२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

पहिराले विद्यालय भवन भत्किँदा पठनपाठन प्रभावित

८ पुष २०७८, बिहीबार ०४:०९

पुस ८, बैतडी | पञ्चेश्वर गाउँपालिका वडा नं १ सेरीस्थित गढदेव आधारभूत विद्यालयको भवन पुनः निर्माण नहुँदा खुल्ला आकाशमुनि पठनपाठन भइरहेको छ । गत असोज पहिलो साताको अविरल वर्षासँगैको पहिराले विद्यालय भवन भत्किएको हो ।  

विद्यालय भवन भत्किएपछि गएको तीन महिनादेखि खुल्ला आकाशमुनि पठनपाठन गर्न विद्यार्थी बाध्य भएका प्रधानाध्यापक निर्मला चन्दले बताउनुभयो । विद्यालयको सात कोठे भवन पहिराले भत्काएपछि निकै समस्या भएको र विद्यार्थी खुल्ला चौरमा बसेर पढ्न बाध्य भएका छन् । कक्षा ५ सम्म पढाइ हुने सो विद्यालयमा अहिले ७८ विद्यार्थी अध्ययनरत छन् । विद्यालय भत्केको ठाउँमा चौर समेत नभएकाले झण्डै एक किलोमिटर टाढाको खोला किनारको चौरमा पठनपाठन भइरहेको हो ।  

बालबालिकालाई खुला चौरमा राखेर पढाउनुपर्दा पठनपाठन कार्य समेत प्रभावित हुने गरेको छ । प्रधानाध्यापक चन्दले भन्नुभयो, “विद्यार्थीलाई पढाउनका लागि ह्वाइट बोर्ड राख्ने ठाउँ छैन, बालबालिकालाई घामपानी परेको बेला ओत लाग्ने ठाउँ छैन, विद्यालयमा भएका सबै फर्निचर, कुर्सीलगायत सामग्री पनि पहिराले पुरिएका छन् ।” दिनभरि घाम नलाग्ने उक्त ठाउँमा पनि घाम नलागेको बेला चिसो हुने गरेको छ । 

पहिराले विद्यालयको सात कोठे भवन भत्काएको विषयमा गाउँपालिका र शिक्षा विकास तथा समन्वय एकाइमा पत्राचार गरेर विवरण बुझाइएको भए पनि तीन महिनासम्म पहल नभएको प्राधानाध्यापक चन्दको गुनासो छ ।  

गाउँपालिका र शिक्षा विकास तथा समन्वय एकाइले भने विद्यालय पुनः निर्माणका लागि पहल भइरहेको जनाएको छ ।  गाउँपालिका उपाध्यक्ष वीना भट्टले विद्यालय पुनः निर्माणका लागि पहल भइरहेको र छिट्टै विद्यालय भवन निर्माण थालिने बताउनुभयो । उहाँले भन्नुभयो, “विद्यालय भवन भत्किँदा समस्या भएकोबारे हामीलाई जानकारी आएको छ, गाउँपालिकासँग पर्याप्त बजेट नभएकाले प्रदेश र सङ्घ सरकारसँग माग गरेका छौँ ।” 

यस्तै शिक्षा विकास तथा समन्वय एकाइका सूचना अधिकारी पुष्कर शर्माले पनि क्षतिको विवरणबारे माथिल्लो निकायमा जानकारी गराइसकेको बताउनुभयो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान