३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाजुरा - BJR

बडीमालिकाका सबै विद्यालयमा पढाइ शुरु

८ मंसिर २०७७, सोमबार ०४:४८

मङ्सिर ८, मार्तडी । जिल्लाको बडीमालिका नगरपालिकाका सबै विद्यालय आइतबारदेखि खुलेसँगै पढाइ शुरु भएको छ । कोभिड–१९ सङ्क्रमणका कारण विगत आठ महिनादेखि बन्द रहेका नगरपालिकाका सम्पूर्ण विद्यालय आइतबारदेखि खुलेका हुन् । 

नगरपालिकाको शिक्षा समिति तथा यहाँका विद्यालय व्यवस्थापन समिति र नगर शिक्षा समितिको बैठकले कोरोना सङ्क्रमणका कारण लामो समयदेखि बन्द भएका विद्यालयमा अध्ययन अध्यापन शुरु गर्ने निर्णय गरेसँगै सबै सरकारी तथा निजी विद्यालय खुलेको मालिका नमूना माध्यमिक विद्यालयका प्रधानाध्यापक शुभराज पाध्यायले बताउनुभयो । 

उहाँले भन्नुभयो, “आठ महिनादेखि विद्यालय बन्द हुँदा विद्यार्थीको पढाइमा निकै घाटा भएको छ, कोरोना सङ्क्रमणबाट जोगिन स्वास्थ्य मापदण्डलाई पूर्णरूपमा पालना गर्ने र सामाजिक दूरी कायम गर्दै विद्यालय खोलेर आइतबारदेखि पढाइ शुरु गरेका छौँ ।” प्रधानाध्यापक पाध्यायले नगर शिक्षा समितिको बैठकले मङ्सिर ३ गतेबाट सञ्चालन गर्ने निर्णय गरेको भए पनि ११ कक्षाको परीक्षाका कारण आइतबारदेखि स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरेर सञ्चालनमा ल्याएको बताउनुभयो । कोरोनाको जोखिम कायमै रहेको भए पनि लामो समयपछि विद्यालयमा आफ्ना विद्यार्थी भेट्न पाउँदा विद्यार्थी र शिक्षक हर्षित भएको प्रधानाध्यापक पाध्यायको भनाइ छ । 

माध्यमिक र क्याम्पस तहका कक्षा खुलाउने निर्णय गरी पढाइ सञ्चालन गर्न पत्राचार गरिएको नगर शिक्षा शाखाका प्रमुख रामबहादुर कटुवालले जानकारी दिनुभयो । शैक्षिक सत्र खेर जाने जोखिम बढेपछि सरकारले विद्यालय सञ्चालन गर्न दिने भएपछि स्वास्थ्य मापदण्ड अपनाई बन्द रहेका विद्यालय खोलेर कक्षा सञ्चालन गर्न अनुमति दिइएको हो । 

विद्यालयमा हात धुने पानी, स्वास्थ्य तथा सरसफाइ सुविधाको व्यवस्था गर्ने गराउने, खोकी लाग्दा वा हाच्छिउँ गर्दा मुख छोप्ने, अनिवार्यरूपमा विद्यालयमा थर्मलगन राखी विद्यार्थीको तापमान जाँच गर्नेलगायत आवश्यक स्वास्थ्य सुरक्षा अपनाएर विद्यालय सञ्चालन हुन लागेको चोयाकोट माविका शिक्षक श्याम रावलले बताउनुभयो । “कोरोना जोखिमबाट बच्न हामीले विद्यालयमा गर्ने सम्पूर्ण सुरक्षा प्रविधि अपनाउने छौँ, घरमा पनि अभिभावकले सुरक्षा अपनाउन जरुरी भएको छ”, उहाँले भन्नुभयो ।

कोरोनाका कारण लामो समयदेखि बन्द रहेका र बीचमा सिफ्टमा सञ्चालन गरिएको भए पनि प्रभावकारीरूपमा पढाइ नभएकाले विद्यालयमा सामाजिक दूरी कायम गरी पठनपाठन सञ्चालन गर्न पत्राचार गरी विद्यालय सञ्चालन गरिएको बडीमालिका नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रङ्गमल विकले बताउनुभयो । विद्यालय सञ्चालन गर्ने निर्णयसँगै नगरपलिकाभित्र रहेका सामुदायिक र निजी गरी २८ माध्यमिक विद्यालय तथा एक क्याम्पस सञ्चालनमा आएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः प्रमुख बालेन्द्र शाह मादी नदीमा महिलाको शव फेला दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए