२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

व्यास नगरपालिकाभित्रका विद्यालयमा मङ्सिर ३ गतेदेखि कक्षा सञ्चालन

२०७७, १५ कार्तिक शनिबार १०:५२

कात्तिक १५, तनहुँ । तनहुँको व्यास नगरपालिकाभित्रका विद्यालयमा मङ्सिर ३ गतेदेखि औपचारिकरूपमा कक्षा सञ्चालन हुने भएका छन् । नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा आज बसेको व्यासनगर शिक्षा समितिको बैठकले सो निर्णय गरेको हो ।

बैठकले मङ्सिर २ गतेसम्म भने वैकल्पिक विधिमार्फत मात्रै पढाइ सञ्चालन गर्न दिइने निर्णय गरेको छ । कोभिड–१९ को प्रभाव र विद्यालय सञ्चालन सम्बन्धमा समीक्षा गरी सो निर्णय भएको व्यास नगरपालिका शिक्षा तथा सामाजिक विकास शाखा कार्यक्रम अधिकृत सन्तोष गोदारले जानकारी दिनुभयो । 

हाल मौसमी परिवर्तनका कारणले समुदायमा रुघाखोकीको प्रकोप देखिएको र विद्यामान मौसमी सङ्क्रमणको कारणले कोभिड–१९ विस्तारित हुनसक्ने विज्ञहरुको राय रहेकाले सो निर्णय गरिएको उहाँले बताउनुभयो । अभिभावकहरुलाई आ–आफ्नो बालबालिकालाई विद्यालयमा पठाउँदा स्वास्थ्य संवेदनशीतालाई धयानमा राखी स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरिएको छ ।

त्यसैगरी कक्षा ११ सञ्चालन भएका विद्यालयले स्वास्थ्य मापदण्ड पालना गरी पूर्वनिर्धारित तालिकाअनुसार परीक्षा सञ्चालन गर्न निर्देशन दिएको छ । बैठकमा उपप्रमुख, शिक्षा समितिका सदस्य, सामुदायिक तथा निजी विद्यालयका पेशागत एवं सङ्गठनका प्रतिनिधि, स्थानीय विद्यालय, कलेजका प्रतिनिधिको सहभागिता थियो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते