२४ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

उत्सव एचआरलाई प्रतिव्यक्ति दुई लाख ६० हजार बुझाएर मलेसिया पुगेका युवाहरु पाँच महिनादेखि तलवबिहिन

१५ चैत्र २०७९, बुधबार १३:२९

शान्ति श्रेष्ठ । चैत १५, काठमाडौँ । वैदेशिक रोजगारको क्रममा पाँच महिना अघि एजेन्ट तथा म्यानपावरलाई चर्को लागत तिरेर मलेसिया पुगेका पाँच जना युवाहरु समस्यामा परेका छन् । गौशाला स्थित उत्सव एचआर सोलुसन प्रालि मार्फत मलेसियाको जलनसिहला स्थित MENA COLLECTION SDN. BHD. कम्पनीमा रोजगारको क्रममा गएका पाँच जना युवाहरु काम नपाएपछि समस्यामा परेका हुन् । 


पीडित युवाहरुमा खोटाङ घर भएका सोम मगर र सुजन खड्का, भोजपुर घर भएका सुमन तामाङ र प्रकाश तामाङ छन्, त्यस्तै चितवन घर भएका सोनाम दराई पनि पीडित बनेका छन् । पीडितहरुसँग म्यानपावरले मलेसिया पठाउने क्रममा एजेन्टहरु प्रयोग गरेर प्रतिव्यक्ति दुई लाख ४० हजारदेखि दुई लाख ६० हजारसम्म अशुलेको पाइएको छ । पीडितहरु मध्ये ४ जनाले एजेन्टलाई र एक जनाले म्यानपावरकै कर्मचारीलाई लागत रकम तिरेर मलेसिया रोजगारमा आएको बताएका छन् ।

पीडित सोम मगरले खोटाङ, दिक्तेल-११ घर भएका एजेन्ट निरज दाहाललाई दुई लाख ६० हजार तिरेको बताएका छन् भने अर्का पीडित सोनाम दराईले उत्सव एचआर सोलुसन प्रालिकै कर्मचारी भवानी तिम्सिनालाई दुई लाख ५० हजार लागत रकम तिरेको बताएका छन् । त्यस्तै पीडित सुमन तामाङले भोजपुर दिङ्ग्ला घर भएका एजेन्ट हेम अधिकारीलाई दुई लाख ६० हजार तिरेको बताएका छन् भने अर्का पीडित प्रकाश तामाङले एजेन्ट हेम अधिकारीलाईनै दुई लाख ६० हजार तिरेको बताएका छन् । त्यस्तै अर्का पीडित सुजन खड्काले काठमाडौँमै बसेर एजेन्टको काम गर्दै आएका एजेन्ट ध्रुब दंगाललाई दुई लाख ४० हजार तिरेर मलेसिया आएको बताएका छन् । 

पीडितहरुलाई म्यानपावरले होटल रेस्टुरेन्ट क्लिनरको लागि भनि मासिक १५ सय मलेसियन रिङ्गिट मासिक कमाई हुने आश्वासन सहित रोजगारमा पठाएको पाइएको छ । तर पीडितहरुले पाँच महिनापुग्दा समेत नियमित काम र तलब पाएका छैनन् । पाँच महिनाको अवधिमा १९ दिन मात्र काम पाएको तर त्यो काम गरेको रकम समेत खानामा काटेको पीडितहरुले बताएका छन् । MENA COLLECTION SDN. BHD. कम्पनीको लागि भनि रोजगारमा पुगेका पीडितहरुलाई पाँच महिनाको अवधिमा बिभिन्न चार ठाउँमा सार्दै राखेको पीडितहरुले बताएका छन् । 

आफूहरुले मलेसियामा लामो समयदेखि काम नपाएको बारेमा मलेसिया स्थित नेपाली दुतावासमा समेत फोन मार्फत जानकारी गराएको पीडितहरुले बताएका छन् तर एक साता भित्र समस्या समाधान गरिने भनेको दुतावासले पछि कुनै प्रतिक्रिया दिएनन् । यसैबीच पीडितहरुको समस्या समाधानको लागि म्यानपावर पक्षलाई ध्यानाकर्षण गराउँदा म्यानपावरले वेवास्था गरेको छ । 

म्यानपावरको अटेरी: एजेन्ट लगाएर पीडत फकाउदै 

पीडितहरुले आफूहरु समस्यामा परेको बिषयमा म्यानपावरलाई दैनिक जानकारी गराईरहेका छन् । तर म्यानपावरले उनीहरुको समस्यालाई अनदेखा गरिरहेको छ । बरु एजेन्टहरु लगाएर पीडितहरुलाई फकाउँने गरेको छ । एजेन्टहरुले आफूहरुलाई अनावश्यक लफडा नगर्न र मिडियामा नजान भन्दै 'आफ्नै भाग्यले त्यस्तो भएको हो' भन्दै फकाउने काम गरिरहेका छन् । पीडितहरुले आफूहरुले मलेसिया रोजगारमा जान निशुल्क लागत भन्ने जानकारी भएपनि एजेन्ट तथा म्यानपावरले चर्को अशुली उठाएर मलेसिया रोजगारमा पठाएको बताए । पीडितहरुले ऋण खोजेर मलेसिया रोजगारको लागि रकम जोहो गरि एजेन्ट/म्यानपावरलाई बुझाएको तर पाँच महिनासम्म तलब नपाएपछितनावमा रहेको बताए । 

पीडितहरुको अनुसार कमाउन भनि मलेसिया छिरेको तर एजेन्टहरुले कमाए/रमाए हामीलाई अलपत्र बनाए । पीडित बनेको विषयबारे बिभिन्न निकायमा गुनाशो गर्दा समेत कसैबाट सुनुवाई नभएको उनिहरुको गुनाशो छ । उनिहरुले यथासक्य आफूहरुलाई नेपाल फिर्ताको लागि पहल गरि आफूहरुले तिरेको लागत फिर्ता गर्न र बिदेशी भूमिमा बिताएको समयको समेत क्षेतिपूर्ति दिलाईदिन सम्बन्धित पक्षसँग अनुरोध गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकल पार्किङको विषयमा झगडा हुँदा एक जनाको मृत्यु स्रोत नखुलेको रकमसहित एक जना पक्राउ भिड्न आउँछु भन्नेलाई म स्वागत गर्छु: केपी शर्मा ओली नेपाल–भारत सीमामा हतियारसहित एकजना पक्राउ नेपालको सबैभन्दा पुरानो पार्टी पनि कांग्रेस हो र सबैभन्दा नयाँ पार्टी पनि कांग्रेस नै हो: सभापति थापा सिरिन्ज आक्रमणबाट एक जनाको मृत्यु सामाजिक सञ्जाल विधेयक फिर्तासम्बन्धी प्रस्ताव राष्ट्रियसभामा प्रस्तुत हुँदै सुनचाँदीको मूल्य घट्यो कांग्रेसले कसैसँग चुनावी गठबन्धन गर्दैन: देवराज चालिसे कारको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु नेप्से परिसूचक २७.१९ अंकले बढ्यो प्रधानमन्त्री कार्की र केपी शर्मा ओलीबीच भेटवार्ता ट्याक्टरले किचेर एक जना मजदुरको मृत्यु निर्धक्क भएर निर्वाचनमा खटिन अर्थमन्त्रीको आग्रह रवि लामिछाने आज चितवन जाने झापा–५ मा बालेनको सम्पर्क कार्यालयमा तोडफोड सुनचाँदीको मुल्य घट्यो नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला