३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

शिक्षा

सनराइज आवासिय माविको २८ औं वार्षिकोत्सब र अभिभावक दिवस सम्पन्न

२७ फाल्गुन २०७९, शनिबार ०७:५२

रबिन्द्र यादव । फागुन २७, नवलपरासी पश्चिम । सन राइज आवासिय माध्यमिक विद्यालय प्रतापपुर-९ पंजरकट्टीको २८ औँ वार्षिकोत्सब तथा अभिभावक दिवस शुक्रबार सम्पन्न भएको छ ।

विद्यालयका व्यवस्थापन समिति अध्यक्ष अर्जुन कहारको अध्यक्षता एवं नेशनल प्यापसनका केन्द्रीय उपमहासचिव कुसुम रानाभाटको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विशेष अतिथी नेशनल प्यापसनका केन्द्रीय सदस्य कृष्ण घिमिरे, नेशनल प्यापसन लुम्बिनी प्रदेशका अध्यक्ष कुबेर बस्नेत, बुटवल बहुमुखी क्याम्पसका प्रमुख बलवन्त कुर्मी लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।


वार्षिकोत्सब उदघाटनका अवसरमा बोल्दै प्रमुख अतिथि कुसुम रानाभाटले मुलुकको शिक्षा क्षेत्रलाई माथि उठाउन निजि विधालयले ठुलो योगदान गरेको भन्दै सकारात्मक दृष्टिकोणले हेरिनुपर्ने वताएका थिए । साथै उनले शिक्षक,बिद्यार्थी र अभिभावक बिचको त्रिकोणात्मक संबन्धलाई मजबुत बनाउदै शैक्षिक पठनपाठन सहित बिद्यार्थीहरुको चौतर्फी विकासमा खेलकुद, सांस्कृतिक र उनिहरुको प्रतिभा उजागर गरिने लगायतका गतिविधि अगाडि बढाउनेमा जोड दिए । 


बिद्यालयको प्रअ हरेन्द्र कोइरीले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुहुदै विद्यालय स्थापनाकालदेखि विभिन्न परिस्थितिमा बाधा अवरोधको सामना गर्दै अगाडि बढिरहेको बताए । कोइरीले सन राइज आवासिय माध्यमिक विद्यालयमा अध्यन गरि विद्यार्थीहरु अहिले एमबिबिएस डाक्टर इन्जिनियर, लोकसेवा पास गरि शिक्षक समेत बनेकोमा खुशी व्यक्त गरेका थिए । 

कार्यक्रममा जेहेन्दार विद्यार्थीहरुलाई पुरस्कार वितरण ,विभिन्न व्यक्तत्वहरूलाई सम्मान गरिएको थियो भने साँस्कृतिक कार्यक्रम प्रस्तुती अन्तर्गत दाइजो विरुद्धको जनचेतनामूलक नाटक समेत देखाइएको थियो भने कार्यक्रम संचालन शिक्षक तुलसी कोइरीले गर्नुभएको थियोे ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड