३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

व्यास नगरपालिकाभित्रका विद्यालयमा मङ्सिर ३ गतेदेखि कक्षा सञ्चालन

१५ कार्तिक २०७७, शनिबार १०:५२

कात्तिक १५, तनहुँ । तनहुँको व्यास नगरपालिकाभित्रका विद्यालयमा मङ्सिर ३ गतेदेखि औपचारिकरूपमा कक्षा सञ्चालन हुने भएका छन् । नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा आज बसेको व्यासनगर शिक्षा समितिको बैठकले सो निर्णय गरेको हो ।

बैठकले मङ्सिर २ गतेसम्म भने वैकल्पिक विधिमार्फत मात्रै पढाइ सञ्चालन गर्न दिइने निर्णय गरेको छ । कोभिड–१९ को प्रभाव र विद्यालय सञ्चालन सम्बन्धमा समीक्षा गरी सो निर्णय भएको व्यास नगरपालिका शिक्षा तथा सामाजिक विकास शाखा कार्यक्रम अधिकृत सन्तोष गोदारले जानकारी दिनुभयो । 

हाल मौसमी परिवर्तनका कारणले समुदायमा रुघाखोकीको प्रकोप देखिएको र विद्यामान मौसमी सङ्क्रमणको कारणले कोभिड–१९ विस्तारित हुनसक्ने विज्ञहरुको राय रहेकाले सो निर्णय गरिएको उहाँले बताउनुभयो । अभिभावकहरुलाई आ–आफ्नो बालबालिकालाई विद्यालयमा पठाउँदा स्वास्थ्य संवेदनशीतालाई धयानमा राखी स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरिएको छ ।

त्यसैगरी कक्षा ११ सञ्चालन भएका विद्यालयले स्वास्थ्य मापदण्ड पालना गरी पूर्वनिर्धारित तालिकाअनुसार परीक्षा सञ्चालन गर्न निर्देशन दिएको छ । बैठकमा उपप्रमुख, शिक्षा समितिका सदस्य, सामुदायिक तथा निजी विद्यालयका पेशागत एवं सङ्गठनका प्रतिनिधि, स्थानीय विद्यालय, कलेजका प्रतिनिधिको सहभागिता थियो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः प्रमुख बालेन्द्र शाह मादी नदीमा महिलाको शव फेला दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट