२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

घण्टौँसम्म इन्टरनेट गेममा झुम्मिने बालबालिकाका कारण चिन्तामा अभिभावक

२०७८, १९ जेष्ठ बुधबार ०५:१७

प्रकाश मिश्र।  जेठ १९, धनगढी (रासस)। निषेधाज्ञाको समयमा घरपरिवारका कसैसँग संवाद नै नगरी लामो समय बन्द कोठामा इन्टरनेट गेममा बालबालिका भुलिरहँदा अभिभावकलाई चिन्ता हुन थालेको छ । कोरोना सङ्क्रमणको जोखिमका कारण प्रशासनले निषेधाज्ञा जारी गरेका कारण घरमै बसिरहँदा बालबालिकामा इन्टरनेट गेमको लत बढ्दै गएपछि उनीहरू एकान्तमा बस्न मन पराउने तथा अलग्गै कोठामा झ्याल ढोका लगाएर बन्द कोठामा घण्टौँसम्म मोबाइल गेममा झुण्डिरहँदा अभिभावकहरूमा चिन्ता बढ्दै गएको हो । 

अध्ययन गर्न काठमाडौँ जानुभएका धनगढीका १४ वर्षीय एक किशोर आजभोलि कोरोना सङ्क्रमणका कारण आफ्नो घर धनगढी आउनुभएको छ । पहिलापहिला काठमाडौँबाट घर आउँदा परिवारका सबै सदस्यसँग समय व्यतीत गर्न रुचाउने उनको व्यवहारमा आजभोलि आएको परिवर्तन देखेर परिवारका सदस्यहरू चिन्तित भएका छन् । 

सामान्य समयमा आफ्नो कोठा र घरबाहिर धेरै समय बिताउने किशोर आजभोलि घण्टौँसम्म बन्द कोठामा खानेकुराको पर्वाह नगरी इन्टरनेटमा झुम्मिन थालेपछि परिवारमा चिन्ता थपिएको हो । “पहिला पहिला काठमाडौँबाट घर आउँदा साथीभाइ, अभिभावक तथा आफन्तहरुसँग बढी समय रमाउँथ्यो, एक्लै बस्न कत्ति पनि रुचाउँदैन थियो तर यसपालि के पो हो त्यो ‘फ्री फायर गेम’ खेल्छ, रातदिन कसैसँग बोल्दैन, केही खाँदैन, त्यसैले चिन्ता लाग्ने गरेको छ”, ती किशोरका बुबाले भन्नुभयो । 

नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना सङ्क्रमणबाट बच्न सङ्घर्ष गरिरहनुभएका कैलालीको घोडाघोडीका हरिराम विकलाई यो निषेधाज्ञाको समयमा कोरोनाभन्दा पनि आफ्नी १५ वर्षीय छोरीले दिनरात एकोहोरिएर खेलिरहने इन्टरनेट गेमका कारण छोरीको मानसिक अवस्था केही होला  कि भन्ने डरले सताएको छ । हप्काउँदा वा कुटपिट गर्दा केही बालबालिकाले आफ्नो ज्यान जोखिममा पारेको सुन्नुभएका हरिराम छोरीलाई हप्काउन वा तर्साउन आफैँ डराउने गरेको बताउनुहुन्छ । 

“घरमा हामी आमाबाबुले बोलाउँदा नसुन्ने, झर्को मान्ने तथा एकोहोरिने खालका स्वभावले अझै चिन्ता थपिएको छ”, हरिराम भन्नुहुन्छ, “कहिलेकाहीँ मौका पारेर उसले प्रयोग गर्ने मोबाइल लुकाइदिँदा पनि गेम खेल्न नपाउँदा झिँजो मान्ने, झगडा गर्ने गरेको तथा बेलाबेलामा आफैँले भनेका कुराहरू पनि बिर्सिने गरेकाले इन्टरनेट गेमका कारण स्मरणशक्ति कमजोर भयो कि भन्ने हामीलाई लागेको छ, निषेधाज्ञा खुल्ने बित्तिकै नेपालगञ्ज उपचारका लागि लैजाने विचार गरेका छौँ ।” 

दशदेखि १५ वर्षसम्मका बालबालिकाहरू घण्टौँसम्म इन्टरनेटमा बिताइरहँदा उनीहरूमा मानसिक समस्या देखिने तथा आफूले खेलिरहेको खेलबाहेक अन्य कुनै कुराको ध्यान नहुने यहाँसम्म कि समयमा खाना समेत नखाने, अभिभावकले खाना खान बोलाउँदासमेत झर्किने, अभिभावकसँग झगडा गर्ने स्वभाव बढ्दै जाने मनोपरामर्शदाता सीता भण्डारीको भनाइ छ । अझ अहिले जारी निषेधाज्ञाको समयमा बालबालिकाहरु कोठाभित्र आनन्दले बसिरहेका छन् भनेर ढुक्कसँग बस्न नहुने उहाँको भनाइ छ । 

बालबालिकामा इन्टरनेट गेमको बढ्दो लत नियन्त्रण गर्न अभिभावक नै सचेत रहनुपर्ने मनोपरामर्शदाता भण्डारी बताउनुहुन्छ । परिवारमा अभिभावक र बालबालिकासँगै बढी समय बिताउने तथा उनीहरूसँग कुराकानी गरिरहने र बालबालिकालाई नयाँनयाँ पकवानहरू बनाउन सिकाएर बढी समय व्यस्त बनाउन अभिभावकहरू सक्रिय हुँदा पनि बालबालिकामा बढ्दो इन्टरनेट गेमको लत घट्न सक्ने विश्वास भण्डारीको छ । अभिभावकले समयमै बालबालिकाको यो लतलाई नियन्त्रण गर्न प्रयास नगर्ने हो भने पछि गएर ठूलो समस्या हुने भन्दै अभिभावकले बढीभन्दा बढी समय आफ्ना बच्चाहरूसँग बिताउनुपर्ने मनोपरामर्शदाता भण्डारीको सुझाव छ ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते