३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

राजाको दरबार पुग्ने पदमार्ग निर्माण

२३ असार २०७७, मंगलवार ०६:४०

असार २३, बलेवा। बागलुङको ऐतिहासिक पर्यटकीय क्षेत्र कौडेको धुरी पुग्ने पदमार्ग निर्माण भएको छ ।  जिल्लाको बरेङ गाउँपालिका–२ सिग्दीदेखि राजाको दरबारसम्मको पदमार्ग चालु आर्थिक वर्षमा निर्माण भएको हो ।

 गाउँपालिकाले चालु आवमा पर्यटकीय गाउँ सिग्दीदेखि कौडे राजाको दरबारसम्म पदमार्ग निर्माण गरेको हो । सामुदायिक घरबास रहेको सिग्दीदेखि कौडेको धुरी पुग्ने पदमार्ग निर्माण कार्यक्रमअन्र्तगत चालु आवमा झण्डै डेढ किलोमिटर पदमार्ग निर्माण गरिएको स्थानीयवासी हीराबहादुर पुनले जानकारी दिनुभयो ।

गण्डकी प्रदेश सरकार, गाउँपालिका र डिभिजन वन कार्यालयको संयुक्त योजनाअन्तगैत गाउँपालिकाकै सबैभन्दा लामो पदमार्ग निर्माण भएको हो । चालु आवमा गण्डकी सरकारको रु १० लाख तथा गाउँपालिका र वन कार्यालय बागलुङको रु पाँचपाँच  लाख गरी २० लाखको लागतमा पदमार्ग निर्माण भएको पुनले बताउनभयो । स्थानीयवासी युवा परिचालन गरेर उपभोक्ता समितिमार्फत पदमार्ग निर्माण गरिएको थियो ।

बरेङ, गुल्मीको कालीगण्डकी र चन्द्रकोट गाउँपालिकाको सङ्गमस्थलमा रहेको दुई हजार ६ सय मिटर अग्लो कौडेको धुरी जान यो पदमार्गले सहज हुने गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माले बताउनुभयो । सिग्दी सामुदायिक घरबासमा आउने पर्यटकलाई कौडेको धुरी र राजाको दरबारजस्ता मनोरम प्राकृतिक पर्यटकीय क्षेत्रमा पु¥याउने योजना गाउँपालिकाले बनाएको छ ।

ऐतिहासिक कौडेको धुरी, राजाको दरबार क्षेत्रमा पालिकाले आवश्यक पूर्वाधार व्यवस्थित बनाउन बरेङ विस्तृत परियोजना प्रस्ताव तयार गरेर संरचना निर्माणका काम थालेको छ । नेपालको बाइसे–चौबीसे राज्यका पालामा कौडेको धुरीमा भुरे राजाको दरबारका भग्नावशेष र  पुरातात्विक शिलालेख अझै देख्न सकिन्छ । कौडेको धुरीबाट नेपालका झण्डै २० जिल्लाका भञ्ज्याङ र खोँचको पनि अवलोकन गर्न सकिन्छ ।

ऐतिहासिक पुरातात्विक महत्वले भरिपूर्ण कौडेको धुरीमा विभिन्न प्रजातिका जडिबुटी पनि पाइन्छ । दुर्लभ जडिबुटीको चोरीनिकासी रोक्न र संरक्षण गर्न सिग्दी सामुदायिक घरबासले विशेष पहल गर्दै आएको छ । सिग्दी सामुदायिक घरबासदेखि कौडेराजाको दरबार पदमार्ग पुग्न अझै एक किमी पदमार्ग निर्माण गर्न बाँकी रहेको होमस्टेका एक सदस्यले बताए । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली