पुस २३, गण्डकी । पूर्वगृहमन्त्री खगराज अधिकारीले शिक्षकले पेशालाई मर्यादित एवं जिम्मेवार बनाउनुपर्ने बताउनुभएको छ । कास्कीको रुपा गाउँपालिका–२ थुम्कीस्थित शिवालय माध्यमिक विद्यालयको ६१औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २३, गण्डकी । पूर्वगृहमन्त्री खगराज अधिकारीले शिक्षकले पेशालाई मर्यादित एवं जिम्मेवार बनाउनुपर्ने बताउनुभएको छ । कास्कीको रुपा गाउँपालिका–२ थुम्कीस्थित शिवालय माध्यमिक विद्यालयको ६१औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै "/>
२०८२, १९ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

शिक्षकले पेशालाई मर्यादित बनाउनु पर्दछ : पूर्वमन्त्री अधिकारी

२०७८, २३ पुष शुक्रबार ०५:५०

पुस २३, गण्डकी । पूर्वगृहमन्त्री खगराज अधिकारीले शिक्षकले पेशालाई मर्यादित एवं जिम्मेवार बनाउनुपर्ने बताउनुभएको छ । कास्कीको रुपा गाउँपालिका–२ थुम्कीस्थित शिवालय माध्यमिक विद्यालयको ६१औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले शैक्षिक उन्नयनका लागि  शिक्षक, विद्यार्थी र अभिभावको सामूहिक प्रयासको खाँचो औँल्याउँनुभयो । 

उहाँले विद्यालयस्तरबाटै विद्यार्थीलाई राष्ट्रियताको भावना विकास गराउनतर्पm लाग्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रमा विद्यालयको शैक्षिक विकासमा सहयोग गर्नुहुने शिक्षिका रस्मिला खनाल, पूर्वविद्यार्थी मनबहादुर भुजेल तथा राजेन्द्र ओझा, विद्यालय व्यवस्थापन समितिका पूर्वसदस्य दुर्गाबहादुर विक र पूर्वप्रधानाध्यापक रोशनलाल गुरुङलाई शिवालय वर्ष सम्मान २०७८ बाट सम्मान गरिएको थियो ।

सो अवसरमा विद्यालयका पूर्वविद्यार्थी टीकाराम सुवेदीले आफ्ना माता र पिता सरस्वती सुवेदी र दण्डापाणि सुवेदीको स्मृतिमा रु तीन लाख तथा पूर्वविद्यार्थी डा नारायण ओझाले आफ्ना माता र पिता डिलकुमारी ओझा र विश्वनाथ ओझाको स्मृतिमा अक्षयकोष स्थापनाका लागि रु ५० हजारको चेक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजन सुवेदीलाई हस्तान्तरण गर्नुभयो ।

रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले पालिकाले शैक्षिक उन्नयनका लागि निरन्तर सहयोग गर्दै आएको जनाउँदै प्रविधिमैत्री सिकाइका लागि शिवालयले गरेको प्रयास अनुकरणीय रहेको धारणा राख्नुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुवेदीका अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा शिक्षा शाखा प्रमुख सन्दीप पौडेल, डा गणपति ओझा, रोशनलाल गुरुङ, पूर्वविद्यार्थी डा नारायण ओझा, मनबहादुर भुजेल, राजेन्द्र ओझा, दुर्गाबहादुर विक, रामकोट माविका प्रधानाध्यापक भरतमणि भट्टराई, सल्लाहकार बलबहादुर गुरुङ, पूर्वविद्यार्थी मञ्चका उपाध्यक्ष शिवराज सुवेदीलगायतले गुणस्तरीय शिक्षाका लागि सबैको साथ र सहयोग आवश्यक रहनेमा जोड दिनुभयो । 

विद्यार्थीद्वारा विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको कार्यक्रममा विद्यालयको आर्थिक एवं प्रगति प्रतिवेदन प्रस्तुत गरिएको थियो । विसं २०१७ मा स्थापित सो विद्यालयमा हाल कक्षा १२ सम्म पढाइ हुँदै आएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण