२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

विद्यालय छ, विद्यार्थी छैनन्

२०७७, ३ फाल्गुन सोमबार ०६:४०

फागुन ३, वीरगञ्ज । बारा सदरमुकाम कलैयाबाट करीब १० किलोमिटर पूर्वमा एउटा त्यस्तो विद्यालय छ जहाँ शिक्षक छन् र विद्यार्थी भने छैनन् सुन्दा अचम्म लाग्छ । यो सत्य हो । कलैयाको महागढीमाई नगरपालिका–४ मल्हनी टोलमा रहेको बाल विकास प्राथमिक विद्यालय विगत एक वर्षदेखि विद्यार्थीबिना सञ्चालनमा छ । 

सो विद्यालयमा एक प्रधानाध्यापक, एक बालविकास शिक्षिका र एक कार्यालय सहयोगी गरी तीन कर्मचारी रहे पनि विद्यार्थी नभएपछि शिक्षक घाम तापेर दिन बिताउने गरका छन् । विद्यार्थी नहुँदा शिक्षक विद्यालय आएर हाजिर लगाएर जाने गरेको उहाँहरुको दिनचर्या छ । विद्यालयमा विद्यार्थी नभए पनि त्यहाँ रहेका शिक्षक भने तलब भत्ता खाएर दिन बिताउने गरेको र विद्यालयको अनुगमन नहुँदा विद्यालयमा एक विद्यार्थी पनि नभएको प्रधानाध्यापक शर्मानन्दप्रसाद साहको गुनासो छ । उहाँले विद्यालयमा विद्यार्थी भएको कुनै रेकर्ड नै नभएको समेत बताउनुभयो । 

विगत लामो समयदेखि राजनीतिकको अखडाका रुपमा विद्यालय रहेकाले पठनपाठन प्रभावित हुने हुँदा विद्यार्थीको उपस्थिति नभएको गुनासो स्थानीयवासीको छ । पटकपटक विद्यालय सुधारका लागि स्थानीय निकाय, वडा कार्यालय तथा विद्यालय व्यवस्थापन समितिलाई जानकारी गराउँदासमेत कसैले विद्यालयप्रति चासो नराखेकाले यस्तो अवस्था आएको हो । 

विद्यालय स्थानीय तहमा आएपछि शिक्षा क्षेत्रमा देखिएको समस्याबारे जिज्ञासा राख्दा महागढीमाई नगरपालिका शिक्षा विकास शाखाका प्रमुख रामविश्वासप्रसाद चौरसियाले सो विद्यालयका प्रधानाध्यापक साहको कमी कमजोरीका कारण विद्यालयमा विद्यार्थीको सहभागिता न्यून रहेको बताउनुभयो । 

सो विद्यालयलाई चैत महिनासम्ममा विद्यार्थी जुटाउन आदेश दिएको र सो समयमा विद्यार्थी जुटाउन नसके विद्यालयलाई समायोजन प्रक्रियामा लग्ने नगरपालिकाले जनाएको छ । विद्यालयमा व्यापक भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कागजात लगेकाले त्यहाँबाट केही निर्णय नआएसम्म कुनै कदम चाल्न नसक्ने नगरप्रमुख उपेन्द्रप्रसाद यादवले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने