२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

स्टुडेन्ट भिसामा जापान जान पनि रोक !

२०८०, १ बैशाख शुक्रबार ०२:४३

वैशाख १, काठमाडौं । शिक्षा मन्त्रालयले ‘वैदेशिक अध्ययन स्वीकृतिसम्बन्धी निर्देशिका–२०७९’ जारी गरेसँगै स्टुडेन्ट भिसामा जापान जान पनि रोक लागेको छ । जारी निर्देशिका अनुसार भाषा र डिप्लोमा कोर्ष पढ्ने उदेश्यले ‘एनओसी’ (नो अब्जेक्सन लेटर) दिन रोक लगाएको कारण जापानमा पढ्न जाने विद्यार्थीका लागि समेत रोक लागेको हो । 


नेपालबाट बर्षेनी हजारौं नेपाली विद्यार्थीहरु जापान पढ्न जाने गरेका छन् । बिद्यार्थी भिसामा जापान गएपनि अधिकांशको उदेश्य त्यहाँ गएर पढ्ने भन्दा पनि कमाउने हुन्छ । एनओसी शाखाका अनुसार गत वर्ष मात्र जापान पढ्ने उदेश्यले १० हजारभन्दा बढी नेपाली विद्यार्थी पढ्न जापान गएका थिए । अव नयाँ निर्देशिकाको कारण जापान स्टुडेन्ट भिसामा जाने बाटो बन्द भएको छ । अहिले एनओसी शाखाले उच्च शिक्षाको लागि बाहेक एनओसी दिन छाडेको छ । 

जापान नेपालीहरुको उचित गन्तव्य हो । जाँदा बिद्यार्थी भिसामा गए पनि केहि बर्षमै त्यहाँ गएका नेपालीहरुले आकर्षक तलसंगै रोजगारको अवसर पनि पाउने गरेका छन् । साथै त्यसरी गएकाहरुले केहि बर्षमा आफ्नो श्रीमान वा श्रीमतीलाई डिपेन्डेन्ट भिसामा लगेर राम्रो आर्जन गर्ने गरेका छन् । अरु देशको तुलनामा जापान जानेहरुले सहज रुपमा उक्त देशमा पीआर नपाउने हुँदा यसरी जापान गएकाहरुले आफूले कमाएको रकम रेमिट्यान्सको रुपमा नेपाल पठाउनुको साथै नेपाल फर्किएर बिभिन्न पेशा व्यवसायमा पनि जोडिने गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते