३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

नेतृत्व नहुँदा योजना तर्जुमा र नीति निर्माणमा समस्या

२ श्रावण २०७७, शुक्रबार ०४:०२

साउन २, पोखरा। पोखरा विश्वविद्यालयको २४ औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमका वक्ताले विश्वविद्यालय नेतृत्वविहीन बन्दा योजना तर्जुमाका साथै नीति निर्माणमा समस्या भइरहेकोमा जोड दिएका छन् ।

विगत १० महिनायता विश्वविद्यालयको उपकुलपति नियुक्ति नहुँदा नीति निर्माणका साथै हजारौँ विद्यार्थीको भविष्य अन्योलमा परेको छ । उपकुलपति बिना विश्वविद्यालयको कार्यकारी परिषद्, प्राज्ञिक परिषद्, परीक्षा समिति सबै भूमिकाविहीन बनेको छ । उपकुलपतिमार्फत नै नियुक्ति सिफारिस हुने रजिष्ट्रार, स्वास्थ्य विज्ञान तथा प्रविधि र मानविकी तथा सामाजिक शास्त्र सङ्कायका डीनको पदसमेत रिक्त छ ।

व्यवस्थापन सङ्कायका डीन प्रा हरिबहादुर खड्काले पूर्णकालीन पदाधिकारी नहुँदा विश्वविद्यालयको महत्वपूर्ण कार्यकारी र प्राज्ञिक परिषद् बस्न नसकेको बताउनुभयो । यसले विश्वविद्यालयको योजना तर्जुमा र नीति निर्माणमा समस्या उत्पन्न भएको उहाँले बताउनुभयो । योजना तथा कार्यक्रम महाशाखा प्रमुख सह प्रा डा ज्ञानेश्वर शर्माले २१ औँ शताब्दीको विश्वविद्यालय परिकल्पना गरेको अवस्थामा विश्वविद्यालय नेतृत्वविहीन हुँदा सबैलाई पीडा भएको उल्लेख गर्नुभयो ।

पोखरा विश्वविद्यालय प्राध्यापक सङ्घका सभापति हेमराज पाण्डेले समयसापेक्ष नीतिगत निर्णय गरी विश्वविद्यालयको शैक्षिक एवं पूर्वाधार विकास कार्यक्रमलाई समय अनुकूल बनाउन र विश्वविद्यालयको भविष्यलाई जोगाउन विश्वविद्यालयको नेतृत्व नियुक्ति गर्नुपर्ने बताउनुभयो । सहप्रशासक यादव थापाले पोखरा विश्वविद्यालय धेरै दुःखले आजको अवस्थासम्म आएको बताउँदै यसको उज्ज्वल भविश्यको लागि सबैले सकारात्मक भएर सोच्नुपर्नेमा जोड दिनुभयो । 

पोखरा विश्वविद्यालय कर्मचारी सङ्घका अध्यक्ष शिवराज पण्डित, पोखरा विश्वविद्यालय केन्द्रीय क्याम्पसका पूर्वस्ववियु सभापति सुनिल क्षेत्रीलगायतले नेतृत्व अभावका कारण विद्यार्थीको मात्रै नभई सम्पूर्ण शिक्षक तथा कर्मचारीको भविष्यसमेत अन्धकार भएकोमा जोड दिनुभयो । विश्वविद्यालयका सूचना अधिकारी लोकप्रसाद ढकालका अनुसार प्रत्येक वर्षको साउन १ गतेलाई पोखरा विश्वविद्यालयको स्थापना दिवसका रुपमा मनाउँदै आइएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड