२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

कुवेतका सरकारी अस्पतालहरुमा दुई हजारभन्दा बढी नेपाली नर्स र टेक्निसियनहरुको माग

२०७९, १३ चैत्र सोमबार ०३:३३

चैत १३, काठमाडौँ । कुवेत स्थित स्वास्थ्य मन्त्रालय अन्तर्गत रहेका अस्पतालहरुमा ठूलो संख्यामा नेपाली कामदारहरुको माग आएको छ । उक्त माग पूर्तिका लागि कुवेतको सिटि ग्रुप र एडभान्स टेक्नोलोजी कम्पनी मार्फत काठमाडौँस्थित ओमेगा इन्टरनेश्नल प्रालिबीच सम्झौता भएको छ । प्राप्त माग अनुसार नेपाली कामदार लैजान नेपाल सरकारले प्रमाणीकरण समेत गरिसकेको छ । डिमाण्डका लट नम्वरहरु 249487, 258421, 278050 र 278376 नेपाल सरकारले स्वीकृति दिएको छ ।  

आवश्यकता अनुसार माग पूर्ति गर्ने जिम्मा पाएको काठमाडौँ स्थित म्यानपावर ओमेगा इन्टरनेशनल प्रालिका अनुसार नर्सिङ अन्तर्गत ठूलो संख्यामा बिएससी नर्सिङ, बिएन नर्सिङ र डिप्लोमा नर्सिङहरुको माग भई आएको छ । त्यस्तै एक हजार ९ सय जना ल्याव टेक्निसियन, रेडियो ग्राफर टेक्निसियन र फार्मेसी टेक्निसियनको पनि माग छ । म्यानपावरका संचालक राज कुमार राईका अनुसार ६०० जना नर्सिङको माग भईआएको छ । जसको मासिक तलब खान बस्न सहित मासिक कम्तिमा २ लाख ६० हजारदेखि ३ लाख ४८ हजारसम्म रहेको छ । त्यस्तै ल्याव टेक्निसियन, रेडियो ग्राफर टेक्निसियन र फार्मेसी टेक्निसियनको लागि मासिक तलब कम्तिमा एक लाख आठहजारदेखि एक लाख ३० हजारसम्म रहेको छ । 


संचालन राईका अनुसार सबै माग कुवेत सरकारको स्वास्थ्य मन्त्रालय मातहतमा चल्ने त्यहाँका सरकारी अस्पतालहरुको लागि हो । कुवेतका सरकारी स्वास्थ्य संस्थाहरुमा काम गर्ने गरि पहिलो पटक हालसम्मकै धेरै फार्मेसी सहायक, रेडियोग्राफी र ल्याब टेक्निसियनको माग भएको म्यानपावरले दावी गरेको छ ।

म्यानपावरका अनुसार दैनिक आठ घण्टा काम र साताको एक दिन छुट्टि हुने उक्त रोजगारको अवसरमा प्रत्येक बर्ष ३० दिनको छुट्टी सुविधा समेत छ । उक्त रोजगारमा जान चाहने इच्छुक योग्यता पुगेका नेपालीहरुले पहिलो चरणमा कुवेतबाट आएका अधिकारीहरुले लिने परिक्षा पास गर्नुपर्ने र त्यसको आधारमा छनौट भएकाहरुको मात्र अन्तर्वार्ता लिइने म्यानपावरले जनाएको छ । परिक्षा पास गरेकै आधारमा अन्तर्वार्तामा समेत छनौट भएकाहरुलाई कुवेतमा काममा जोडिएपछि लाइसेन्स दिइने उनले बताए । बिएससी र बिएन नर्सिङको परिक्षा २८ एप्रिल २०२३ मा र डिप्लोमा नर्सिङको परीक्षा १५ मेका दिन हुनेछ । 


नेपाल संधै सामान्य 'लेवर सेन्डिङ कन्ट्री'को रुपमा मानिने अवस्थामा नेपालले उच्च दक्षता भएको कामदार पनि पठाउँछ भन्ने सकारात्मक संदेश समेत दिन सकिने भएकाले प्रयाप्त कामदार भर्ति गराउन आफ्नो कोसिस रहेको संचालक राईले बताए । उनले यो डिमाण्ड सहज पूर्ति गराउन सके भविष्यमा अझै धेरै उच्च तलबमा नेपाली नर्स र डाक्टरहरु रोजगारमा पठाउन सकिने बताए । राईका अनुसार कुवेतका लागि नेपाली नर्सहरु फिलिपिन्सपछिकै सबैभन्दा राम्रो नर्स मानिन्छन् ।

(सम्बन्धित भिडियो पनि हेर्नुहोस्)


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते