2026-10-15 10:06 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

शिक्षा

मध्यपश्चिमाञ्चल विश्वविद्यालयले शुक्रबारदेखि अनलाइनबाट परीक्षा लिने

भदौ ११,  कर्णाली । मध्यपश्चिमाञ्चल विश्वविद्यालयले स्नातक तथा स्नातकोत्तर तहमा सञ्चालित सेमेष्टरहरुको मध्यावधि (मिडटर्म) परीक्षा अनलाइन माध्यमबाटै लिने भएको छ । विश्वविद्यालयले  शुक्रबारदेखि दुवै तहअन्तरगत विभिन्न सेमेष्टरमा अध्ययनरत परीक्षार्थीको मध्यवाधि परीक्षा अनलाइनबाट लिने भएको हो । कोभिड–१९ का कारण भर्चुअल कक्षा  सञ्चालन भएको र सोहीअनुरुप अनलाइनबाट परीक्षा लिन थालिएको विश्वविद्यालयका उपकुलपति प्रा डा नन्दबहादुर सिंहले जानकारी दिनुभयो ।

“हामीले मध्यपश्चिम विश्वविद्यालय डिजिटल, भर्चुअल तथा वैकल्पिक शिक्षण सञ्चालन नीति दिशानिर्देश २०२० तयार गरेका छौं,” उहाँले भन्नुभयो, “कोभिडको सङ्कटमा यस प्रणालीले परीक्षार्थीलाई परीक्षा दिन सहज हुनेछ ।” सबै परीक्षार्थीहरुलालाई ढुक्कका साथ परीक्षा दिन अपिल गर्दै उहाँले परीक्षार्थीहरुले भने तोकिएको समयमा उत्तर उपलब्ध गराउनुपर्ने जनाउनुभयो ।

रीक्षा भने शुक्रबार बिहान ८:०० बजे शुरु हुनेछ । प्रा.डा. उपकुलपति सिंहले अनलाइन प्रणालीबाट परीक्षा गर्नेबारे गत साउन १९ गतेको निर्णय भएको थियो । मध्यपश्मिाञ्चल विश्वविद्यालय मानविकी तथा समाजशास्त्र सङकाय केन्दीय क्याम्पसका प्रमुख तेजबिक्रम बस्नेतले कर्णालीको भौगोलिक अवस्थालाई ध्यानमा राखेर अनलाइन परीक्षा सञ्चालन गरिएको जानकारी दिनुभयो ।

कोभिड–१९ को सङ्कटमा विद्यार्थीलाई सहजता प्रदान गर्न यो सुविधा दिइएको जनाउँदँै उहाँले कम्प्युटर नजान्नेहरुका लागि अफलाइन परीक्षाको समेत व्यवस्था गरिएको बताउनुभयो । उनीहरुले भने हातैले लेखेर फोटो खिचेर वा स्क्यान गरेर पठाउनुपर्ने क्याम्पस प्रमुख बस्नेतको भनाइ थियो । 

लोकवार्ता विज्ञान विभागका प्रमुख खगेन्द्र अधिकारीले  अनलाइन परीक्षाले कर्णालीका भौगालिक रुपले विकट जिल्लाका विद्यार्थीहरुलाई बढी न्याय भएको बताउनुभयो । यस परीक्षाले कोभिड–१९ ले धकेलिएको सेमेटष्टरको उपयोग भएको र शिक्षामा वैकल्पिक प्रणालीको प्रयोग भएको जनाइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने