2026-10-15 09:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

शिक्षा

प्राविधिक शिक्षालय : व्यवस्था फेरियो, अवस्था फेरिएन

फागुन २३, काठमाडौँ  । कर्णाली प्राविधिक शिक्षालयको भौतिक संरचना जीर्ण बन्दै गएको छ । नेपालको पहिलो सो शिक्षालयको भवन मरमत नहुँदा भत्किने अवस्थामा पुगेको हो । शिक्षालयभित्र हिँड्ने बाटो उप्किएको छ । उचित घेराबार नहुँदा चरणक्षेत्र झैँ देखिन्छ । 

विसं २०३० मा कर्णालीलाई प्राविधिक शिक्षाको केन्द्र बनाउने ध्येय स्थापना भएको यो शिक्षालय  अहिले निकै अव्यवस्थित हुन पुगेको छ ।  

शिक्षालयमा खानेपानीको चरम अभाव छ । यसका कारण विद्यार्थी र शिक्षक प्रदूषित पानी पिउन बाध्य छन् । चालिस वर्ष पहिले बनेका भौतिक संरचना पुनःनिर्माण त के मर्मतसमेत हुन सकेका छैनन् । चुहिने छानामा विद्यार्थी शिक्षक बस्न बाध्य भएका छन् । एकताका यहाँका महिला विद्यार्थी सिन्दुर हालेर शिक्षालय बाहिर जानु पर्दथ्यो । प्राविधिक शिक्षालय जस्तो गरिमामय महत्व बोकेको शिक्षालय निकै छाडा र उजाड बनेको यहाँका स्थानीयवासी बताउँछन् । 

शिक्षालयका प्रमुखमा २६ जना फेरिएका छन् ।  शिक्षालयको मुहार र स्वरुप पुरानै प्रकृतिको छ ।  शिक्षालयको मर्मतसंभार र संरक्षणमा कसैको चासो नपुगेको स्थानीयवासी कर्णबहादुर भण्डारीले जानकारी दिनुभयो । 

उहाँको भन्नुभयो, “हरेक क्षेत्रको मुहार कोर्ने प्राविधिक जन्माउने यो थलो अहिले उजाड हुन पुगेको छ । भवनमा लगाएका चुना पुरानो भएको छ । भवन भत्किएका छन् । घेरबार नहुँदा शिक्षालय असुरक्षित छ ।सरोकारवाला निकाया रमिते बनेर टुलुटुलु हेरिराखेको छ । यो जस्तो लाजमर्दो विषय अरु हुन सक्दैन ।” 

छ सय ५२ रोपनी क्षेत्रफलभित्र रहेको  शिक्षालय निकै उद्देक लाग्दो छ । विकासको प्रतिक्षा गरिरहेका अवस्थामा छ । शिक्षालयका शौचालय  फोहर छन् । सङ्घीयता आइसकेपछि प्राविधिक शिक्षालयको अवस्था गिर्दो छ । हरेक कार्यालय प्रमुखको प्रतिवेदनमा यहाँको विकास राम्रो भए अवस्था नफेरिएको स्थानीय बताउँछन् ।  

शिक्षालयका प्राचार्य टेकेन्द्र थापा शिक्षालयको अवस्था निकै नाजुक भएको बताउनुभयो । उहाँले यही फागुन १८ गतेदेखि प्राचार्यका रुपमा कार्यभार सम्हाल्नुभएको थियो ।  

उहाँले भन्नुभयो, “अबको पाँच वर्षमा यहाँको मुहार फेर्ने गरी कार्ययोजना ल्याउन लागेको छु । चालिस वर्ष पुराना संरचनाको मर्मत हुनेछ । नाला सफा गर्नेदेखि आधुनिक शौचालय निर्माणसम्म हुनेछन् ।” शिक्षालय परिसर हरियाली हुनेछ । पहिलेकै अवस्थामा आकर्षक संरचना निर्माण भएको  हुने उहाँले बताउनुभयो । 

शिक्षक, प्रशिक्षक, कर्मचारी र विद्यार्थी बदलिन्छन् । प्राविधिक शिक्षालयको संरचना पुरानै ढर्राको छ । प्राविधिक शिक्षालयसँग सरोकार राख्ने निकाय, अभिभावक, स्थानीय र स्थानीय सरकार सबैसँग बसेर शिक्षालयको अवस्थामा सुधार ल्याउने प्रयास हुने प्राचार्य थापाले जानकारी दिनुभयो ।

अहिले डिप्लोमातर्फ चार विषयको पढाइ भइरहेको छ । विसं २०६५ मा डिप्लोमा सिभिल इञ्जिीनियर, २०६६ सालमा आइएस्सीएजी प्लान्ट साइन्स, २०७४मा फरेस्ट्री र २०७७ मा फार्मेसी पठनपाठन भइराखेको छ । आगामी दिनमा डिप्लोमा भेटनरीतर्फको कक्ष सञ्चालनका लागि पहल हुने प्राविधिक शिक्षालयले जनाएको छ । 

यो कक्षा सफल भएको खण्डमा एग्रो इञ्जिनीयर पढाइका लागि लविङ शुरु हुनेछ । प्रवेशिका परीक्षा मुनितर्फ सब ओभरसियर र जेटिएको पठनपाठन भइरहेको छ । सिएमए र अनमी चिकित्सा शिक्षा आयोगले नपढाउनका लागि परिपत्र गरिसकेको छ ।

 यो वर्ष यी दुई विषयमा भर्ना पनि लगिएको छैन । पहिलेका केही महत्वपूर्ण तथा प्राविधिक शिक्षालयमा हुनुपर्ने गुणको अभाव छ । अहिले यहाँ उत्पादित जनशक्ति देशैभरी छरिएर काम गरिरहेको छ ।रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने