१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

शिक्षा

एम्बुलेन्स चालक असुरक्षित भएको भन्दै स्वास्थ्य सुरक्षाको माग

२ असार २०७७, मंगलवार ०४:२३

असार २, लहान। दैनिकजसो कोरोना सङ्क्रमितको सम्पर्कमा आउने सिरहाका एम्बुलेन्स चालकले असुरक्षित भएको भन्दै स्वास्थ्य सुरक्षाको माग गरेका छन् । कोरोना भाइरस सङ्क्रमितको ओसारपसार गर्ने एम्बुलेसन्सका चालकले आफूहरुको ज्यान जोखिममा परेको भन्दै स्वास्थ्य सुरक्षाका लागि सरोकारवालालाई गुहारेका हुन् ।

 एम्बुलेन्स चालकहरुको संस्था सगरमाथा एम्बुलेन्स चालक एशोसिएशन सिरहाले स्थानीय प्रशासनलाई ज्ञापनपत्र बुझाउँदै आफ्नो घरपरिवार छाडेर दिनरात कोरोना सङ्क्रमितसँगै अन्य बिरामीको ओसारपसार गर्दै आएका एम्बुलेन्स चालकहरु स्वास्थ्य सुरक्षा सामग्रीको अभाव, बास बस्ने उचित व्यवस्था नभएको र स्वच्छ तथा स्वस्थ्य खानाको समस्याका कारण त्रासमा रहेको ध्यानाकर्षण गराएको छ ।

 “हामी दैनिकजसो सङ्क्रमितको सम्पर्कमा हुन्छौँ”, एम्बुलेन्स चालक सङ्घ सिरहाका सचिव दिलीपकुमार दासले भन्नुभयो, “तर हामीले न त पिपिइ सेट पाएका छौँ, न त राम्रो बस्ने र स्वच्छ तथा स्वादिष्ट खाना नै पाइरहेका छौँ, त्रासैत्रासको बीचमा हामी आफ्नो जिम्मेवारी निर्वाह गरिरहेका छौँ ।” 

दासका अनुसार एम्बुलेन्स चालकले दिनरात बिरामीको सेवाका कारण सुत्ने र बस्ने  ठाउँ निश्चित नहुँदा कहिलेकाहीँ एम्बुलेन्समै र कहिले रुखमुनि सुतेर समय बिताइरहेका छन् ।

पटक–पटक आफूहरुले भोग्दै आएको समस्याबारे सम्बन्धित निकायलाई जानकारी गराउँदै आए पनि अझै सम्बोधन हुन नसकेकाले इलाका प्रशासन कार्यालय लहानमा ज्ञापनपत्र बुझाएको सचिव दासले बताउनुभयो । स्वास्थ्यकर्मीसँगै आफूहरु पनि कोरोना भाइरसविरुद्धको अग्रमोर्चामा रहेर काम गर्दै आए पनि त्यसअनुसार स्वास्थ्य सुरक्षाको अनुभूति गर्न नसकेकाले सरोकारवाला निकायलाई गुहारेको उहाँको भनाइ छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल