२०८२, १९ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

प्रदेश नं १ सरकारले विद्यालयमा सिकाइ शैक्षिक कार्यक्रम सञ्चालन गर्ने

२०७७, १२ भाद्र शुक्रबार ०९:०२

भदौ १२, विराटनगर । प्रदेश नं १ को सरकारले कोभिड–१९ का कारण बन्द विद्यालयहरुमा सिकाइ शैक्षिक कार्यक्रम सञ्चालनको तयारी शुरु गरेको छ । विगत पाँच महिनादेखि बन्द विद्यालयहरुमा शैक्षिक गतिविधि ठप्प भएकाले त्यसलाई पुनः सञ्चालन गर्न विद्यालयमा सिकाइ कार्य शुरु गर्न लागिएको हो । 

सामाजिक विकासमन्त्री जीवन घिमिरेले स्थानीय तहका प्रमुख÷उपप्रमुख तथा शिक्षा क्षेत्रसँग सम्बन्धित व्यक्तिसँग परामर्श गरी विद्यालयमा सिकाइ सञ्चालनको मार्गनिर्देशन तयार गर्न दिएको निर्देशनअनुसार मन्त्रालयको शैक्षिक महाशाखाले छलफल गरी सुझाव सङ्कलन गरेको छ ।

मन्त्री घिमिरेले मन्त्रालयले विद्यालयमा सिकाइ सञ्चालनका लागि सङ्घीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग समन्वय गरेर अघि बढ्ने बताउनुभयो । उहाँले मन्त्रालयले प्राप्त गरेको सुझावअनुसार चाँडै बैठक बसेर निष्कर्षमा पुगिने पत्रकारहरुलाई आज बताउनुभयो ।

मन्त्रालयले स्थानीय तहका प्रमुख÷उपप्रमुख, शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख, शिक्षक महासङ्घ, प्याब्सन, एनप्याब्सन र अभिभावक सङ्घसँग छलफल गरी सङ्कलन गरेको सुझाव शिक्षा मन्त्रालयसमक्ष पेश गरेको छ ।

मन्त्रालयले विद्यालयमा असोजदेखि सिकाइ सञ्चालनको सुझाव दिएको छ । सिकाइ सञ्चालनअघि भदौभित्रमा विद्यार्थीको अभिलेखीकरण गरिसक्नुपर्ने, विद्यालयमा रहेका क्वारेन्टिन, आइसोलेसन सेन्टर र होल्डिङ सेन्टर हटाउनुपर्ने सुझाव दिएको छ । यसैगरी कक्षा सञ्चालनपूर्व विद्यालयमा निर्मलीकरण गर्नुपर्ने, बन्दाबन्दीका कारण घरमा रहेका र अहिले विभिन्न स्थानमा निषेधाज्ञा रहेकाले शिक्षकलाई विद्यालयसम्म पुग्नका लागि सहज वातावरण बनाउनु पर्ने सामाजिक विकास मन्त्रालयले सुझाव दिएको छ । 

मन्त्रालयले बिहान र दिउँसो दुई चरणमा विद्यालय सञ्चालन गर्नुपर्ने समेत सुझाव दिएको छ । यसैगरी अन्य सुझावमा जोर बिजोर विद्यार्थी (रोल नम्बरका आधारमा) जोरबिजोर कक्षा सञ्चालन गर्नु पर्ने, स्थानीय तहमा प्रत्येक विद्यालयको शिक्षक सदस्य रहने गरी कोभिड टास्क टिम तयार गर्ने र टिमको सुझावअनुसार विद्यालय सञ्चालन गर्न सकिने सुझाव दिएको छ ।

मन्त्रालयले कक्षा ११ को आन्तरिक मूल्याङ्कन गरेर १२ कक्षा अविलम्ब सञ्चालन गर्न सुझाव दिएको छ । मन्त्रालयले विभिन्न क्षेत्रका व्यक्तिसँग गरेको छलफलमा निर्मलीकरण गरेर छिटोभन्दा छिटो विद्यालय सञ्चालन गर्नुपर्ने, कम विद्यार्थी भएका विद्यालयबाट पठन पाठन शुरु गर्नुपर्नेमा जोड दिएको छ । 

प्रदेशमा १३५ विद्यालय र ६ वटा क्याम्पसमा अहिले पनि क्वारेन्टिन रहेको र दुई वटा विद्यालयमा होल्डिङ सेन्टर, तीन विद्यालय र एउटा क्याम्पसमा आइसोलेसन केन्द्र सञ्चालनमा रहेको मन्त्रालयले जनाएको छ । प्रदेशका सात हजार १३७ विद्यालयमा करिब १२ लाख ४० हजार विद्यार्थी अध्ययनरत रहेको मन्त्रालयले जनाएको छ । रासस 




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण