२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

हरेक प्रदेशमा मेडिकल कलेज स्थापना गरिन्छ : मन्त्री पौडेल

२७ चैत्र २०७८, आईतवार १६:०८

चैत्र २७, चितवन | शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले हरेक प्रदेशमा एक/एक वटा मेडिकल कलेज सरकारले स्थापना गर्ने बताउनुभएको छ । 

भरतपुर महानगरका शिक्षक अगुवाहरूसँग आज यहाँ भएको छलफलमा मन्त्री पौडेलले नेपालबाट मेडिकल शिक्षाका लागि भन्दै रु ९८ अर्ब रकम बाहिर गइरहेकाले देशैमा मेडिकल शिक्षा सहज रूपमा पढ्न सक्ने वातावरणका लागि हरेक प्रदेशमा एक/एक वटा सरकारी मेडिकल कलेज स्थापनाका लागि काम गरिरहेको बताउनुभयो ।

रिसर्च सेन्टर पनि सातै प्रदेशमा स्थापना गर्ने तयारी भएको उहाँको भनाइ थियो । सातै प्रदेशमा आवासीय ठूला महाविद्यालय बनाउन आफूले मन्त्रिपरिषद्मा प्रस्ताव गरेको बताउँदै उहाँले देश भरिका पालिकाको आवश्यकताका आधारमा एक पालिका, एक प्राविधिक शिक्षालय स्थापना गर्ने र भूगोल अनुसारको पाठ्यक्रम तयार पारेर पढाउने पनि उहाँले बताउनुभयो । 

राज्यले चाहेको जनशक्ति निर्माण गर्ने गरी प्राविधिक जनशक्तिलाई व्यवस्थापन गर्ने उहाँको तर्क छ ।  आफू मन्त्री बनेपछि ऐन कानुन बनाउने विषयमा निकै सक्रिय भएर लागेको र शैक्षिक विकासमा धेरै काम गरिसकेको उहाँले दाबी गर्नुभयो । चितवनमा बन्न लागेको शिक्षक अस्पतालमा निजी विद्यालयका शिक्षकले पनि उपचार गर्न पाउने उहाँको भनाइ थियो । 

निजी स्कुलका शिक्षक भए पनि उनीहरूले पनि देशकै शैक्षिक विकासका लागि काम गरेकाले उनीहरूले पनि त्यहाँ उपचार गर्न पाउने गरी काम अघि बढाइएको उहाँले बताउनुभयो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली