२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

शैक्षिक तथा भाषा प्रतिष्ठान १५ महिनादेखि बन्द

२०७८, १७ श्रावण आईतवार ०५:०४

साउन १७, पाँचथर । कम्प्युटर, भाषा र ट्युसन पढाउने प्रतिष्ठान (इन्स्टिच्युट)हरु कोभिड–१९ सङ्क्रमणको महामारीले १५ महिनादेखि ठप्पप्रायः छन् । पाँचथरको सदरमुकाम फिदिममा निषेधाज्ञाका समयमा समेत अन्य अधिकांश व्यवसाय आंशिकरूपमा सञ्चालन भइरहे पनि यहाँका नौवटा प्रतिष्ठान १५ महिनादेखि बन्द छन् ।

फिदिममा डेढ दशकदेखि सञ्चालनमा रहेको ‘न्यू मिलिस्टार कम्प्युटर इन्स्टिच्युट’का सञ्चालक केशव पौडेलका अनुसार विगत १५ महिनादेखि घरभाडा बुझाएर बस्नुपरेको छ । “पहिलो लकडाउनदेखि घरभाडा तिरेर बसेका छौँ”, पौडेलले भन्नुभयो, “उठाएर लैजान सम्भव छैन । राखिरहे सञ्चालनमा ल्याउन पाइएन ।” कतिपय विद्यार्थीको कम्प्युटर तथा भाषाको कोर्स पूरा गर्न नपाउँदा पैसासमेत फिर्ता गर्नुपरेको पौडेलको भनाइ छ । यस्तै यी प्रतिष्ठानमा काम गर्ने शिक्षक तथा अन्य कर्मचारीलाई पारिश्रमिक दिएर टिकाइ राख्नुपर्दा झनै समस्या भएको पौडेलको भनाइ छ । “यतिका महिनादेखि कमाइ खाने ठाँउ बन्द भयो”, उहाँले भन्नुभयो, “अब बन्द गरेर बस्ने कि खोल्ने भन्ने अन्योल छ ।”

फिदिममै सञ्चालनमा रहेको ‘सोलुशन एजुकेशन फाउण्डेशन’का सञ्चालक घनेन्द्रराज मिश्रका अनुसार विसं २०७६ चैतदेखि निरन्तर घरधनी र कर्मचारीलाई मासिक भुक्तानी दिइरहनुपरेको छ । “कोरोनाका कारण व्यवसाय डामाडोल भयो । रु १० लाखभन्दा बढी घाटा भइसक्यो”, मिश्रले भन्नुभयो, “सरोकारवालाले केही चासो दिँदैनन् । अब के गर्नुपर्ने हो अन्योलमा छु ।” फिदिममै भाषा कक्षा सञ्चालन गर्दै आएका ‘पाथीभरा कम्प्युटर एण्ड ल्याङ्ग्वेज सेन्टर’का सञ्चालक युवराज अधिकारीको पनि गुनासो उस्तै छ । अहिलेसम्म रु सात लाखभन्दा बढी नोक्सानी बेहोर्नुपरेको अधिकारीको भनाइ छ । कर्मचारी र घरधनीलाई नियमित रकम दिनुपर्दा मारमा परेको अधिकारीको गुनासो छ ।

फिदिममा सञ्चालनमा रहेका शैक्षिक तथा भाषाका सबै प्रष्तिठानको अवस्था उस्तै छ । सरकारले विभिन्न चरणमा जारी गरेको निषेधाज्ञा इमान्दारीका साथ पालना गरिरहे पनि निजी शैक्षिक तथा भाषा प्रशिक्षण क्षेत्रमा सरकारी निकाय तथा सरोकारवालाले ध्यान नपुर्याउँदा आफूहरु मारमा परेको उनीहरुको गुनासो छ । अन्य व्यवसाय पूर्ण र आंशिकरूपमा सञ्चालन भए पनि प्रतिष्ठानहरू सञ्चालन गर्न समस्या परेको सञ्चालकको भनाइ छ । सङ्क्रमणको जोखिमका कारण कक्षामा राखेर विद्यार्थी पढाउन कठिन पर्ने तथा निषेधाज्ञाका कारण विद्यार्थी नै नहुने कारणले आफूहरुको व्यवसाय सङ्कटमा परेको भन्दै उनीहरुले सरोकारवाला निकायलाई गुहार मागेका छन् ।

उनीहरुले स्वास्थ्यका मापदण्ड पालना गरेर व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग गरेका हुन् । जिल्ला प्रशासन कार्यालय पाँचथर, फिदिम नगरपालिका र पाँचथर उद्योग वाणिज्य सङ्घमा ज्ञापनपत्र बुझाएका उनीहरुले ५० जनाभन्दा बढी कर्मचारी तथा शिक्षक बेरोजगार भएको उल्लेख गरेका छन् । उनीहरुले शैक्षिक तथा भाषा प्रतिष्ठानका सञ्चालक, शिक्षक र कर्मचारीलाई खोप दिनुपर्ने, घरभाडामा सहुलियतका लागि सहयोग गर्नुपर्ने, स्थानीय तहले उचित राहतको व्यवस्था गर्नुपर्ने तथा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर प्रतिष्ठानहरु सञ्चालन गर्नका लागि शीघ्र नीतिगत व्यवस्था गर्नुपर्ने माग गरेका छन् । फिदिममा अङ्ग्रेजी, कोरियाली, जापानीलगायत भाषाका, विभिन्न तहका शैक्षिक प्रशिक्षण र कम्प्युटर तथा सीप विकाससम्बन्धी प्रतिष्ठानहरु सञ्चालनमा छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने