३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बुङ्गल नगरपालिका भित्रका बिद्यालयहरुमा कार्तिक १७ देखि नियमित पठनपाठन हुने

१५ कार्तिक २०७७, शनिबार ०७:३५

कार्तिक १५, बझाङ । बझाङ कोरोना महामारीका कारण गएको चैतदेखि बन्द रहेका बुङ्गल नगरपालिका भित्रका विद्यालयहरुमा सोमबार अर्थात आउदो कार्तिक १७ गते देखि पठनपाठन संञ्चालन गरिने भएको छ । शुक्रबार बुङ्गल नगरपालिका शिक्षा शाखा र नगरपालिका भित्रका बिद्यालयका प्रधानाध्यापकहरुको बैठकले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाई शनिबार बाहेक अन्य सार्वजनिक विदाको दिन पनि पढाइ संञ्चालन गर्ने निर्यण गरेको हो ।

कोरोना महामारी बढ्दै गएपछि सरकारले घोषणा गरेको बन्दाबन्दी अर्थात लकडाउनका कारण चैत्र देखि देशभरका विद्यालयहरु बन्द रहेका छन । सरकारको पछिल्लो निर्णय सँगै अधिकांश विद्यालयहरुले वैकल्पिक माध्यममा पढाई संचालन गरेको भएपनि बुङ्गल नगरपालिमा भने इन्टरनेट र सञ्चार माध्यमको राम्रो पहुँच नभएका कारण वैकल्पिक माध्यम बाट पढाई संचालन गर्न नसकिएको बुङ्गल नगरपालिका शिक्षा शाखा संयोजक धनकृण रेक्मी बताए । 

शैक्षिकसत्र लम्बिन नदिन र शिक्षण सिकाईलाई सहज बनाउनका लागि स्वास्थ्य सुरक्षा सतर्कताका मापदण्ड अपनाइ सामुदायिक तथा निजि बिद्यालय पूर्णरुपमा संचालन गरिन लागिएको उनको भनाई छ ।

कोरोना महामारीकै बेला बिद्यालय सञ्चालन गरीन लागेको भए पनि लामो समय पछि बिद्यालयमा पढ्न पाईने भन्दै बिद्यार्थी हरु खुशी भएका छन् । कोरोना नियन्त्रण भए पछि पढौंला भनेर कुरेर बसेपछि आफ्नो पढाइ र भविश्य समेत बिग्रने भन्दै अब आफुहरुले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाइ कोरोना संगै बाच्न सिक्नु पर्ने विद्यार्थी हरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः प्रमुख बालेन्द्र शाह मादी नदीमा महिलाको शव फेला दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए