१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

भीमदत्तमा योग शिक्षा र एकीकृत स्थानीय पाठ्यक्रम निर्माण

११ भाद्र २०७७, बिहीबार ०४:३४

भदौ ११, कञ्चनपुर । भीमदत्त नगरपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गरेको छ । नगरपालिकाले योग शिक्षा र एकीकृत स्थानीय पाठ्यक्रम निर्माण गरेको हो । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले स्थानीय तह दिएको अधिकार क्षेत्रभित्र रहेर स्थानीय पाठ्यक्रम निर्माण गरिएको छ । भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ का आधारमा नगर क्षेत्रभित्रका विद्यालयका लागि स्थानीय पाठ्क्रम तयार गरिएको बताउनुभयो ।

“स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा स्थानीय सरकारलाई आफ्नो क्षेत्रभित्रको मौलिकता, विषयवस्तुका आधारमा पाठ्यक्रम बनाउने अधिकार छ । त्यसअनुसार तयार गरिएको छ । तयार गरिएको पाठ्यक्रम विद्यालयमा लागु गछौँ”, उहाँले भन्नुभयो । नगरपालिकाको कार्यपालिकाले केही दिन अघि स्थानीय पाठ्क्रम स्वीकृत गरी लागू गर्ने निर्णयसमेत गरेको छ । नगरपालिकाभित्र रहेका विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको विकासका लागि स्थानीय पाठ्क्रम निर्माण गरिएको भीमदत्तका शिक्षा शाखा प्रमुख हरिदत्त जोशीले बताउनुभयो ।

नगरपालिकाले दुई किसिमका पाठ्यक्रम निर्मा ण गरेको उहाँको भनाइ छ । “योग शिक्षामा योग र आयुर्वेदलाई प्राथमिकता दिइएको छ”, उहाँले भन्नुभयो, “एकीकृत पाठ्यक्रममा नगरको कृषि, धार्मीक क्षेत्र, संस्कृति, स्थानीय सम्भावनालगायत विषय समेटिएको छ ।” नगरपालिकाले योग शिक्षा र एकीकृत स्थानीय पाठ्क्रम निर्माण गरेको छ । योग शिक्षा कक्षा १ देखि कक्षा ३ मा अध्ययनरत विद्यार्थीलाई पढाइने उहाँले बताउनुभयो  । नगरपालिकाको इतिहास, कला, साहित्य, संस्कृति, भाषा, वन, कृषिलगायतलाई समावेश गरी तयार गरिएको एकीकृत स्थानीय पाठ्यक्रम आधारभूत तहका विद्यार्थीलाई पढाइने छ ।

विद्यालय सञ्चालन भएपछि योग शिक्षा र एकीकृत स्थानीय पाठ्यक्रम कार्यान्वयनमा ल्याइने शिक्षा शाखा प्रमुख जोशीले बताउनुभयो । चालु शैक्षिक सत्रदेखि यहाँका विद्यालयमा कक्षा १ का विद्यार्थीलाई योग शिक्षा विषय पढाई हुने उहाँको भनाइ छ । राष्ट्रिय पाठ्यक्रम, २०७६ मा भएको व्यवस्थाअनुसार भीमदत्त नगरपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गरी लागु गर्ने तयारी गरेको हो । कक्षा १ देखि ३ सम्म पढाइने स्थानीय पाठ्यक्रम १०० पूर्णाङ्कको हुनेछ । पाठ्यक्रममा भीमदत्तको भूगोल, इतिहास, स्थानीय सरकार, संस्कृति सम्पदा, वन, वातावरण तथा सरसफाइ, स्थानीय आर्थिक विकासका आधार, सामाजिक विकासको अवस्था, पर्यटन, स्थानीय विकास पूर्वाधार, विपद् व्यवस्थापनलगायत विषयलाई समावेश गरिएको छ । शुक्लाफाँटा नगरपालिकाले पनि स्थानीय पाठ्यक्रम निर्माणको तयारी पूरा गरेको छ । स्थानीय ज्ञान, सीप, प्रविधि र संस्कृतिलाई समावेश गरी स्थानीय पाठ्यक्रम निर्माणको तयारी गरिएको शुक्लाफाँटाका शिक्षा शाखा प्रमुख टिकेन्द्रराज भट्टले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ