२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

मातृभाषालाई जीवन्त राख्न पाठशाला सञ्चालन

२०७७, २३ श्रावण शुक्रबार ०५:१६

सानेबहादुर नेपाली । साउन २३, तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिकाले मातृभाषालाई जीवन्त राख्न संरक्षण शुरु गरेकोे छ । मातृभाषा बोल्न नजान्ने नयाँ युवापुस्तका लागि मातृभाषा पाठशाला सञ्चालन गर्न लागेको हो । भाषा संरक्षण एवं संवद्र्धन गर्ने उद्देश्यले मातृभाषा पाठशाला सञ्चालन गर्न लागिएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिनुभयो ।

 मातृ भाषा बोल्न नजान्न्नेलाई लक्षित गरी गाउँपालिकाले पहिलोपटक पाठशाला सञ्चालन गर्न लागेको हो । यसका लागि गाउँपालिकाले रु तीन लाख बजेट विनियोजन गरिसकेको छ । उहाँले भन्नुभयो, “लोप हुँदै जान थालेको आदिवासी जनजातिका भाषा संरक्षणमा थप सहयोग पुग्ने विश्वास गरिएको छ ।”

पाठशालामा भाषा सिक्न इच्छुक हुने अन्य गैरजातिलाई पनि समावेश गर्न सकिने गरी व्यवस्था मिलाइको छ । विशेषगरी गुरुङ, मगर तथा नेवार समुदायको बाहुल्यता रहेको बन्दीपुरमा आदिवासी जनजातिको भाषा संरक्षणमा सहयोग पुर्याउने उद्देश्य रहेको  गाउँपालिकाले जनाएको छ ।

जनजातिको बाक्लो बस्ती रहेको यस गाउँपालिकामा आफ्नो मातृभाषा बोल्न नजान्ने हुँदा भाषा मर्दै गएकाले त्यसको संरक्षण गर्न मातृभाषा कार्यक्रमलाई प्राथामिकतामा राखेर सञ्चालन गर्न लागेको हो । बन्दीपुरमा गुरुङ, मगर, नेवारलगायतका विभिन्न जनजातिको बाहुल्यता रहेको छ । उहाँले भन्नुभयो, “यहाँका पुराना पिँढीले आ–आफ्नो भाषा बोल्ने गरे पनि नयाँपुस्ताले पश्चिमेली संस्कृतिको सिको गर्दै जाँदा भाषा लोप हुने देखिएकाले संरक्षण गर्न खोजिएको हो ।” 

नयाँ युवापिँढीलाई आफ्नो संस्कार र संस्कृतिका बारेमा ज्ञान दिने उद्देश्यले मातृभाषा पाठशाला कार्यक्रम सञ्चालनमा ल्याउन खोजिएको हो । उहाँले भन्नुभयो, “कोभिड–१९ को अवस्थालाई मध्यनजर गर्दै सहज स्थिति बनेपछि सञ्चालन गरिने छ ।” मातृभाषा पाठशाला शुरु गर्ने तयारी गरिरहे पनि देशमा भएको विषम परिस्थितिका कारण तत्कालै सञ्चालनमा ल्याउन नसकिएको हो । आफ्नो भाषाप्रतिको मोह बढाउन र संस्कृतिको जगेर्ना गर्न गाउँपालिकाले नयाँ उपाय अवलम्बन गरेको गाउँपालिका कार्यालयले जनाएको छ ।

 लोप हुन लागेको संस्कृतिलाई जीवन्त राख्न गाउँपालिकाले मातृभाषालाई संरक्षण गर्न प्राथमिकतामा राखेको प्रमुख प्रशासकीय अधिकृत नरहरि सापकोटाले जानकारी दिनुभयो । विभिन्न जनजातिको कक्षा सञ्चालन गरी भाषा संरक्षणका बारेमा जानकारी गराइने छ । भाषा संरक्षण र त्यसको जगेर्नाका लागि चलनचल्तीको भाषा बोल्न लगाइने छ । उहाँले भन्नुभयो, “नेवार, गुरुङ, मगर जातिलाई छुट्टाछुट्टै राखेर भाषा प्रशिक्षणको व्यवस्था गरिने छ ।” उक्त मातृभाषा सिक्नका लागि आउने सङ्ख्या भने यकिन नगरिएको गाउँपालिकाले जनाएको छ ।

चोरी मुद्दाका फरार पक्राउ 

चोरी मुद्दामा फरार रहेका एक व्यक्तिलाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । यसरी पक्राउ पर्नेमा बन्दीपुर–५ झारगाउँ तिलाहर बस्ने २८ वर्षीय रुपराज गुरुङ रहेका छन् । जिल्ला अदालतको विसं २०७३ कात्तिक १८ गतेको फैसलाले छ महिना कैद र रु ५१ हजार ७५० जरिवाना तोकेपछि उनी फरार रहँदै आएका थिए ।  

तोकिएको कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रही फरार रहेका उनलाई प्रहरीले खोजतलास गर्ने क्रममा घरमा रहेको अवस्थामा फेला परेपछि पक्राउ गरी अदालतसमक्ष पेश गरेको हो । अदालतसमक्ष पेश गरिएका गुरुङलाई अदालतले बाँकी कैद भुक्तानका लागि जिल्ला कारागार पठाएको प्रहरीले जनाएको छ । 

विभिन्न अपराध एवं मुद्दामा संलग्न रही फरार रहेका तथा अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगोसमेत तिर्न बाँकी भएका व्यक्तिको खोजीकार्यलाई तीव्रता दिँदै आएको  प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले बताउनुभयो ।रासस 




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते