाल्गुन आईतवार ०९:०५


फागुन २५, बझाङ | बझाङको बित्थडचिर गाउँपालिकाको सुनकुडा माध्यमिक विद्यालयमा व्यवस्थापन समितिको अध्यक्ष चयनमा चरम राजनीतिकरण गरिएको छ | विना कुनै प्रकृया निवर्तमान अध्यक्ष रमेश अधिकारीलाई नै राती २ बजे पुनःअध्यक्ष घोषणा गरिएको हो |

विद्यालय व्यवस्थापन समितिको अध्यक्ष चयनका लागि फागुन २१ गतेको भेलामा ५४ जना उम्मेदवारले उम्मेद्वारी दर्ता गरेपछि सहमतिका लागि स्थगित गरिएको अभिभावकको भनाई छ | दिनभरी सहमति हुन नसक्दा राती १ बजेसम्म स्थानीयहरु स्कुल चौरमा सहमतिका लागि बसेका थिए | तर नसहमति भयो नत प्रकृया नै शुरु भयो ।

अभिभावकहरुले बताए अनुसार सबै अभिभावकहरु राती १ः३० बजे आ-आफ्नो घर फर्केका हुन् | तर अभिभावक फर्केपछि नेकपाका स्थानीय नेताहरुले राती करिब २ बजे नै नक्कली माइन्यूट खडा गरी अध्यक्ष घोषणा गरेका थिए |

भेलाको उपस्थितिलाई नक्कली माइन्युटमा प्रयोग

प्रारम्भिक भेलाका लागि हस्ताक्षर गरेको उपस्थितिलाई अन्तिम माइन्यूटको रुपमा प्रयोग गरी व्यवस्थापन समितिको अध्यक्ष चयन गरेका छन | उनीहरुले सुनकुडा माध्यमिक विद्यालयका प्रधानाध्यापक धन बहादुर विष्टलाई प्रभावमा पारेर राती २ बजे माइन्यूट गरेको स्थानीयको आरोप छ |

कुनै पनि प्रकृया विधिवत रुपमा अगाडि नबढाएर एकलौटी रुपमा गैरकानुनी घोषणा गरेको भन्दै अभिभावकहरु आन्दोलित भएका भएका छन् | यस सन्दर्भमा प्रधानाध्यापकसँग सम्पर्क गर्दा सम्पर्क हुन सकेन । आ- आफ्ना मान्छेको नक्कली हस्ताक्षर गरी प्रयोग गरेको जनाइएको छ |

एक जना अभिभावकले भने, हामी समान्य रुपमा उपस्थितिको लागि हस्ताक्षर गरेका हौ तर उनीहरुले त्यसको गलत प्रयोग गरे । यसमा हाम्रो सहमति छैन |

५४ जनाको उम्मेद्वारी, एकल घोषणा

विद्यालय व्यवस्थापन समितिको निर्वाचनका लागि प्रारम्भिक चरणमा ५४ जनाले उम्मेद्वारी दर्ता गराएको स्थानीयहरुले जनाएका छन् | उम्मेद्वारी दर्तापछि सहमतिको कुनै पहल भएन । नत मतदान प्रकृयाा अगाडि बढ्यो । तर राती एकाएक रमेश अधिकारीलाई अध्यक्ष घोषणा गरिएको कुरा सुन्दा आफू चकित भएको एक अभिभावकले बताए|

उनले भने, 'यसरी कुनै उम्मेदवारसँग सहमति नभई एकलौटी रुपमा भएको घोषणा गरिएको छ । यसको विरुद्धमा कानुनी उपचार खोज्ने छौं'

जनप्रतिनिधिहरुको असहमति

वित्थडचिर गाउपालिकाको वडा नम्बर ९ मा पर्ने यस विद्यालयमा वडाध्यक्ष पदेन सदस्य छन् तर वडाध्यक्ष कलक विष्टको अनुपस्थितिमा जबरजस्ती घोषणा गरेको छ | यसैगरी वडा नम्बर ७ र ८ का वडाध्यक्षहरुको पनि सहिमति नरहेको उनीहरुले जनाएका छन् |

एक स्राेत अनुसार गाउपालिका अध्यक्ष प्रेम बहादुर बोहरा पनि गैर कानुनी रुपमा घोषणा गरिएको प्रकृयाप्रति असन्तुष्ट रहेको जनाइएको हो | अध्यक्ष बोहरा सहमतिका लागि पहल गरिरहेका बेलामा एकाएक घोषणा भएपछि उनी असन्तुष्ट भएको जनाइएको छ |

भ्रष्टाचार ढाकछोपमा पुरानै अध्यक्ष

सुनकुडा माविमा भएको भ्रष्टाचारलाई ढाकछोप गर्न पुरानै अध्यक्ष दोहराएको स्थानीयले बताएका छन् । गएको वर्ष खाजा तथा खाना खर्च लगभग ६ लाख अनियमितता भएको जनाइएको छ | साथै विद्यालयको पर्खाल निर्माण ७ लाख र भवन निर्माण तथा प्रशासनिक खर्चमा अनियमितता भएको विभिन्न संचार माध्यमहरुले समाचार समेत प्रकाशन गरेका थिए |

केही आयोजना सम्पन्न हुन बाँकी भएकाले उक्त रकम खर्च गर्न पुनः अधिकारीलाई जबरजस्ती अध्यक्ष चयन गरिएको अभिभावकहरुले दाबी गरेका छन् | 

उत्कृष्ट विद्यालयको दयनीय अवस्था

सुनकुडा मावि सुदूरपश्चिममा उत्कृष्ट दश विद्यालयमा पर्दै आएको थियो । हिमाल साप्ताहिकले गरेको सर्वेक्षण अनुसार ५ वर्ष पहिले उत्कृष्ट विद्यालय रहेको जनाएको थियो ।

पछिल्लो ५ वर्षमा विद्यालयमा भएको राजनीति हस्तक्षेप तथा अनियमितता रुपमा भएको शिक्षक नियुक्तिले शिक्षाको स्तर खस्केको पछिल्लो परिणामले जनाएको छ । बझाङ जिल्लाकै उत्कृष्ट स्कुल अहिले कमजोर रिजल्ट ल्याउने विद्यालयमा परिणत भएको छ । 

जसले अहिले स्थानीय अभिभावकहरु आफ्ना छोराछारीलाई भर्नाको लागि बैकल्पिक विद्यालय छानौट गरिहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने