२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्वतको कारागार भत्केपछि कैदी महिलालाई अन्य जिल्ला सारियो

२०७७, ७ श्रावण बुधबार ०४:४५

लक्ष्मीप्रसाद सापकोटा । साउन ७, पर्वत । विगत तीन दिनदेखिको अविरल वर्षाका कारण पर्वत जिल्ला कारागारको भवन र पर्खाल भत्किएको छ । वर्षाका कारण कारागारको महिला बन्दीगृहतर्फको मुख्य पर्खाल र भवनको केही भाग भत्किएको हो । गएराति पर्खाल भत्किएको कारागारले जनाएको छ ।

पर्खाल भत्किएपछि महिला बन्दीगृहमा रहेका बन्दी महिलालाई छिमेकी जिल्ला बागलुङ र म्याग्दी सारिएको छ । महिला बन्दीगृहमा सात बन्दी रहेका थिए । उनीहरुमध्ये पाँच जनालाई बागलुङ र दुई जनालाई म्याग्दी जिल्ला कारागारमा स्थानान्तरण गरिएको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार जीर्ण बनेको पर्खाल ठूलो वर्षाका कारण भत्किएको हो । कारागारका अन्य पर्खाल पनि जीर्ण छन् ।

एउटै जिल्लामा सबै जना नअटेका कारण दुई जिल्लामा बाँडेर स्थानान्तरण गरिएको प्रजिअ रेग्मीले जानकारी दिनुभयो । कारागारमा महिला बन्दीगृह बनाउन शुरु गरिए पनि बजेट अभावमा एक दशकदेखि अलपत्र बनेको छ । अलपत्र भएको बन्दै गरेको महिला बन्दीगृहको पर्खाल पनि भत्कने अवस्थामा पुगेको छ । यसअघि पनि पर्वत जिल्ला कारागार पटक–पटक भासिने समस्या थियो । पन्ध्र जनाको क्षमता रहेको कारागारमा अहिले ८० भन्दा बढी कैदीबन्दी छन् । पुरुषतर्फको बन्दीगृहमा भने कुनै समस्या नरहेको प्रजिअ रेग्मीले बताउनुभयो ।

यस्तै जिल्ला कृषि ज्ञान केन्द्र पर्वतको भवन पनि भत्किएको छ । निरन्तरको वर्षाका कारण जमिन भासिँदा कर्मचारीको आवास रहेको एकतले भवन भत्किएको वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार केही दिनअघि भासिएको थियो । त्यसपछि त्यहाँ कर्मचारी बस्न छाडेका थिए । गएरातिको पानीले भवन नै भत्किएको उहाँले बताउनुभयो । 

राममन्दिरका संरचना बग्यो, साधुसन्त विस्थापित

कालीगण्डकी नदीमा आएको भीषण बाढीले कालीगण्डकी र रघुगङ्गा नदीको दोभानमा रहेको प्रसिद्ध राममन्दिरमा क्षति पुर्याएको छ । पर्वतको  जलजला गाउँपालिका–२ मा रहेको धार्मिकस्थल राम मन्दिरको धर्मशालासहितका संरचना बाढीले कटान गरेर बगाएको छ ।

बाढीले कटान गरेर मन्दिरको गौशाला, धर्मशाला र १०० ग्राम तौल भएको शालिग्राम शिलाको स्तम्भ बगाएको वडाध्यक्ष गोविन्द केसीले जानकारी दिनुभयो । अहिले पनि  कटान निरन्तर छ । मन्दिर, पुजारी निवास र गलेश्वरबाट राममन्दिर जोड्ने झोलुङ्गे पुल जोखिममा परेको छ । राष्ट्रिय परोपकार महासङ्घद्वारा संरक्षित राम मन्दिर क्षेत्रमा करोडौँ सहयोग जुटाएर निर्माण गरिएका भौतिक संरचना बाढीले क्षति पुर्याएको उहाँले बताउनुभयो ।

गौशाला र धर्मशाला भत्किएपछि साधुसन्तलाई म्याग्दीतर्फ रहेको गलेश्वर आश्रममा लगिएको छ । राममन्दिरमा नियमितरूपमा आठ साधुसन्त बस्दै आएका थिए भने आगन्तुकका रूपमा मुक्तिनाथ आवतजावत गर्ने साधुसन्त पनि बसोबास गर्दै आएका छन् । साधुसन्त र गाईलाई गलेश्वर आश्रममा सारिएको जलजला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले बताउनुभयो । उहाँले भन्नुभयो, “तत्कालका लागि गलेश्वर आश्रममा राखिएको छ, पालिकाको तर्फबाट केही राहत पनि दिने गरेका छाँै ।”

बाढी र कटानले क्षतिग्रस्त मन्दिर क्षेत्रको गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण) सहितको टोलीले मङ्गलबार अवलोकन गरेको थियो । अध्यक्ष मल्लले पालिकाको तर्फबाट साधुसन्तलाई राहतसमेत दिनुभयो । उहाँले नदीको बहाव घटेपछि संरक्षणका काम गरिने आश्वासन दिनुभयो । मन्दिर क्षेत्रलाई संरक्षण गर्नका लागि दीर्घकालीन गुरुयोजना बनाएर अघि जाने उहाँले बताउनुभयो । “सङ्घीय र प्रदेश सरकारसँग पनि सहयोग जुटाएर संरक्षण गर्ने योजना बनाएका छौँ”, उहाँले भन्नुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते