२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

गण्डकीलाई साक्षर प्रदेश घाेषणा गर्ने तयारी

२०७८, २२ आश्विन शुक्रबार ११:५२

असोज २२,  काठमाडाैं। गण्डकी प्रदेशलाई साक्षर प्रदेश घोषणा गरिने भएको छ। गण्डकी प्रदेशलाई यही असोज २४ गते प्रधानमन्त्री शेरबहादुर देउवाबाट साक्षर प्रदेश घोषणा गर्ने तयारी गरिएको हो।

प्रदेशका ८५ वटै पालिका र ११ वटै जिल्ला साक्षर घोषणा गरिसकेकाले अब प्रदेशलाई नै साक्षर प्रदेश घोषणा गर्ने तयारी गरिएको प्रदेशको शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकास मन्त्रालयले शुक्रबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो।

गण्डकी प्रदेशमा १५ वर्षदेखि ६० वर्ष उमेर समूहको औसत साक्षरता प्रतिशत ९६.५७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार प्रदेशको राजधानी कास्की जिल्लामा ९६ प्रतिशत साक्षरता प्रतिशत रहेको छ भने स्याङ्जामा ९६.१६ प्रतिशत, तनहुँमा ९६.४० प्रतिशत, लमजुङमा ९५.५ प्रतिशत, गोरखामा ९७.२० प्रतिशत र नवलपुरको ९८ प्रतिशत साक्षरता रहेको छ। त्यस्तै, पर्वतको ९६.९३ प्रतिशत, बागलुङको ९६.५७ प्रतिशत, म्याग्दीको ९६.२७ प्रतिशत, मनाङको ९६.९० प्रतिशत र मुस्ताङको ९६.३५ प्रतिशत साक्षरता रहेको जनाइएको छ।

राष्ट्रसंघको विश्वव्यापी अभ्यास अनुसार १५ देखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशत भन्दा बढी नागरिक साक्षर भएको सुनिश्चिता गरेको छ। सोही अभ्यासलाई आधार बनाएर नेपालमा पनि १५ देखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशत भन्दा बढी नागरिक साक्षर भएको सुनिश्चितता भएका क्षेत्र, जिल्ला, प्रदेश वा राष्ट्रलाई साक्षरता घोषणा गर्न सकिने नीति पारित गरेको छ।

साेही नीतिअनुसार प्रदेशलाई साक्षर प्रदेश घोषणा गर्न लागिएको प्रदेशको शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले जानकारी दिए। उनले प्रदेशका ८५ वटै स्थानीय तह र ११ वटै जिल्लामा साक्षरता घोषणा भइसकेको बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते