२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

राजाको दरबार पुग्ने पदमार्ग निर्माण

२०७७, २३ असार मंगलवार ०६:४०

असार २३, बलेवा। बागलुङको ऐतिहासिक पर्यटकीय क्षेत्र कौडेको धुरी पुग्ने पदमार्ग निर्माण भएको छ ।  जिल्लाको बरेङ गाउँपालिका–२ सिग्दीदेखि राजाको दरबारसम्मको पदमार्ग चालु आर्थिक वर्षमा निर्माण भएको हो ।

 गाउँपालिकाले चालु आवमा पर्यटकीय गाउँ सिग्दीदेखि कौडे राजाको दरबारसम्म पदमार्ग निर्माण गरेको हो । सामुदायिक घरबास रहेको सिग्दीदेखि कौडेको धुरी पुग्ने पदमार्ग निर्माण कार्यक्रमअन्र्तगत चालु आवमा झण्डै डेढ किलोमिटर पदमार्ग निर्माण गरिएको स्थानीयवासी हीराबहादुर पुनले जानकारी दिनुभयो ।

गण्डकी प्रदेश सरकार, गाउँपालिका र डिभिजन वन कार्यालयको संयुक्त योजनाअन्तगैत गाउँपालिकाकै सबैभन्दा लामो पदमार्ग निर्माण भएको हो । चालु आवमा गण्डकी सरकारको रु १० लाख तथा गाउँपालिका र वन कार्यालय बागलुङको रु पाँचपाँच  लाख गरी २० लाखको लागतमा पदमार्ग निर्माण भएको पुनले बताउनभयो । स्थानीयवासी युवा परिचालन गरेर उपभोक्ता समितिमार्फत पदमार्ग निर्माण गरिएको थियो ।

बरेङ, गुल्मीको कालीगण्डकी र चन्द्रकोट गाउँपालिकाको सङ्गमस्थलमा रहेको दुई हजार ६ सय मिटर अग्लो कौडेको धुरी जान यो पदमार्गले सहज हुने गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माले बताउनुभयो । सिग्दी सामुदायिक घरबासमा आउने पर्यटकलाई कौडेको धुरी र राजाको दरबारजस्ता मनोरम प्राकृतिक पर्यटकीय क्षेत्रमा पु¥याउने योजना गाउँपालिकाले बनाएको छ ।

ऐतिहासिक कौडेको धुरी, राजाको दरबार क्षेत्रमा पालिकाले आवश्यक पूर्वाधार व्यवस्थित बनाउन बरेङ विस्तृत परियोजना प्रस्ताव तयार गरेर संरचना निर्माणका काम थालेको छ । नेपालको बाइसे–चौबीसे राज्यका पालामा कौडेको धुरीमा भुरे राजाको दरबारका भग्नावशेष र  पुरातात्विक शिलालेख अझै देख्न सकिन्छ । कौडेको धुरीबाट नेपालका झण्डै २० जिल्लाका भञ्ज्याङ र खोँचको पनि अवलोकन गर्न सकिन्छ ।

ऐतिहासिक पुरातात्विक महत्वले भरिपूर्ण कौडेको धुरीमा विभिन्न प्रजातिका जडिबुटी पनि पाइन्छ । दुर्लभ जडिबुटीको चोरीनिकासी रोक्न र संरक्षण गर्न सिग्दी सामुदायिक घरबासले विशेष पहल गर्दै आएको छ । सिग्दी सामुदायिक घरबासदेखि कौडेराजाको दरबार पदमार्ग पुग्न अझै एक किमी पदमार्ग निर्माण गर्न बाँकी रहेको होमस्टेका एक सदस्यले बताए । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते