२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

शिक्षा

बालबालिकालाई वडाको निःशुल्क ‘ट्यूसन’

२०७९, १४ फाल्गुन आईतवार ११:१५

फागुन १४, दमक | दमक नगरपालिका–९ वडा कार्यालयले विपन्न बालबालिकालाई लक्षित गरी निःशुल्क ट्युसन कक्षा सञ्चालन गरेको छ । वडा कार्यालयले विपन्न समुदायका बालबालिकालाई ट्युसन कक्षाको व्यवस्था  गरेको हो ।

वडाले पहिलो चरणमा उराव बस्तीमा निःशुल्क  ट्युसन कक्षा सञ्चालन गरेको छ । यहाँका अधिकांस बासिन्दा स्थानीय चिया बगानमा काम गर्छन् । विपन्न समुदायका बालबालिकालाई लक्षित गरी अतिरिक्त ट्यूसन कक्षा सञ्चालन गरिँदैआएको वडाअध्यक्ष कुवेर भट्टराईले बताउनुभयो । 

यहाँका विद्यार्थी स्थानीय महालक्ष्मी आधारभूत र पाणीनी माध्यमिक विद्यालयमा अध्ययनरत छन् । सामुदायिक विद्यालयमा नियमित पठनपाठनका अतिरिक्त कमजोर विद्यार्थीका लागि निःशुल्क ट्यूसन कक्षा सञ्चालन गरिएको हो । ट्यूसनका लागि वडाले कार्यक्रममा नै बजेट समावेश गरेको वडाध्यक्ष भट्टराईले बताउनुभयो । 

“विद्यार्थीलाई पढाइमा अब्बल बनाउन यस किसिमको कार्यक्रम सुरु गरिएको हो, यसबाट बालबालिकाको शिक्षामा सुधार आएको छ”, उहाँले भन्नुभयो । 

दैनिक ज्यालदारी गरेर जीविकोपार्जन गर्दैआएका स्थानीयले छोराछोरीलाई अतिरिक्त शुल्क तिरेर पढाउने अवस्था छैन । दैनिक ज्यालाले गर्जो टार्ने हुँदा अधिकांस विद्यार्थी शिक्षाबाट वञ्चित छन् । “शिक्षाको गुणस्तर वृद्धि गर्ने प्रयास गरेका छौँ, यसलाई निरन्तरता दिन्छौँ”, वडाध्यक्ष भट्टराईले भन्नुभयो । वडाले यसका लागि रू ७५ हजार बजेट छुट्याएको छ । वडाको दिपज्योति उराव बस्तीमा सञ्चालित ट्यूसन  कक्षामा कक्षा १ देखि ६ सम्मका ४३ तथा कक्षा ७ देखि १० सम्मका ३० बालबालिका सहभागी हुँदैआएका छन् ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने